दलित तथा भूमि आन्दोलनका अगुवा बलदेव रामको निधन

वा अवस्थादेखि नै दलित मुक्तिका लागि लागेर २०५६ को ज्याला वृद्धिको आन्दोलन, नि:शुल्क शिक्षाका लागि आवाज उठाउने काम, २०५८ को सिनो बहिष्कार आन्दोलनको अगुवाई, २०६० देखि हरुवाचरुवाको अधिकार, हलिया मुक्ति, भूमिहीनका लागि व्यवस्थित बसोबासको व्यवस्था हेतुले अनवरत आवाज उठाउँदै आएका बलदेव दलित युवाहरुका लागि समेत प्रेरणाका स्रोत बनेका छन् ।

बैतडिमा एमालेबाट प्रमुख पदमा २ दलित समुदायको उम्मेदवार

राजनितीक दलहरुको दलित समुदायलाई हेर्ने परम्परागत दृष्टिकोणमा परिवर्तन गर्दै बैतडिको १० वटा नगर तथा गाँउपालिका मध्ये पाटन नगरपालिकामा नरेश कुमार विश्वकर्मा मेयर र दशरथ चन्द नगरपालिकामा सरस्वती नेपाली उपमेयरका उम्मेदवारमा चयन भएका हुन् ।

राहात देखि पुर्नस्थापनामा समेत भुकम्पपिडित दलितलाई विभेद

“श्रीमान वैदेशिक रोजगारीमा भएका गैर दलित महिलाले निर्वाध रुपमा अनुदान पाएका छन्, तर दलित महिलाहरुलाई अनुदान लिएर पोइला जान सक्छन् भन्दै गा.वि.स.सचिवले सिफारिस समेत गरिदिदैनन् ।”

ट्युमर पिडित ४ बर्षिया बालिका लुहारको उपचारमा समास्या, सहयोग माग्दै आफन्त

कालिकोटको राष्कोट नगरपालिका ४ की एक बालिकाको आखामा ट्युमर भएपछि आफन्तहरु सहयोगको अपेक्षामा यतिबेला सुर्खेत पुगेका छन् । चार बर्षकी मन्सरा लुहारको केहि समय अघि घर नजिकै लडेर आखाँमा चोट लागेको थियो ।

जहाँ दलित पुजारीसँग गैरदलितले वर माग्छन्

गुल्मीको मालिका गाउँपालिका–३ ह्वाङ्दीमाभने भिन्न परम्परा छ । ब्रह्मा हस्त निशेल गौतम देवालयमा वर्षौँदेखि दलित पुजारीले पूजा गर्छन् र उनको हातको टीका लगाउँछन् गैरदलित । देवालयको परम्पराले दलित र गैरदलितबीचको विभेदबारे राम्रो सन्देशसमेत दिएको छ । यद्यपि, यो देवालय र परम्परा ओझेलमा पर्दै आएको छ ।

बाजुरा जहाज दुर्घटनाका दुई घाइतेको जिवित उद्दार गरेर काठमाडौं पुर्‍याउँदा …

अत्याधिक रक्तश्राव भएकाले चाँडो भन्दा चाँडो उहालाई रगत चढाउनुपर्ने अवस्था थियो । कोल्टीमा रहेका आर्मीका साथीहरुले एक घन्टा स्वास्थ्यचौकीमै राखेर रगत चढाउने कुरा गर्नुभयो । तर, म भने चाँडो भन्दा चाँडो सुविधा सम्पन्न अस्पताल पुर्‍याउन कसरी सकिन्छ भनेर सोचिरहेको थिएँ।

खोटाङमा दलित महिलाको हत्या गरि गहना लुटियो

घाँस र स्याउला काट्नका लागि जंगल पुगेर फर्कँदै गरेकी बिश्वकर्माको खुकुरी प्रहारबाट हत्या गरिएको हो । सोमबार साँझ भएको खुकुरी प्रहारबाट उनको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

पहिलाे चरणको स्थानीय तह निर्वाचनमा १३ दलित प्रमुख – उपप्रमुखमा

पहिलो चरणको स्थानीय तह निर्वाचनमा दलित समुदायबाट गाउँ–नगरको प्रमुख तथा उपप्रमुखमा न्यून प्रतिनिधि निर्वाचित भएका छन् । अहिलेसम्मको नतिजाअनुसार तीन प्रदेशबाट दलित समुदायका दुई मेयर, पाँच उपमेयर र ६ उपाध्यक्ष निर्वाचित भएका छन् । २४ जिल्लाको गाउँ–नगर प्रमुखमा दलित समुदायको उपस्थिति शून्य छ ।

मुसीकोट नगरपालिकाको उपमेयरमा प्रेमकुमारी सुनार के सी बिजयी

माओवादीनिकट केन्द्रीय साँस्कृतिक परिवार सामानामा बर्षौंसम्म बिताएर समय क्रमअनुसार कहिले संगठन त कहिले फौजी कमाण्ड सम्हाल्दै आएकी प्रेमकुमारी सुनार केसी अहिले रुकुमको मुसीकोट नगरपालिकाकाे उपमेयरमा ४५११ मत प्राप्तगरी बिजयी भएकी हुन ।

विरेन्द्रनगर नगरपालिकाको १ नम्बर वडामा एमालेका गंगाराम सुनार विजयी

विरेन्द्रनगर नगरपालिका–१ को वडा अध्यक्षमा नेकपा एमालेका गंगाराम सुनारले ११०२ मत ल्याउँदै विजयी भएका छन्। उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका नवल गिरीले एक हजार सात मत र माओवादी केन्द्रका खडक बस्यालले ६ सय १४ मत ल्याए। ३ हजार ९ मत खसेको विरेन्द्रनगरमा १ सय ७ मत बदर भएको छ।

1 2