शिक्षकको आचारसंहिता के हो ?

काभ्रेमा स्कुल पढाउने शिक्षकले एक महिलाको हत्या गरे । कुटेर हत्या गरिएकी लक्ष्मी परियार दलित समुदायकी थिइन् । कतिले यो घटनालाई दलित भएका कारणले भनी सीमित परिधिभित्र राखेर चर्चा गरिरहेका छन् । तर, जब स्कुल पढाउने शिक्षक नै कुटपिटमा उत्रिन्छ भने गैरदलित नै भएकी भए पनि उनीमाथि अत्याचार हुने नै थियो भन्न सकिन्छ ।

दलित परिवारकी गैरदलित मंगला

मंगला सार्की । ठेगाना कैलाली, फुलबारी ‘ए’ तर, यत्तिकैमा मंगलाको परिचय खुल्दैन । उनी गाँउकै दिदी थिइन्, अनि मेरी ठुली आमा । हुन त मंगला मेरो आमाकी आफ्नै दिदी थिइनन्, न त ठूलो बाकी श्रीमती । उनी दलित परिवारकी, म जातले क्षेत्री, उनीसँग भावनाको साइनो मात्रै थियो ।

कहिलेसम्म मरिरहने लोकतान्त्रिक ढोँगी समाजमा लक्ष्मीहरू ?

बोक्सीको आरोप लागेकी लक्ष्मी परियारलाई उनकै छोराका शिक्षक हिरा लामाको नेतृत्वमा केही गाउँले मिलेर मलमुत्र खुवाइ मरणासन्न यातना दिइएको कारण मृत्यु भएकी निर्दोष लक्ष्मी परियार र उनका नाबालक दुई सन्तानको बिछिप्त बाल मनोविज्ञानका बारेमा सोचेर आज दिन भरी मन पिरोली रह्यो । सभ्य र सचेत मानिसको बथानमा बस्ने कुमान्छेको मनस्थिति देखेर दया लाग्यो !

मेलमिलापमा किन टुंग्याइन्छ जातीय विभेदका मुद्दा ?

प्रहरी प्रशासन भनेको न्यायिक निकाय होइन । प्रहरीको काम अनुसन्धान गर्ने हो । घटनालाई मेलमिलाप गर्ने उसको अधिकारक्षेत्रभित्रको कुरा होइन । तर, अहिले विभिन्न ठाउँमा प्रशासनले न्यायिक निकायले जस्तै काम गरिरहेका छन् । फौजदारी मुद्दालाई समेत उनीहरूले मेलमिलापमा लगेर टुंग्याएका प्रशस्त उदाहरण भेटिन्छन् ।

सम्बन्धको प्रमाण खोज्छ कानुन

मानिसले आफ्ना समस्या भनेर घरपरिवार र समाजको तिरस्कार सहन सक्दैनन् । पुरुषले जे गरेपनि सजिलै स्वीकार गर्ने त्यही समाजले महिलालाई अस्वीकार किन गर्छ ? अनि उनको पक्षमा कसले आवाज उठाइदिन्छ ? कुनै विकल्प नदेखेपछि ती महिलाले आत्महत्याको बाटो रोज्छिन् ।

किन विभाजित छन् दलित समुदाय ?

दलित आन्दोलन कमजोर हुनुको मुख्य कारणहरु मध्ये हो, दलितहरु कित्ता कित्तामा विभाजित हुनु । केही पहाडी दलितहरु ठुल–ठुला पार्टीहरुका दासको रुपमा रहेका छन् जो मालिक बिरुद्ध एक शब्द पनि बोल्न सक्दैन्न भने केही मोटो रकम लिएर दलित आन्दोलनलाई तुहाउने अभियानमा छन् ।

हामीले खोजेको राष्ट्रिय दलित आयोग

२०५८ सालमा स्थापना भएको राष्ट्रिय दलित आयोगले आफ्नो १५ वर्षे कार्यकाल पुरा गरेको छ । यो सगै स्थापना भएको राष्ट्रिय महिला आयोग कानून वनेर काम गरिरहेको छ । तर दलित आयोगलाई भने विना कानून मन्त्री परिषदको गठन आदेश वमोजिम राजनैतिक भर्तिकेन्द्रको रुपमा मात्रै विकास गरिएको छ ।

गाई र कुकुरको पूजा गर्ने, दलितहरूलाई ‘मान्छे’ नगन्ने !

कहीँ नभएको पूजाआजा नेपालमा । कहीँ नभएको पर्व, तिहार र मेला नेपालका विभिन्न समाजमा । हामी बाँिचरहेको ‘नेपाली समाज’ एकात्मक र एकांगी नभएकाले यहाँ विभिन्न नेपाली समाज भन्नु उपयुक्त होला । घोडादेखि कुकुरसम्मको पूजा र जात्रा गरिने समाजमा पहिले शूद्र वा अछूत भनिने दलितहरूलाई ‘मान्छे’ गन्ने चलन अझै आएको छैन ।

जहाँ भगवान् नै अछूत भए !

हिन्दु धर्मका सबै मन्दिर, शक्तिपीठ, देवी–देवालय अछूत हुँदा हुन किनभने वर्ण व्यवस्थाकै आधारमा परापूर्व कालदेखि देवी देवताको मूर्ति र कलात्मक मन्दिर निर्माण गर्ने जिम्मा शिल्पकारी दलित समुदायले नै पाएका हुन् ।

दिगो विकास लक्ष्य र दलित सवालहरु

नेपालमा निरपेक्ष गरिवीको रेखामुनि रहेको जनसंख्या २१ प्रतिशत रहेको भए पनि दलित समुदायको ४२ प्रतिशत छ । गरिवीको दरमा हुने गिरावट पनि अन्य समुदायको तुलनामा दलितहरुको निकै कम छ । शुरुवातको समयदेखिनै पेशा, व्यावसाय र सीपकाकारण आत्मनिर्भर अवस्थामा रहेका दलितहरु राज्यको विभेदकारी र शोषणकारी नीति र संयन्त्रका कारण चरम गरिवीको दुस्चक्रमा फसेका छन् ।

1 2 3 4 9