टुङ्नामा जीवनको धुन खोज्ने वीरबहादुर कामी

त्यसबेला उनी घरमै रहेछन् । सानो छोरा कोक्रोमा, छोरी काखमा । उनी खाटमा । त्यहीबेला बेपत्तासँग धर्ती हल्लियो । अनौठो आवाजसँगै कोलाहल मच्चियो । कतै चिच्याएको, कतै कराएको सुनियो । उनले थाहा पाए, भूकम्प आएछ । तर, यो थाहा पाउँदा-नपाउँदै उनीको आधा ज्यान पुरिसकेको थियो, ढुंगा र माटोले । काखकी छोरी कता गइन्, कोक्रोको छोरो के भयो ? उनले केही भेउ पाउन सकेनन् । यताउता छमछुम गरे । ढुंगा र माटोको थुप्रो लागिसकेको थियो ।

सलाम ! पहिलो दलित मेयर देवकुमारलाई

– उजिर मगर
यतिबेला ढोरपाटन नगरपालिका दुईवटा विषयले चर्चामा छ। एक पहिलो दलित मेयर, दोस्रो …

को हुन दलित समुदायबाट सगरमाथामा ‘चुम्ने’ युवा प्रकाश सुन्दास ?

प्रकाशले जेठ ८, मे २२ तारिकका दिन विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी दलित समुदायभित्र सगरमाथा आरोहण गर्ने व्यक्तिको रुपमा आफ्नो नाम लेखाएका हुन । सगरमाथाको आरोहण गरेका शुन्दास खुम्मु पाशाङलामु गाँउपालिका वडा नं २ लुक्लामा जन्मेका हुन ।

शहरले हुर्काएका गाउँले

शिव गाउँलेको जीवनकै भयानक यथार्थ हो– उनी परिवारका एघारौं सन्तान, उनीभन्दा अघिका १० सन्तान परिवारमा …

दलित समुदायबाट उदायका अभिनेता

सुनसान रातमा सेतो बस्त्रधारी एक जना युवा हड्बडाउँदै आउँछ । शिविरका मान्छेहरु शंकास्पद ठान्छन् र बन्दुक तेर्साउछन् । हतास मानसिकता बोकेको उदेश्यविहीन त्यो युवाले हात पसार्दै सहयोगको याचना गर्छ । जव ती बन्दुकधारीहरुले सेतो बस्त्रधारीको वास्तविकता थाहा पाउँछन्, अनि अवाक बन्छन् ।

सारंगीवादनका एक कुशल योद्धा , जसले सारंगीको अस्तित्वलाई मर्न दिएनन्

उनी आरामा चिरान गरिएर बनाइएको सिसौको सानो काठमा नापजाँच गरी कलमले एक सारंगीको चित्रण गर्छन् । त्यही चित्रण मार्फत फलासी, करौती, हथौडा जस्ता विभिन्न औजारको मद्दतले एउटा सानो काठलाई सारङगी बनाउने अद्भुत कला कमलमा पनि छ ।

डोम समुदायकी एक्ली छोरी सुनिता मरिक

नेपालको वर्गीय र जातिय आन्दोलनप्रति उनको खरो असन्तुष्टी छ । नेपालको दलित आन्दोलन कामी, दमाइ र सार्कीहरुमा केन्द्रीत रहेको उनको निष्कर्ष छ । दलित समुदायका अन्य जातिहरुलाई पनि समावेशी रुपमा ल्याउनु पर्ने उनी बताउँछिन् ।

विभेदविरुद्धको बिगुल फुक्दै

गोरखा जिल्लाको ताक्लुङ गाविसको एउटा गरिव परिवारमा जन्मिएकी एउटी चेली जीवनमा धेरै आरोह र अवरोह झेल्दै अहिले डा. विष्णुमाया परियार बनेकी छिन् । घरेलु हिंसामा परेका महिलाहरुको अधिकार, दलितहरुको अधिकार र सामाजिक न्याय तथा मानव अधिकारको प्रर्याय बनेकी डा. परियार अमेरिकामा रहेको नेपाली समुदाय मात्र होइन अमेरिकनहरुले समेत चिन्ने नाम हो ।

१०२ वर्षकी कुसुमदेवीको एक जीवन गाथा

रौतहटको लक्ष्मीपुरस्थित दोस्तियामा भेटिइन्, कुसुमदेवी माझी मुसहर। उमेर १०२ वर्ष। मधेस आन्दोलनले हल्लिरहेको मधेसकी यी मुसहर आमा इतिहासको साक्षी हुन्। अनुभवकी खानी हुन्। उनलाई नसुनी अग्रज पुस्ताप्रति कसरी सम्मान हुन्छ?

दलित आन्दोलनले गुमाएको एक योद्धा

दलित नागरिक आन्दोलन होस् या राजनीतिक आन्दोलनलाई एकीकृत गर्ने काममा उहाँको निरन्तर सक्रियता थियो । नेपाली दलित समुदायका सवाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गर्ने काममा सुभाष दर्नालले निर्वाह गर्नुभएको भूमिका स्मरणीय छ । दलित विषयलाई प्राज्ञिक बहसमा लैजान र नीतिगत परिवर्तन गर्न उहाँकै अग्रसरतामा ‘समता फाउण्डेशन’को स्थापना भएको थियो । समता फाउण्डेशनमा उहाँले कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्नु भएको थियो ।

1 2 3