‘दुई महिना दलित बन्दा दुनियाँ बुझियो’

 अभिनेता विपिन कार्कीलाई उनको खास नामबाट धेरैले चिन्दैनन् । फिल्म ‘पशुपतिप्रसाद’को ‘भष्मे …

‘अनेसास : भाषा जोड्ने पुल’

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष पदम विश्वकर्मा नेपाली भाषा, साहित्य र संस्कृतिलाई विश्वव्यापीकरण गर्नको लागि निकै तल्लिन छन् । फिक्सन र ननफिक्सनहरुको भारी वर्षा भइरहेको नेपाली भाषा र साहित्य बजारलाई अन्तर्राष्ट्रियकरण गर्नु आफैमा चुनौती थियो । तर चुनौतीको पर्खालहरुलाई बौद्धिक तवरबाटै हल गर्न रुचाउने विश्वकर्मा दुई कार्यकालदेखि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्षको रुपमा कार्यरत छन् । एनआरएनएको सम्मेलनमा सहभागी हुन आएका विश्वकर्मासँग भाषा,साहित्य र दलित विषयमा दलित अनलाइन डटकमले गरेको कुराकानीको सम्पादित अंश

वडाको विकासका लागि हो उम्मेदवारी : इमरान खाँ

कपिलवस्तु नगरपालिका वडा नम्बर १ निवासी ने.क.पा. (माओवादी केन्द्र) का जिल्ला समिति सदस्य मो इमरान …

वडावासीको सेवा गर्न उम्मेदवारी दिएको छु

म अहिले सम्म पदीय दायित्वमा नरहे पनि जनताको काम गर्दै आएको छु । विकास निर्माणको कार्यहरु जस्तै नाला, सडक, पोल, ट्रान्सफर्मर जडान लगायतका कामहरु गर्दै आएको छु ।

शान्ति, स्थायित्व र विकास अबको प्राथमिकताः राष्ट्रपति भण्डारी

नेपाली महिलाबाट समान अधिकारका लागि एक शताब्दीदेखि निरन्तर रुपमा हुँदै आएको सङ्घर्ष र बलिदानीको परिणामस्वरुप अहिले राज्यका तीन महत्वपूर्ण पदमा महिलाको नेतृत्व रहन पुग्नुलाई राष्ट्रपति भण्डारी एउटा सुखद संयोगका रुपमा चित्रण गर्न रुचाउनुहुन्छ । यद्यपि, नेपाली महिलाका लागि अहिले पनि निकै ठूलो सङ्घर्ष गर्नुपर्ने स्थिति विद्यमान रहेको स्वीकार्नु हुने उहाँ नेपालको संविधानले राजनीतिक रुपमा प्रतिस्पर्धामा जाने एउटा ढोका चाहिँ खोलिदिएको तर बराबरी र हाराहारी जाने स्थिति भने अझै बनिसकेको धारणा राख्नुहुन्छ ।

स्थानीय निर्वाचनमा दलित प्रतिनिधित्व नहुने कुनै पनि कार्य स्वीकार्य हुदैन

स्थानीय निकायको निर्वाचनमा दलितको सहभागीता बढाउने सन्देश जनस्तर सम्म वातावरण बनाउनु पर्दछ । जनसंगठनहरुले स्थानीय स्तरका संरचनालाई जागृत, सक्रिय र क्रियाशिल गर्नुपर्छ ।

सांसदलाई प्रश्न, तपाईहरुले अहिले सम्म समुदायले गौरव गर्ने के काम गर्नुभयो ?

दलित समुदायलाई माथि उठाउनका लागि एउटा विषय जस्तै शिक्षा क्षेत्रमा लगानी गरेर मात्र सम्भव छैन । यो समुदायलाई माथि उठाउन सम्मानजनक शिल्पी पहिचानसहित समानुपातिक समावेशी प्रतिनिधित्व र (शिल्पी विशेष प्रदेश )को सुनिश्चिता सहित २० वर्षीय गुरुयोजना तयार पारेर त्यस अनुसारको स्पष्ट नीति, प्रायाप्त वजेट र कर्मचारीको व्यवस्था गर्न जरुरी छ ।

‘अजित र लक्ष्मी प्रकरणमा हामी पनि चुकेका छौं’ कमला विश्वकर्मा

यहि त दुखको कुरा छ हामी बोलिरहेका हुन्छौँ, तर सुन्नेले सुनी दिदैन । लेख्नेले लेखि दिदैन् हाम्रो कुरा अनि कसरी हामीले बोलेको कुरा बाहिर आउँछ । अजित र लक्ष्मीको हत्या प्रकरणमा पनि भएको यहि हो । अजित र लक्ष्मी हत्या प्रकरणमा हामीहरु पनि चुकेका छौं ।

‘लक्ष्मी हत्या प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोग चुक्दैन’ सुदिप पाठक

लक्ष्मीका छोरा सुमनको पनि हत्या गर्ने अभिव्यक्ति दिइरहेका छन् । तर मानव अधिकार आयोगले कुनै चासो र चित्ता लिएको देखिदैन । अजित हत्या प्रकरणमा पनि सुस्त देखिएको आयोगले लक्ष्मी हत्या प्रकरणमा कसरी हेरेको छ । के गदै छ , आयोग लक्ष्मी प्रकरणमा ? मानव अधिकार आयोगका सदस्य सुदिप पाठकसँग दलित अनलाइन डटकमले गरेको कुराकानी :

राष्ट्रिय दलित आयोग भन्छ, ‘अन्तराष्ट्रिय अदालत पुगेर पनि लक्ष्मीलाई न्याय दिलाउँछौं’

काभ्रेका शिक्षक हीरा लामाले आफ्नै विद्यार्थी सुमन नेपालीकी आमालाई उनकै अगाडि बोक्सीको आरोप लगाउदै मलमुत्र खुवार कुटेर हत्या गरेको घटना देशभित्र मात्रै होइन , देशबाहिर पनि निकै चर्को आलोचना भइरहेको छ, यतिवेला ।घटनास्थलमा पुगेर फर्किएको राष्ट्रिय दलित आयोगले किन आफ्नो प्रतिवेदन सार्वजनिक गर्ने सकिरहेको छैन त ? किन आफ्नो प्रतिवेदन लुकाइराखेको छ त , आयोगहरु ? राष्ट्रिय दलित आयोगका सदस्यसचिव सिताराम घले परियारसँग लक्ष्मी हत्या प्रकरणमा दलित अनलाइन डटकमले गरेको कुराकानी

1 2 3 6