हिन्दु धर्म र दलित

प्रयोगात्मक नेपाली शब्दकोशअनुसार शूद्र भनेको वर्णाश्रम व्यवस्थाअनुसार मानव समाजको चौथो वर्ग वा वर्ण, अछूत मानिएको वर्ग, हरिजन, निम्न जात । वर्ण भनेको हिन्दु सामाजिक व्यवस्थाअनुसार मान्छेको वर्ग ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र । अनि अछूतको अर्थ हिन्दू वर्ण व्यवस्थाअनुसार छोइछिटो हाल्नुपर्ने जात हो । उता मनुस्मृतिले शूद्रको बारेमा लेखेको अमानवीय क्रूर निर्देशनहरूको उदाहरण मात्रै दिन पनि छुट्टै कोलम जरुरी हुन्छ ।

‘कहाँसम्म होला रु’ ‘यहिँ तीनघरेसम्म, तपाईं  ? ’
‘म अलि माथिसम्म जान्छु, गर्मी के सारो बढ्यो
है १ अनि के काम गर्नुहुन्छ  ?’
‘म शिक्षक हुँ ।’ ‘ए, के थरी पर्नुभो ?’
‘आ, म…..’ बसका दुई अपरिचित यात्रीहरूबीचको कुराकानी हठात् रोकिन्छ । शिक्षकलाई थाहा छ उहाँले आफ्नो थर र वर्ण बताइसक्दा यसै पनि उहाँहरूको बीचमा उचनीचको कहालीलाग्दो पहाड उभिनेछ, किनकि उहाँ कथित ‘सानो जात’ को र ‘अछूत’ हुनुहुन्छ । पहिचानवादी भए पनि गुरुले झ्यालबाट एकोहोरो बाहिर मात्र हेरिरहनुभयो ।
नगरपालिकाको वडासदस्यको पदमा निर्वाचित भएको साँझ जीवनमै सबैभन्दा बढी खुसी हुनुभएको थियो रामवती पासवान । हाल, विभिन्न बैठक, सभा, सम्मेलन, गोष्ठी आदिमा ‘दलित’ महिला सदस्य श्रीमती (श्री होइन) रामवती पासवान भनेर बोलाइँदै पिच्छे जातिकै कारण शरीरै अमिलो भई पटकौंपटक मूच्र्छित हुँदै आएको कुरा सुनाउनुहुन्छ रामवती पासवान ।

पश्चिम बंगाल (दार्जिलिङ) को तीनधारेमा आमाको मृत्यु हुँदा खर्साङको एक कलेजमा धेरै वर्ष अध्यापन गर्नुभएका आईएन छेत्रीले गहिरो सहानुभूति प्रकट गर्दै मृतकको छोरा पवन सुन्दासलाई भन्नुभएछ, ‘अब हो, जातमा तलमाथि जे भए पनि पहिले हामीले एउटा प्याज पनि आधाआधा बाँडेर खाइबसेको हो नि †’ उक्त भनाइ सहानुभूति नभएर घुमाउरो ‘दयालु जातीय बेइज्जत’ हो भन्ने निचोडमा हुनुहुन्छ सुन्दासजी ।

कहिले ‘पत्रपत्रिकाको ’ को मुख पृष्ठमै उच्च जातको भनिएको सात–आठवर्षे बालकले आफ्नो बुबासमानको एक प्रौढ ‘दलित’ लाई खुइलिसकेको जर्किनबाट पिउनका लागि अँजुलीमा पानीको धारो खसाइदिंदै गरेको तस्बिर लाखौं नेपालीलगायत विश्व मानव समुदायले देख्न सकेका छन् १
दलितको सन्दर्भ उठाउँदा नेतृत्वले, ‘हैन, कमरेडले के भन्न खोज्नुभएको, के अब हाम्रो जनै तपाईंहरूको काँधमा लगाइदिनुपर्ने रु’ भनेर मरणासन्न हुनेगरी झँटाइ खाएर बैतडीको पार्टी बैठकबाट एक ‘दलित कमरेड’ बैठक स्थलबाट बाहिरिंदै हुनुहुन्थ्यो !

उता झापामा हिजो मात्रै केही ‘विद्वत्’ हरूको जलपान र गफमा ‘आफू त यो जातपात मानिँदैन, म त ऊ मोहनजीकोमा पनि खाइदिन्छु †’ भनेर एक नाम चलेका ‘विद्वान् समाजसेवी’ महानुभावले भनेपछि आफूलाई सम्मान गरेको कि अपमान गरेको छुट्याउन नसकी अलमलमा पर्नुभएछ । अन्ततस् आफ्नो ‘सम्मानजनक अपमान’ भएको निष्कर्ष सुनाउनुभयो मोहन विश्वकर्माले । यी हुन् दलितले भोगिरहेका मानसिक पीडाका केही उदाहरणहरू ।

अर्कातिर, उत्पादनका साधनहरू जल, जमिन, जंगल, शिक्षा आदि र राज्यका अंग र निकायहरूमा नेपाली ‘दलित’ हरूको पहुँच र उपस्थिति दयनीय देखिन्छ । वल्र्ड बैंकको एक रिपोर्टअनुसार नेपालमा ४५।५ प्रतिशत दलितहरू गरिबीको रेखामुनि रहेका छन् जुन अन्य समुदायहरूको तुलनामा सबैभन्दा उच्च गरिबी प्रतिशत हो । १३ प्रतिशतभन्दा बढी जनसंख्या भएको ‘दलित’ हरूको राजपत्रांकित कर्मचारी संख्या केवल शून्य दशमलव नौ प्रतिशत रहेको छ । हालसम्म सातै प्रदेशमा कहीं पनि एक जना पनि ‘दलित’ मन्त्री छैनन् । उता सुरक्षा निकाय र संविधान, ऐन, कानुन र नियम कार्यान्वयन गर्ने–गराउने न्यायिक अंगहरूमा दलितको प्रतिनिधित्व नाम मात्रको छ । त्यसैले, छुवाछूतको अपराधी पक्रन जाने सुरक्षाकर्मीले नै अपराधीलाई भगाएर ‘आरोपी नभेटिएको’ आशयका समाचारहरू प्रशस्त पढ्न–सुन्न पाइने गरेको छ ।

‘दलित’ सिक्काको अर्को पाटो झनै भत्भती पोल्ने किसिमको छ । गाउँ, टोल, सहरबजार जताततै ‘पुराण’ सुन्ने–सुनाउने प्रतिस्पर्धात्मक आँधी चलिरहेको छ । ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र नभनिएको पुराण वाचन सुनिएको छैन । ‘भक्तजनहरू, आधुनिक र भौतिकवादी हुँ भन्नेहरूले भन्छन्, कोही पनि उच्च र नीच हुँदैनन्, मान्छे एउटै हो, सबै समान छन् । ब्राह्मण र शूद्र एउटै हो, सबैले खान्छन्, शौच गर्छन् । काटे सबैको रातै खुन आउँछ । त्यसो भए भक्तजनहरू, सुँगुरले पनि खान्छ, शौच गर्छ, काटे रातै खुन आउँछ । के अब हामी सुँगुरसँगै बस्ने, खाने, सुत्ने रु’ भनेर पुराणवाचक ब्राह्मण पण्डितले घोक्रो सुकाएको–चिच्याएको पंक्तिकारले पनि पटकपटक बान्ता आउन्जेल सुनेको छ । भद्रपुरका एक गुरुकुल विद्याश्रमका अध्यक्षले हालै ‘शूद्र’ लाई विद्याश्रममा भर्ना गर्नुभन्दा बरु आफू जेल जान तयार रहेको कुरा प्रमुख जिल्ला अधिकारीसमक्ष प्रस्ट पार्नुभयो । (जुन संस्कार, संस्कृति र कथित शिक्षाको विरोध र बहिष्कार गर्नुपर्ने त्यसैलाई ग्रहण गर्न खोज्नु ‘दलित’, ‘शूद्र’ र ‘अछूत’ बनिरहने भरपर्दो उपाय हो, त्यो छुट्टै पक्ष हो ।)

काभ्रेकी लक्ष्मी परियारलाई ‘बोक्सी’ बनाई हत्या गरियो । तालिवानको क्याम्पमा होइन छिमेकी भारतको गुजरातमा मरेको गाईको छाला निकालेको भनी ‘गौ रक्षा दल’ का कार्यकर्ताहरूले सहरबीचमा गाडीमा बाँधेर नाङ्गै पारी पालैपालो सहरै हल्लिने चीत्कारसँगै ‘दलित’ हरूलाई कुटे । अन्तरवर्णीय (जातीय) बिहे गरेकै कारण काभ्रेपलाञ्चोकका अजित मिजारको लास ३ वर्षदेखि काठमाडाैं टिचिङ अस्पतालमा सडिरहेको छ । अर्घाखाँचीकी १५ वर्षीया समिता नेपालीलाई राजु अधिकारीले बलात्कार गरी हत्या गरे । उता तराईमा दलितले ‘छूत’ हरूको गाउँको बाटैसम्म पनि हिंड्न प्रतिबन्ध लगाइएका घटनाहरू सामान्य मानिने गरेको पाइन्छ । हिन्दुवादको विरोध अनि दलितहरूप्रतिको सहानुभूतिकै कारण पत्रकार गौरी लंकेश हिन्दुवादीहरूद्वारा मारिनुभयो । जातिकै कारण परिवारबाट वैवाहिक स्वीकृति नदिएको कारण रूखमा झुन्डिएका, खोलामा हाम फालेर मरेका दलितका दैनिकीहरू पाइन्छन् ।

भर्खरै संघीय संसद् प्रतिनिधिसभाको बैठकमा सांसद कलुदेवी विश्वकर्माले दलित भएकै कारण काठमाडाैंमा डेरा पाउन नसकेको पीडा चर्चामा आयो । यही १९ जेठमा कालिकोटको नरहरिनाथ गाउँपालिका–९ बाट निर्वाचित वडासदस्य मना सार्कीलाई राजिन्द्रा शाही, दुर्गा शाही र सिर्जना शाहीले कमिनी डुमिनी भन्दै कुटेर मारेका छन् । यस्तै छन् ‘दलित’ बनाइएकाहरूले गुजार्दै गरेका जिन्दगीहरू ! प्रिय साथी, आदरणीय मान्यजन, राजनीतिकर्मी, राज्य सञ्चालक, तपाईंसँग पनि अवश्य मानव हृदय छ, जिन्दगीमा मात्र १ पटक मात्र  १ घण्टा साँच्चै ‘दलित’ बनेर बाँचिदिनुहोस्, सायद अपमान, अभाव, हीनताबोध र विद्रोहको भावनाले तपाईंलाई आफ्नो मुखभित्रको ‘थुक’ निल्न पनि कठिन हुनेछ ! अनि सम्भवतस्, हामीबीच पनि भ्रातृत्व र मानवताजस्ता शब्दहरूले अर्थपूर्ण ठाउँ पाउनेछन्, ‘विकास र समृद्धि’ ले भुल्नै लागेको बाटो पनि पक्रिनेछ ।

को हुन् दलित  ?
नेपालको संविधान २०७२ मा धारा १८ देखि विभिन्न ठाउँहरूमा ‘दलित’ उल्लेख गरिएको छ जसले दलितहरू नेपाली नै भएको किटान गर्छ । प्रयोगात्मक नेपाली शब्दकोशले दलितको अर्थ थिचोमिचोमा परेको, अरूद्वारा सताइएको, समाजमा इज्जत वा प्रतिष्ठा नपाएको भनेको छ । अक्सफोर्ड डिक्सनरी स् त्यो जातिको सदस्य हो जसलाई नीच मानिन्छ र जससँग न्यून सुविधाहरू छन् । एक अमेरिकन डिक्सनरी स् परम्परागत रूपले अछूत वा जातबाहिरको भनिएको दक्षिण एसियाली मानव समूहको सदस्य । सारमा, परिभाषा र वर्तमानका सबैखाले व्यवहार विश्लेषणबाट निष्कर्ष निस्किन्छ कि हिन्दु सामाजिक व्यवस्थाअन्तर्गत चार वर्णहरूमध्ये ‘पानीअचल शूद्र’ बनाइएको मान्छे नै दलित हो ।

दलित, शूद्र र हिन्दुवादरहिन्दु धर्म
हिन्दु धर्म अर्थात् हिन्दुवादभित्र मात्रै ‘शूद्र’ भेटिन्छ अनि शूद्र भएकैले दलित हुनुुपरेकाले दलितको गन्तव्य नै हिन्दु धर्म हो । अक्सफोर्ड डिक्सनरी अफ सोसोलजीअनुसार हिन्दु धर्मको भ्रूण (गर्भ) मोटामोटी ५ हजार वर्षपहिले रहेको थियो । भारतीय उपमहाद्वीपका शासकहरूले शासन र दिशाविहीन तत्कालीन समाजलाई एउटा पद्धतिमा ल्याउन र मूलतस् श्रम र उत्पादनमाथि आफ्नो अधिकार सुनिश्चित गर्न ‘फुटाऊ र शासन गर’ को सिद्धान्तअनुरूप आफ्नोविरुद्ध संगठित विद्रोह हुन नदिन ईश्वर (भगवान्), पाप, धर्म, स्वर्ग, नर्क, पूर्वजन्म, पुनर्जन्म, वर्ण, भाग्यजस्ता विषाक्त मनोवैज्ञानिक हतियारहरू निर्माण गरे जसको एकीकृत रूप नै हिन्दु धर्मरहिन्दुवाद हो भनी समाजविज्ञानले पुष्टि गरेको छ । हिन्दुवाद भारत र नेपालको मूल धर्म हो । मध्यकालमा भारतमा मुस्लिमसँग हारेर भागेर नेपाल पसेका हिन्दुहरूले हाम्रो देशमा हिन्दु धर्म क्रमशस् फैलाएका हुन् र राजा सुरेन्द्रविक्रम शाह र श्री ३ जंगबहादुर राणाले विसं १९१० मा मुलुकी ऐन बनाएर सोही ऐन मार्फत बन्दुक तेस्र्याएर हिन्दु राज्यव्यस्था र हिन्दु समाज बनाएका हुन् नेपालमा ।

जाति व्यवस्था (वर्णाश्रम व्यवस्था) र जीवनप्रतिका दृष्टिकोणहरू नै हिन्दु धर्मका आधारभूत विशेषताहरू हुन् । जाति व्यवस्थाको मुख्य आधार वर्ण विभाजन हो । वर्ण भनेकै ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र र अछूत –अनटचेबल, आउटकास्ट हो । पछि अछूतलाई पनि शूद्रमै समावेश गरियो । वेदहरू, महाभारतको युद्धमा कृष्णले अर्जुनलाई दिएको उपदेश स् श्रीमद्भगवद्गीता, मनुले लेख्नुभएको हिन्दुहरूको आचारशास्त्र स् मनुस्मृति (डा. विष्णुविभु घिमिरेका अनुसार हिन्दु धर्मको ग्रन्थ), विभिन्न पुराणहरू, उपनिषद्, शोडष संस्कार विधिसंहिता आदि हिन्दु धर्मका नाइके ग्रन्थहरू हुन् ।

समाजशास्त्रीहरू एनके दत्त र जीएस घुर्येका अनुसार आफ्नो जातिबाहेक अन्य जातिमा विवाह नगर्ने, जातिहरूको पेसा निश्चित गरिएको, जातिहरूमा उच–नीचको सोपान–क्रम, जन्मदेखि नै व्यक्तिको जातीय जीवन निश्चित हुनु, जातिप्रथाका सम्पूर्ण प्रणालीहरू ब्राह्मणहरूको प्रतिष्ठामा निर्भर, समाजको खण्डात्मक विभाजन, जन्ममा आधारित जाति (वर्ण), भोजन र सामाजिक सहवासमा प्रतिबन्ध, ब्राह्मणबाहेकमा सामाजिक र धार्मिक निर्योग्यता र जातिका उपजातिहरू हिन्दु धर्मका व्यावहारिक विशेषताहरू हुन् ।

शूद्र स् प्रयोगात्मक नेपाली शब्दकोशअनुसार शूद्र भनेको वर्णाश्रम व्यवस्थाअनुसार मानव समाजको चौथो वर्ग वा वर्ण, अछूत मानिएको वर्ग, हरिजन, निम्न जात । वर्ण भनेको हिन्दु सामाजिक व्यवस्थाअनुसार मान्छेको वर्ग ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र । अनि अछूतको अर्थ हिन्दू वर्ण व्यवस्थाअनुसार छोइछिटो हाल्नुपर्ने जात हो ।

ऋगवेद लेख्छ, ब्राह्मणोऽस्य मुखमासीद बाहू राजन्यस् कृतस् । ऊरु तदस्य यद्वैश्यस् पद्भयं शूद्रो अजायत ।।१२।। अर्थात् त्यस विराट् पुरुषको मुखबाट ब्राह्मण पैदा भयो, बाहुबाट क्षत्रिय, तिघ्राबाट वैश्य र खुट्टाबाट शूद्र पैदा भयो । श्रीमद्भगवद्गीतामा लेखिएको छ, ‘सबै वर्णको सेवा टहल गर्नु शूद्रको कर्म हो ।४४। उता मनुस्मृतिले शूद्रको बारेमा लेखेको अमानवीय क्रूर निर्देशनहरूको उदाहरण मात्रै दिन पनि छुट्टै कोलम जरुरी हुन्छ । वासु बराल लेख्नुहुन्छ स् हिन्दु सामाजिक संगठनअनुसार जुन व्यक्ति जुन जातिमा छ ऊ त्यसै जातिको सदस्य हुन्छ । आफ्नो इच्छाअनुसार कुुनै पनि व्यक्तिले आफ्नो जाति फेरेर अर्को जाति ग्रहण गर्न पाउँदैन ।

काँशीको विद्वत् मण्डली काँशी विद्वत् परिषद्का महामन्त्री एवं तुलसी मानस मन्दिरका मुुख्य पुजारी वटुप्रसाद शर्मा शास्त्री भन्नुहुन्छ, ‘शास्त्रलाई आधार मान्ने नाताले म एक कट्टर हिन्दु ब्राह्मण हुँ । छुवाछूत जातपात मान्दछु । शास्त्रको दृष्टिले जे देखिन्छ त्यही ठीक हुुन्छ, अरू ठीक हुँदैन ।’

माथिका प्रस्तुति र छलफलहरूले प्रस्ट पार्दछ इतिहासदेखि वर्तमानका दलितको अभाव, अपमान, बेइज्जतले भरिएको कठिन र कहालीलाग्दो जीवनको जड नै हिन्दु धर्म र यसैद्वारा सञ्चालित राज्यव्यवस्था हो । हिन्दु धर्म र राज्यव्यस्थाले नै शूद्र र अछूत बनायो अनि अछूत बनाई ‘दलित’ बनायो र दलित भएर भारतमा १६ करोड र हाम्रो देशमा ३७ लाखभन्दा बढी ‘मान्छे’ लाई ‘बरु नजन्मेको भए पनि हुन्थ्यो’ भन्नुपर्ने कारुणिक जीवन भोग्न बाध्य बनायो ।

निष्कर्ष
क) राज्यले हिन्दुवादको नसा छुटाउनुपर्छ । सबै धर्मलाई समान व्यवहार होइन कि धर्मनिरपेक्षताको अर्थलाई नबटारी राज्यले सबैखाले धर्म र तीसँग सम्बन्धित संस्कार संस्कृतिबाट आफूलाई अलग राख्नुपर्छ ।
ख) छलकपटविहीन बनेर राज्यले सबैलाई सम्मान गर्ने नयाँ ‘नेपाली संस्कृति’ को निर्माण थाल्नुपर्छ ।
ग) दलितलाई गरिने कुनै पनि खाले अन्याय, विभेद, अपमान र बहिष्करणका विरुद्ध राज्यले कठोर हुँदै दलितलाई आवश्यकतानुसार जमिनको व्यवस्था दरिदिनुपर्छ ।
घ) केही समयका लागि राज्यका हरेक अंग तथा निकायमा दलितलाई जनसंख्याको आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व र उपस्थिति राज्यले गराउनुपर्छ । आरक्षणको नाममा कहिले खस आर्य त कहिले जनजाति आदिवासी र महिला भनेर दलितलाई ओझेलमा पार्ने काइते काम राज्यले बन्द गर्नुपर्छ । सबै जाति, समुदाय र लिंगले राज्यमा अवसर र प्रतिनिधित्व पाउनु उनीहरूको नैसर्गिक अधिकार हो ।
ङ) दलित नेतृत्व, संघसंस्थाहरूले समस्याको ठीक पहिचान र समाधानको वैज्ञानिक विधि र कार्यक्रमलाई दृढतापूर्वक अघि बढाउनुपर्छ ।
च) जुन चीज समाउँदा आफूलाई भत्भती पोल्छ भने त्यो चीजलाई छोडिदिनुपर्छ त्यसैले कुनै पनि दलितले हिन्दु धर्म र यसका संस्कार–संस्कृतिलाई चटक्कै त्याग्नुपर्छ ।
छ) आफ्नो स्वास्थ्य, शिक्षा र आर्थिक अवस्था सुधार्ने प्रयास गर्दै राज्य र समाजद्वारा दिइएको न्यूनतम अधिकारलाई दलितले अधिकतम प्रयोग गर्नुपर्छ । आफ्नो सामाजिक, राजनीतिक र सांस्कृतिक हैसियतलाई बिर्सेर आफ्नै स्वास्थ्यसमेत बिगार्ने गरी अर्थहीन मोजमस्तीको ‘मूतको न्यानोमा’ निदाउन छोड्नुपर्छ दलितले ।
ज) स्वघोषित दलित ‘शूद्र’ विद्वान्हरूले दुनियाँ हसाउँदै काँधमा जनै भिरेर लम्पसार परी दलित समुदायमाझ हिन्दुवादको गुणगान गाउने खतरनाक काम बन्द गर्नुपर्छ ।
झ) आत्मघाती दलित आन्दोलनहरू जस्तै स् मन्दिर प्रवेश आन्दोलन, गुरुकुल शिक्षालयमा भर्ना आन्दोलन आदिलाई दलितहरूले हटाउनुपर्छ ।
ञ) दलितको दुस्मन बाहुन–छेत्री अर्थात् कुनै थर जातविशेषको व्यक्ति होइन । दलितको शत्रु हिन्दु धर्म, यसका संस्कार–संस्कृति र हिन्दु राज्यव्यवस्था हो ।
ट) सबै नेपाली हाँसे नेपालै हाँस्नेछ ।

याे सामग्री कान्तिपुर  दैनिकको कोसेलीबाट लिएको हो ।


प्रकाशित | २३ असार २०७५, शनिबार १२:०४

Leave a Reply

Your email address will not be published. Required fields are marked *