संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक : सभामुख महरा

काठमाडौँ- सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक रहेको बताउनुभएको छ । जनसंख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्चले आज यहाँ आयोजना गरेको ‘संविधान कार्यान्वयन संघ र प्रदेशबीचको अन्तरसम्बन्ध र दिगो विकास’ सम्बन्धी अन्तक्र्रियामा उहाँले संविधान कार्यान्वयनका लागि संघीय संसद्ले धेरै कानूनहरु बनाउनुपर्ने दायित्व रहेको बताउनुभयो । “संविधान कार्यान्वयनका लागि कानून निर्माण मुख्य […]

राष्ट्रियता र स्वाधीनताका पक्षमा लड्ने नेता पुष्पलाल

ललितपुर-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रियता, स्वाधीनता र हस्तक्षेपका विरुद्धमा आजीवन लड्ने नेताका रुपमा पुष्पलाल रहेको बताउनुभएको छ । पुष्पलालको ४० औँ स्मृति दिवस पारेर ललितपुर स्मृति प्रतिष्ठानले आज लगनखेलमा आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “पुष्पलाल प्रजातन्त्रका लागि सधैँ संघर्षशील रहनुभएको थियो ।” नेता नेपालले समाजको जटिलता र विशेषतालाई ख्याल गर्नुपर्ने […]

आठ ऐन प्रमाणीकरण

हेटौँडा- प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले कर तथा गैरकर राजश्व परिचालन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन २०७५ आज प्रमाणीकरण गर्नुभएको छ । यसअघि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन सम्बन्धमा व्यवस्था गर्नुपर्ने ऐन २०७५, स्थानीय तहको पदाधिकारी तथा सदस्यहरुले पाउने […]

काँग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने

कैलाली- नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसले खास गरेर सडकदेखि सदनसम्म जनताका कुरा सशक्त रुपमा राखी सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरी अघि बढ्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन कैलालीले आज धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिहंले दुई तिहाइ बहुमत पाएर बनेको यो सरकारले जनतालाई केन्द्रविन्दुमा राखेरसुविधा र राहत दिने काम नगरेको आरोप […]

अनुदान नपाउँदा भूकम्पपीडित समस्यामा

  पूर्णप्रसाद मिश्र ओखलढुंगा – भूकम्पपछि घर भत्किएलगत्तै चर्को ब्याज दरमा ऋण काढेर पुनःनिर्माण गरी बसेका पीडितले मापदण्डअनुसार घर नबनेको भनी अनुदान नपाएपछि समस्यामा परेका छन् । घर भत्किएर ओत लाग्ने ठाउँ नभएपछि पीडितले अनुदान पाइएला भनी महँगो ब्याजदरमा ऋण लिई आफैँ पुनःनिर्माणमा जुटे । ऋण गरी घर बनाएर बसे । त्यस्ता लाभग्राहीले मापदण्ड पूरा […]