नबदलिएको दलितको कथा

लेखको सुरुवात गर्छु केहि महिना अघि घटेको मेरो साथीको घटनाबाट । मेरो साथि पवन बिकले कलेज पढ्न काठमान्डू आइसके पछी रुम नपाएपछी जात धाट्यो । जात ढाँटेर नै कुखुराको मासु पसल गर्थ्यो । राम्रै चलिरहेको थियो । तर बिस्तारै उसको जात वरिपरिकाले थाहा पाएछन र उसको मासु पसल चल्न छोड्यो । अहिले उ मासु काट्न छोडेर अर्कै काम गर्ने भैसक्यो । यो घटना हो, कालिमाटी काठमान्डूको । यहाँ नदेखिने गरिकन छुवाछुत भएको छ । हिँसा प्रत्यक्ष देखिएको छैन ।
कतै चिया बसाइमा गफ गर्दै जादा छुवाछुत सम्बन्धि कुरा गर्ने हो भने कतिपय उपल्ला जातका साथीहरु ,यी के म त किरण बिक संग बसेर चिया खाइ रहेकै छु त, उठबस गरेकै छु त, यो आफै बिस्तारै हट्छु भन्छन । यस दाबि अनुसार उसले किरण बिक संगै बसेर चिया खाइदिनु उसको ठुलो उदारता हो ठुलो महानता हो । मानौ उसले म संगै बसेर चिया खाइदिनाले मैले छुवाछुत भोगेको छैन र दलित छुवाछुत घट्नुमा ठुलो योगदान छ । बिस्तारै हट्छ भन्नुमा सबैले किरण संग बसेर चिया खान्छन भन्ने साथीको अनुमान हुन सक्छ र सबै तिर तेस्तै नै होला भन्ने उसले सोचेको छ । यसो भन्ने अधिकांस शिक्षित नै हुन । चिया संगै खाइदिएर छुवाछुत नगरेको दाबि एकदम हानिकारक छ । त्यो भन्दा खतरनाक छ , यो बिस्तारै हट्छु भन्ने सोंच । एउटा दलितले जिन्दगीभर अपमान भोगी रहन्छ । एउटाको मान्छेको सरदार जीवनलाइ हेर्दा, यो बिस्तारै भनेको कति साल हुदो रै छ ? जसले यो नारकीय जीवन भोगेको छैन उसलाई बिस्तारै हट् भन्ने छ भने हामी जो भोगी रहेका छौं हामीलाई त यो छिटो हटोस भन्ने छ । पर बाट देख्नु र भोग्नुमा धेरै फरक छ । बिस्तारै हट्छ भन्नुको अर्थ हो यो प्रथा ठिक त छैन तर अहिल्यै हट्दैन भन्ने बिस्वास हुनु । जब ठिक नै होइन भने बिस्तारै किन हुन दिने, एकै झट्कामा किन नफाल्ने रु एकै झट्कामा फाल्न किन चाहदैनन भने त्यो प्रथा कायम गरि रहदा फाइदा छ । आफु तेस्सै केहि नगरी ठुलो हुन पाइएको छ । मानमनितो पाइएको छ । एक प्रकारको बडप्पन देखाउन पाइएको छ । बिस्तारै हट्छ भन्नेले २०/३० बर्षमा हटी हाल्छ नि, अर्को पुस्तामा हटी हाल्छ नि, हाम्रो पुस्तामा त घटिसक्यो भन्छन । अवस्य यो पुस्तामा घटेको छ तर यस प्रकारको घटाईले २०/३० त के अझै २००(३०० बर्ष रहने झन निश्चित छ । लौ एकछिन कल्पाना गरौँ कि अबको २०(३० बर्षमा यो साच्चिकै हट्छ रे , र पनि त्यो २०/३० बर्ष चाहि किन छुवाछुत भोगी रहने रु एउटा मान्छेको जीवनमा २०/३० बर्ष अपमानित भएर जिउनु के सजिलो छ र ? आफै यो हट्दैन आफै त यो बढ्छ मात्र । त्यस कारण संगै चिया खाएर छुवाछुत बिरोधी भएको छु भन्ने र बिस्तारै हट्छ भन्ने दुवै सोंच घोर पश्चगामी कुरा हो एकदम दलित बिरोधि कुरा हो । आफै हट्छ भन्ने त सुस्त चेतना हो । आफै हट्छ भन्ने मान्छे अझै पनि दलित छुवाछुतको पक्षमा छ ।

बिस्तारै हट्छ भन्नुको अर्थ हो यो प्रथा ठिक त छैन तर अहिल्यै हट्दैन भन्ने बिस्वास हुनु । जब ठिक नै होइन भने बिस्तारै किन हुन दिने, एकै झट्कामा किन नफाल्ने रु एकै झट्कामा फाल्न किन चाहदैनन भने त्यो प्रथा कायम गरि रहदा फाइदा छ ।

दलित प्रथा त्यहि दिन हट्छ जुन दिन उसले हटाउन चाहन्छ । दलित प्रथा त्यहि दिन हट्छ जुन दिन उसले सबै मान्छे समान हो भन्ने बुझ्छ । कसै कसैले मैले मान्दिन तर घरकाले मान्छन, बा आमाहरुलाइ बुझाउन सकिन्न, हजुरआमा हजुरबाको पुस्तालाइ सम्झाएर सकिन्न नयाँ पुस्तामा यो छैन पनि भन्छन । वास्तबमा ति बा आमा हजुरबा हजुर आमा ले दलित भन्ने हुदैन सबै एकै हो भन्ने, उस्तै हो भन्ने बुझेको दिन, संगै बसेर , संगै पुजा गरेको दिन साच्चै कति खुसि हुदा हुन । के उनीहरु यो कुरा जानेको दिन खुसि नहोलान र रु जिन्दगीभर कति ठुलो अपराध गरेको रैछु भन्ने महसुस होस न । एउटा नयाँ चेतना आओस न । एउटा मानवले अर्को मानवलाई किन फरक देख्ने ? किन हेप्ने ? किन छुवाछुत गर्ने ?  वास्तबमा तपाइले छुवाछुत मान्नुहुन्न तर तपाइको अभिभावकले मान्नु हुन्छ भने झन ठुलो अपराधि हो । तपाइले दुइबटा अपराध गरि राख्नु भएको छ । पहिलो उनीहरुलाई सबै मान्छे उही हो एकै हो भन्ने कुरा जान्न बाट बन्चित गराउनु भयो । दोश्रो तपाइले उनीहरुलाई परिबर्तन गराउन सक्नु भएन । तपाइँ दिन दिनै अपराधको साक्षी हुनु भएको छ । यी कट्टर बुढाबुढीहरुको जीवनको एक अंगलाई हेरौं न । पहिले पहिले पुजामा उनीहरु मह नै चलाउथे तर आजकल मह महँगो भयो पाउन छाडियो अनि चिनिरस भए पनि चलाउन थाले । पहिले पहिले पुजामा घिउ चलाउथे तर बिस्तारै भुटेको तोरीको तेल चलाउथे भने अहिले त्यो पनि पाइन छाड्यो र महँगो भयो अहिले जुन तेल भएपनि डाल्डा भए पनि चलाउन थालेका छन । गाई दान गर्नु पर्दैन अब त्यो लिने दिने दुबैलाई झन्झट हुन्छ गाईको नाममा केहि पैसा दान गरे पुग्छ । यो तिनै कट्टर बुढाबुढी गरिराछन भन्नुको अर्थ हो उनीहरु परिबर्तन हुन् बाध्य छन । उनीहरुलाई एक दुइ चरण दलित छुवाछुत नगर्न, केहि हुन्न भन्ने बुझाउन बाध्य पारिनु पर्छ ।
कसै कसैले मन्दिरमा छुवाछुत घट्दो छ भन्छन । आजकाल घर घरमा निजि मन्दिर हुन थाल्यो । सार्वजनिक मन्दिर अनिवार्य भएन । त्यस कारण छुवाछुत घटेको होइन लुकेको हो । मन्दिरमा छुवाछुत त भएकै छ । सबै मन्दिरमा घटना नघटेकोले पो मिडियामा थाहा नभएको । आजकाल धारामा छुवाछुत छैन पनि भन्छन कतिपय । घर घर धारा पुगेको ठाउँमा छुवाछुत छैन किनभने अर्काको घरमा पानि भर्न जानु परेको छैन । यहाँ पनि छुवाछुत लुकेको हो हटेको होइन । सबै कुरामा उदार छु भन्नेले पनि बिहेको मामलामा चाहि अड्किन्छ । बिहे त अलि सोच्नु पर्छ, तेती सम्मको क्रान्तिकारी तुरुन्त हुन सकिदैन भन्छ । जबसम्म स्वतस्फुर्त रुपमा बिहे स्विकारिन्न तब सम्म छुवाछुत प्रथा हटेको मानिदैन । समाजको प्रमुख स्तम्भ परिवार हो । परिवार परिवारले समाज बन्ने हो । परिवारको निर्माण दलित संगको अन्तरजातीय बिवाह बाट भयो भने दलित छुवाछुत प्रथा छिटो हट्छ । अन्तरजातीय दम्पति बाट जन्मेको सन्तानले छुवाछुत गर्दैन । उसले दलित संग बिवाह बिना हिचकिचाहट गर्न सक्नेछ । भैरहेको अन्तरजातीय बिवाहमा के देखिएको छ भने दलित केटाकोमा उपल्लो जातकी केटीआएकी छिन भने उनले राम्रो सम्मान माया र स्थान पाएकी छिन । उनले समस्या भोग्नु पर्दैन । खुसि खुसि साथ उनलाई स्विकारिन्छ । तर दलित केटी उपल्लो जातको केटाकोमा गइन भने चाही समस्या हुन्छ । केटाले पनि पछी सम्म साथ दिदैंन भड्किन्छ । छुट्टै भान्सा गर्नु पर्ने पुजा आजा पारिवारिक जमघटमा एक्लिनु पर्ने ससुराली नचल्ने सम्मको भोग्नु पर्छ । यसरि उनि त्यहाँ अस्वीकृत भएर पिडादायी भएर बाच्नु पर्छ । दलित केटीले माया सम्मान स्थान पाउन सक्दिनन उपल्लो जातको श्रीमानको घरमा ।

अन्तरजातीय दम्पति बाट जन्मेको सन्तानले छुवाछुत गर्दैन । उसले दलित संग बिवाह बिना हिचकिचाहट गर्न सक्नेछ । भैरहेको अन्तरजातीय बिवाहमा के देखिएको छ भने दलित केटाकोमा उपल्लो जातकी केटीआएकी छिन भने उनले राम्रो सम्मान माया र स्थान पाएकी छिन । उनले समस्या भोग्नु पर्दैन । खुसि खुसि साथ उनलाई स्विकारिन्छ । तर दलित केटी उपल्लो जातको केटाकोमा गइन भने चाही समस्या हुन्छ ।

आरक्षणको मामलामा पनि एउटा ठुलो असन्तुष्टि छ । दिनु हुन्न भन्ने छ । अरुको त होइन खासगरी दलितलाइ दिईएको आरक्षण प्रति रिस छ । दलितलाई दिईएको आरक्षणमा केहि बाहुन क्षेत्रीले आफ्नो भाग खोसिएको महसुस गरिराको छ । दलितहरुले राज्यमा आफ्नो उपस्थिति गराउन खोजेका हुन कसैको भाग खोसेका होइनन । राज्य बाहुन क्षेत्रीको मात्र हो र उनीहरुले भाग खोसेको महसुस गर्नलाई ? निजि चिज हो र भाग खोसिनलाइ ? निजि चिजमा हो भाग खोसिने त । उनीहरु पनि यहि राज्यका हुन भने यो राज्यको अंगमा उनीहरुको सहभागिता हुनु पर्छ  । कतिपयले यसलाई गलत व्याख्या गरिदिएका छन । कमजोर दलितहरुलाई अवसर दिईएको भनेर । दलितहरु कमजोर पारियो यति लामो समय सम्म  । आरक्षण एउटा उपाय हो बलियो बनाउने । आरक्षण दिन थालिएको २०६३ पछी हो भने दलित छुवाछुत भएको सदियौं हजारौं साल भयो । अझै आरक्षण बाट आत्तिने बेला भएको छैन  । दलितहरु पनि आरक्षणको दावी सम्बन्धितमा न्युनतम योग्यता पुगे पछी मात्रै हो । एमबिबिएसमा धेरै गुनासो आएको छ  । कमजोरहरू डाक्टर हुने भए भनेर  प्रतिस्पर्धी बाहुन क्षेत्री बिद्यार्थीहरु बाट । एक त आरक्षण भन्दैमा बिज्ञान नै नपढेको मान्छे टुप्लुक्क लेराएर डाक्टर बनाउने होइन  । बिज्ञान नै पढेको मान्छे लेराउने हो  ।

आरक्षणले त उसले कलेज प्रवेस पाउने मात्रै हो डाक्टर बनाउने होइन  । उसले कलेजको परिक्षा पास गर्छ  । युनिभर्सिटीको परिक्षा पास गर्छ  । लाइसेन्सको इक्जाम पास गर्छ  । +२ मा ४५ % कटाउनु पर्ने न्युनतम योग्यता हो  । प्रतिस्पर्धा यस्तो छ कि ७० % भन्दा कम लेराउनेले नाम निकाल्नै सक्दैन  । आरक्षणमा दलितहरु बिच पनि प्रतिस्पर्धा हुने भएकोले सब भन्दा राम्रो दलित नै जान्छ  । प्राक्टिकल्ली हेर्दा खेरि निकै अब्बल दलित नै जान्छ  । यदि ७०%-७५%-८५% लेराउने दलितले आरक्षण लिदैमा कमजोर डाक्टर उत्पादन हुन्छ भने पैसा जति तिरेर पढ्न पाइने व्यवस्था खारेज गरे भै हाल्यो नि । त्यहाँ त झन कम मार्क्स लिनेले पढ्छन । दलितहरुलाई राज्यले नै युगौ युग डिजाइन गरेर थिचो मिचो गरेकोले डिजाइन गरेरै उकास्नु पर्छ । यहाँ त कानुन बनाएर दबाइयो । मुलुकी ऐन बनाएर पुरै दलितलाई दबाइयो । पहिले त राज्यको अंगमा अघोषित रुपमा बाहुन क्षेत्रिलाइ १०० % आरक्षण थियो  । अहिले त्यो बाडिएको छ  ।

दलितलाई दिईएको आरक्षणमा केहि बाहुन क्षेत्रीले आफ्नो भाग खोसिएको महसुस गरिराको छ । दलितहरुले राज्यमा आफ्नो उपस्थिति गराउन खोजेका हुन कसैको भाग खोसेका होइनन । राज्य बाहुन क्षेत्रीको मात्र हो र उनीहरुले भाग खोसेको महसुस गर्नलाई ? निजि चिज हो र भाग खोसिनलाइ ?

आरक्षण धनीले पनि लिए भन्ने छ  । पहिलो त सिंगो दलित समुदाय नै गरिब छ  । एकाध बाहेक  । तर उसले सम्मान पाइसकेको छैन  । धनि दलितले आरक्षण पाउदैमा आरक्षणलाई  दोषमुखी देखाइनु हुदैन । एउटा ठुलो प्रणालीमा अपबादको रुपमा केहि कृटि भयो होला । गरिबलाई दिनु पर्छ आरक्षण धनीलाई होइन भन्ने आवाज उठ्छ बेला बेलामा  । नेपालमा जातकै आधारमा बर्गको निर्माण भएको छ । माथि नै भनिसकियो कि नेपालमा सबै दलित गरिब छन एकाध बाहेक  । अनि दलितलाई जातकै आधारमा हेपिएकोले जातकै आधारमा आरक्षण पाउनु पर्छ, हामीले खोजेको त हाम्रो जातमै सम्मान पनि हो । दलितहरु गरिब भएका कारण हेपिएका होइनन  । आरक्षणले पहिलो त सहभागिता सुरक्षित गरेकोले सम्मानित महसुस भएको छ दोश्रो आरक्षण लिने र उ संग जोडिएकाहरुको उत्थान भएको छ  । आरक्षण त दलित छुवाछुत हटाउने एउटा राम्रो माध्यम हो  । तर यो शिक्षामा दलितहरुको पहुँच पनि घट्दै गएको छ । शिक्षा निजि क्षेत्रको नाफा कमाउने भाडों बनेको छ । सरकारी स्कुल कलेजमा बिस्वबिध्यालयमा दलितलाइ छात्रवृत्तिको  व्यवस्था हुन्थ्यो । तर निजीमा त्यो पालना गरेको पाइदैन । निजिले छात्रवृत्ति दिन खोज्दैन बाध्यताबस दिनु पर्ने पनि लुकाउन खोज्छ नभए अन्तिम अवस्थामा अफ्टेरो प्रावधान देखाएर अड्काईदिन्छ । राज्यले धकेलेर प्राइभेटमा जान बाध्य पारेको छ । निजि नाफा मुलक छ । दलित मैत्री छैन । हालै सरकारले नयाँ नीति लेराउने घोषणा गरेको छ जसमा दुइ एकदम दलित बिरोधि व्यवस्था रहेको छ ।  पहिलो सरकारीमा पढेकोले मात्र आरक्षण पाउने भन्ने दोश्रो आरक्षण एकपटक मात्र पाउने भन्ने दुइ व्यवस्थाले फेरी दलितहरुलाई पछाडी धकेल्ने काम गरेको छ । अंग्रेजी जान्नु पर्ने अनिवार्य । सरकारी पढेकोले अंग्रेजी जान्दैनन । अंग्रेजी पढ्न प्राइभेट जादा आरक्षणमा अनुपयुक्त भने पछी यो दलितलाई पछाडी धकेल्ननै लेराउन थालिएको हो ।अर्को, दलितहरु शोषणमा पर्ने दोश्रो ठुलो ठाउँ बनेको छ ,नेपाल प्रहरी। पहिलो त खुला समाज नै हो । दलितले एकहदसम्म थिचोमिचो सहन्छ किन भने उसलाइ त्यहि समाजमा बस्नु छ । सकेसम्म दलित आफै एडजस्ट हुन खोज्छ । अति भए पछी मिल्न नसकिने भए पछी मात्र दलितहरु गुहार माग्न प्रहरी कहाँ जाने हो । पिडित भएर न्याय प्राप्तिको आसमा प्रहरी कहाँ जादा प्रहरीको व्यवहारले दलितहरु झन आहत हुन्छन । सुरुमा प्रहरीले केस नै मान्दैन, मिलाउनुस भन्छ । अनि प्रमाण खोज्छ । छुवाछुतको, रेप एटेम्प्टको देखिने प्रमाण हुदैन । प्रहरी यो जान्दछ । तर उ छुवाछुतलाइ केस नै मान्दैन, अपराध नै मान्दैन । त्यसकारण उ प्रमाण लेराउ भनेर टाल्न खोज्छ । छुवाछुत केस सरकारीबादी मुद्दा हो र यस्तोमा उजुरी परि सके पछी अनुसन्धान गर्ने जिम्मा सरकारको हो , प्रहरीको हो । आहत परेर प्रहरीकोमा गइन्छ । प्रहरीको व्यवहारले झन पिडित हुनुपर्छ । कस्तो संसारमा जन्मिएछु भन्ने गराउछ । प्रहरीको व्यवहार मात्रैले पनि राज्य आफ्नो नरहेको भान गराउछ । प्रहरीले सुरुमै कुरा नबुझिदिनाले सुरुको समस्या जहिले पनि दुर्घटनामा परिणत हुन्छ ।

आरक्षणले पहिलो त सहभागिता सुरक्षित गरेकोले सम्मानित महसुस भएको छ दोश्रो आरक्षण लिने र उ संग जोडिएकाहरुको उत्थान भएको छ  । आरक्षण त दलित छुवाछुत हटाउने एउटा राम्रो माध्यम हो  । तर यो शिक्षामा दलितहरुको पहुँच पनि घट्दै गएको छ ।

 

आत्महत्यामा परिणत हुने अधिकांस ९लगभग ९५० केस प्रहरीको मिस ह्याण्डलिंगको कारण हुने गर्दछ । प्रहरीको मेलमिलाप बाट निस्किएर हुन्छन आत्महत्याहरु । अधिकांस प्रहरी सजाय दिएर मात्र मान्छे सुध्रिन्छ भन्ने सोंचका छन । प्रहरीले गर्छ के भन्दा दाइ बैनी बनाएर टिका लगाएर पठाई दिन्छ । बिहे गर्न तयार भएका वा बिहे गरि सकेकालाइ दाइ बैनी किन बनाउनु पर्यो के रु दलित केटाले उपल्लो जातको केटी भगायो भने केटीको आफन्तलाई सहयोग पुग्ने गरि अपहरणको मुद्दा लगाउछ प्रहरी तर दलित केटी समस्यामा परिन भने चाही उ मिलाउनु पर्छ पारिवारिक कुरा हो भन्छ । ११ १२ पढ्दै गरेको केटीलाई भगाउदा ललाई फकाई गरेको हुन्छ र रु जात नै ढाटेर बिहे गरेको भए त ठिकै छ तर जानाजान जात खुलाएर प्रेम गरेर परिवारमा अफ्टेरो हुने भए पछी भागि बिवाह गर्दा कसरि ललाई फकाई हुन्छ रु अनि यसमा दलित केटाको मात्र दोष हुन्छ रु धेरै भन्दा धेरै प्रहरीलाई छुवाछुत भनेको केस नै होइन , अपराध नै होइन ,यो त सामान्य हो नि समाजमा चल्दै आको छ , भन्ने छ । प्रहरीले मात्रै आफ्नो कार्यालय सम्म आइपुगेको घटनालाइ गम्भिरता पुर्बक लिएर अनुसन्धान गर्ने हो भने दलित समस्या अकल्पनीय दुर्घटना सम्म पुग्दैन । हैन भने अहिले सम्म त प्रहरिनै दलितको ठुलो बाधक बनेको छ ।
लेखको अन्तिममा यो पढ्ने बाहुन क्षेत्री गुरुङ मगर लगायत उपल्लो जातका पाठकहरुलाई एउटा आग्रह के गर्दछु भने तपाइँ कतै जादा नयाँ ठाउँमा, कार्यक्रममा एकपटक आफ्नो नाममा दलित जनाउने थर जोडेर परिचय दिनोस अनि महसुस गर्नुस, दलित हुनुमा के रैछ भनेर । तपाइको नाम बलराम दाहाल हो भने एकपटक बलराम परियार भनि हेर्नोस त , रिता क्षेत्री हो भने रिता नेपाली भनेर हेर्नोस त ।


प्रकाशित | २९ असार २०७५, शुक्रबार २१:४४

3 responses to “नबदलिएको दलितको कथा”

  1. DB Nepali says:

    Lekh ramro chh tara Dalit bhaneko jat ho ra? Bujhhiyan

  2. bhim bk says:

    अत्यन्तै मार्मिक र सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *