छुवाछुतकाे उदाउँदो सूर्य

प्रकाश सपुत दाईको ‘गलबन्दी च्यातियो तिम्ले तानेर’ भन्ने गित चर्चाको शिखरमा पुग्दै थियो, यता मेरो मन च्यातिएको थियो एउटा विभेदको घटनाले । अनि मैले एउटा सानो फेसबुक स्टाट्स लेखें– त्यो कुरीतिको विरुद्घमा, त्यो अमानविय कार्यको विरुद्घमा । र कतिपय बराजुहरुको मुटु नै च्यातिएछ ।
कुरा केहि महिना अगाडिको हो, गुल्मीको एक ज्येष्ठ नागरिक सेवा केन्द्रमा समय विताउन पुगेका दलित वृद्घवृद्घालाई ‘गुन्द्री पर सार, खाने बेला भो’, ‘पर सर केराका बोक्रा टिप ’ भनियो । सेवा केन्द्रमा तलव दिएर राखेको कर्मचारीले दलितका भांडा माझ्दिन, आफूले खाएको आफै माझ भनेपछि एक दलित वृद्घाले काम गर्ने मान्छे राखेपछि सवैका भांडा माझ्नुपर्छ भनि आवाज उठाईन् ।
त्यसको जवाफमा ‘तिमीले भन्यौ, कामीलाई भाँंडा नमझाएर भान्से बनाउने त ?’ भन्ने जवाफ आयो । यो असली ब्राहमणबादको रुप देखाइयो ।
मेरो प्रतिप्रश्न सार्वजनिक ठाँउमा दलितलाई घृणा तिरस्कार अपमान गर्ने तिम्रो संविधान ऐन कानुन विरोधी अमानविय कार्यलाई मुर्दावाद नभनेर जिन्दावाद भन्ने त ?
घटना सकियो । मैले मन थाम्न नसकेर स्टाटस लेखेँ । पीडा त सेवा गर्न भनेर बोलाइएका ज्येष्ठ नागरिकलाई दिइयो । त्यसमाथि भएको घटनालाई लुकाउन यति प्रयत्न गरियो कि मैले लेखेको स्टाटस, मिडियामा आएका समाचारको चर्कोगरी खण्डन भए । अहिलेसम्म पनि विभेद भएको थिएन भनेर समाचार लेखाइँदै छ ।
त्यो घटना एउटा उदाहरण हो, जसले सवै विभेदकारीहरु एक हौं भनि भएकै हैन भनेर ढाकछोप गरियो । तर सत्यले कहिले हार्दो रहेनछ त्यसको केहिदिन पछि एक अवोध ५ महिने बालकलाई सोहि स्थानकै मन्दिरमा टिका लगाउन लगियो तर अरु समुदायका सवै बालबालिकाले रातो टिका लगाएर घर फर्किदा त्यो सानो बालक खाली निधार घर फकिन बाध्य तुल्याइयो ।
नेपालको संविधान ऐन कानुनलाई नै ठाडो चुनौती दिदै ती मन्दिरका पुजारी कुर्लिरहे तैले जे गर्न सक्छस् गर, म मर्न पनि तयार छु जागिर पनि छोड्न तयार छु तर दलितलाई टिका लगाइदिन्न भनेर । यी चरम विभेदका घटनाहरुलाई हेर्दा समाजमा जातिय विभेद जस्ताको तस्तै छ, सार्वजनिक स्थानमा समेत समानता छैन, दलितहरुलाई अझैपनि मानिस गनिदैन भन्ने प्रष्ट हुन्छ । यी घटना नेपालको वर्तमान संविधान को धारा १८ समानताको हक, धारा २४ छुवाछुत तथा भेदभाव विरुद्घको हक, धारा ३८ महिलाको हक , धारा ३९ बालबालिकाको हक, धारा ४० दलितको हक, धारा ४१ ज्येष्ठ नागरिकको हक र धारा ४२ सामाजिक न्यायको हक विरुद्घका छन् साथै संयुक्त राष्ट्रसंघको मानवअधिकारको विश्वव्यापी घोषणापत्र १९४८ विरुद्घमा छन् । यस्तो अमानविय कार्यको जति निन्दा गरेपनि कमै हुन्छ ।

बाहुनहरु मेरा आफन्तहरु हुन् मेरा बुबा आमा दाजुभाई दिदिबहिनीहरु प्रति मेरो उच्च सम्मान छ । कतिपय बाहुन दाजुभाइहरुको माया ममता सहयोग पाएकै हो मैले पनि सामाजिक कार्यमा धेरै ब्राहमण समुदायका मानिसहरुलाई सहयोग गरेकै छु कतिपय अवस्थामा आफुसँग पैसा नहुँदा पनि सापटी खोजेरै भएपनि उहाँहरुको दुखमा साथ दिएको छु । तर धैरै मान्छे बाहुनको कुलघरनामा जन्मे भन्दैमा दलितहरुलाई अहिले पनि मान्छे नगन्ने कुसंस्कारले जलिएर सार्वजनिक स्थानमा समेत आजकोे दिनमा पनि मानवता विरोधी कार्य गर्ने गरिरहने ति महान् समाजसुधारका ठेकेदारहरुप्रति म अत्यन्तै दुखिहुंदै उनीहरुको त्यो घृणित कार्यको भत्सर्ना विरोध गर्न चाहान्छु ।

 

यो असली ब्राहमणबादको रुप देखाइयो । मेरो प्रतिप्रश्न सार्वजनिक ठाँउमा दलितलाई घृणा तिरस्कार अपमान गर्ने तिम्रो संविधान ऐन कानुन विरोधी अमानविय कार्यलाई मुर्दावाद नभनेर जिन्दावाद भन्ने त ?

हामी पनि तिमीहरु जसरी यो धर्तीमा पाइला टेक्यौ त्यसरी नै टेकेका मान्छे । तिमीहरुलाई सहजै बाँच्ने सम्मानका साथ जिउने अधिकार छ भने हामीलाई पनि त होला । तिमीहरु त्यो कुरा किन सोच्दैनौ हजुर ? विचरा तिम्रो आँखा अझै पनि खुलेन है ! तिमीले जतिसुकै पढेपनि विभेद गर्न हुदैन भन्ने कहिले सिकेनौ ! परिवर्तनको कुरा गर्यौ, तर आफु कहिल्यै परिवर्तन नै भएनौ मलाई धिक्कार लाग्छ एउटै धर्तीमा तिमीहरुसँग जन्मेकोमा ! कति दादागिरी तिम्रो कति हेप्न सकेको कति कठोर तिम्रो मन कति निर्दयी पुजारी बा मत अचम्मा परे के मन्दिर हाम्रो होइन ? मेरो बावुलाई अरुका बच्चाले जस्तै टिका लगाउने अधिकार छैन ? किन बञ्चित गर्यौ ? के तिमीले छूटै संविधान वनायौ त्यहाँ विभेद गर्न पाउनु पर्छ हाम्रो इच्छाको कुरा हो भनेर ? तिम्रो शासन तिम्रो सिन्डिकेट कहिले सकिन्छ ?
तिमिले गरेको सो घृणित कार्यको जति निन्दा गरेपनि कमै हुन्छ । हो तिमिले भन्दै छौ एक्कासी समाज परिवर्तन गर्न गाह्रो भो । आज भन्दा ५० वर्ष अगाडी पनि त्यस्तै थियो आज पनि त्यस्तै छ के हेरेर बसेको त आजसम्म । कतिपय राम्रै पढेलेखेका मान्छे शिक्षक वुद्घिजीविहरुले समेत भनेको सुन्छु विस्तारै हून्छ तर मलाई त त्यस्तो लाग्दैन । विस्तारै भनेको के हो ? अहिलेलाई ठिकै छ ,राम्रै छ चलिरहेकै छ भन्न खोजेको हो । नभए यो कुरीतीलाई हटाउने समानता मुलक समाजको स्थापना गर्ने दायित्य त सवैको होला नी विस्तारै हुन पनि त आज छलफल बहस हुनुपर्ला गल्ती गरेको मान्छेलाई यो कार्य गलत हो दण्डनिय हो भनेर भन्नुपर्ने होला अपराधीलाई सजाय दिनुपर्ला नि । छुवाछुत समस्या नै होइन यो उठाउने कुरै होइन गर्न पाउने हाम्रो अधिकार हो जस्तो गरि चुपचाप बस्ने घटना घटे दवाउने लुकाउने उल्टै पिडितलाई थर्काउने गरेपछि कसरी विस्तारै हुन्छ यो भन्नु नै विभेदलाई मलजल गर्ने परिपाटी हो । अर्को कुरा ती समाजका मान्छे जसलाई हामी राम्रै मान्छे भन्छौ धेरै नमस्कार पनि गछौ भोट पनि उहाँलाई नै उफ्री उफ्री दिएकै हो । समाज रुपान्तरणको चर्का भाषण पनि गर्नुहुन्छ । तर घर गएपछि एउटा नयाँपुस्ता जो भर्खर जन्मेको छ उसलाई समाजको त्यो कुसंस्कारको बारेमा थाहा पनि छैन, उसैलाई त्यो विभेदको दिनरात अभ्यास गराईरहनुहुन्छ आफुभन्दा ठुलो दलितको बच्चा घरमा आयो भने तं भन्न सिकाउनुहुन्छ उसकै बाबाका साथीहरु आए अंकल काका भन्न सिकाउनुहन्न दाई भन्न सिकाउनुहन्छ । सानो आएपनि दाई, ठुलो आएपनि दाई ,सानी आए पनि देइ ठुली आए पनि देई ,,,भन्ने अलग्गै पानी दिन लाउने आगनको छेउमा बसाएर खान दिई भाडा सुकाएर मात्र भित्र राख है वाबु भनि क, ख नसिक्दै विभेद सिकाउने मान्छेहरुले आज पनि विस्तारै (स्लो मोसन)मा समानता हुन्छ भनेर बुझ पचाइरहेका छन् ।

गाउँमा २ जना भाईले गैरदलित समुदायका छोरीहरु विहेवारी गरे । उनका हजुरबुवा आमा बोलेनन् ठिक छ ,पुराना मान्छे । आमा बा लाई पिर परे होला त्यो पनि मानौं तर उनीहरुसंगै हुर्केका नयाँ पुस्ता दाजुभाई दिदिवहिनीहरु त बोलचाल गर्नुपर्ने आउजाउ गर्नुपर्ने होइन र ? खै त तिनीहरुपनि पनि कतै बाटोमा संयोगले भेट भए मन्टो बटार्दै हिड्छन् ! कसरी विश्वास गर्ने अर्को पुस्ताबाट छुवाछुत हट्छ भनेर । छुवाछुतलाई पुस्ता हस्तान्तरण गर्ने संरक्षण सर्वद्घन गर्ने कार्यमा समाजका धैरैजसो किसान, शिक्षक,विद्यार्थी,कर्मचारी राजनितिक दल जनप्रतिनिधिहरु, जेठावराजुहरु ,पुजेरी बा सवै एकजुट भई लागेको घाम जस्तै छर्लङ्ग छ ।
गैरदलित समुदायले दलितहरुलाई लगाउने एउटा आरोप छ । दलितभित्र नै छुवाछुत छ भनेर । त्यो सत्य पनि छ । तर कतिपय दलितहरुले त्यस्तो गलत कार्य गरे भन्दैमा अरुले पनि त्यही कुकार्य गर्नुपर्छ त ? दलितहरु धेरै अशिक्षित पनि छन् चेतना स्तर पनि कम छ तिमीहरुको पनि त्यस्तै हालत भएको हो ? समाजमा आफुलाई सभ्य शिक्षित अब्बल दावी गर्नेले यस्तो तर्कगर्नु अरुले नियम कानुन उलङ्घन गरे मैले पनि गर्न पाउनुपर्छ भनेजस्तै हो । दलितहरुमा अहिले धैरै सुधार भएको छ । विहेबारी आउजाउ पनि चलेकै छ अव तिमीहरुले पनि त्यो हिम्मत गनुपर्छ ।

कति दादागिरी तिम्रो कति हेप्न सकेको कति कठोर तिम्रो मन कति निर्दयी पुजारी बा मत अचम्मा परे के मन्दिर हाम्रो होइन ? मेरो बावुलाई अरुका बच्चाले जस्तै टिका लगाउने अधिकार छैन ? किन बञ्चित गर्यौ ? के तिमीले छूटै संविधान वनायौ त्यहाँ विभेद गर्न पाउनु पर्छ हाम्रो इच्छाको कुरा हो भनेर ? तिम्रो शासन तिम्रो सिन्डिकेट कहिले सकिन्छ ?

स्थानीय तह निर्वाचन ऐन, २०७३ गाउँपालिका वा नगरपालिकाको वडा समितिका एकजना दलित महिला सहित दुई महिला वडा सदस्य र दुई वडा सदस्यको निर्वाचनमा गोप्य मतदानको प्रकृयाद्वारा प्रत्येक सदस्यको लागि दिइने एक एक मतको आधारमा सबै भन्दा बढी मत ल्याउने दुई दुई जना निर्वाचित हुने व्यवस्था भए अनुसार आज नेपालका प्रत्येक गाउँपालिका वा नगरपालिकामा कम्तिमा पनि ७÷८ जना दलित वार्ड सदस्यहरुको उपस्थिती छ पहिलो कुरा त उनीहरु ऐन कानुन नियमसंग परिचित छैनन् । केहि अलिअलि जानेका हरुलाई भुमिकाविहिन खाली ताली पड्काउने बेलामा मात्रै सहभागी गराइन्छ । र आफुले आफ्नो स्वार्थमा मात्रै त्यहाका ठुलाठालुहरुले प्रयोग गर्दा दलित समुदायका मुद्दा ओझेलमा छन् । केहि गाउँपालिकाको निती तथा कार्यक्रम अध्ययन गर्दा खाली कृषी पशुपालन पर्यटन मात्रै भेटिन्छ । सयौ देखि पछाडी पारिएको समुदाय जस्ले भोट दिएर त्यहा पुयायो समाजको अग्रगतीका लागि दिनरात परिश्रम गरिरहेको श्रमजिवि दलित समुदायको विकास, उत्प्रेरणा र शसक्तिकरणका कुनैपनि कार्यक्रम नपरेका गाउ नगरका नीति कार्यक्रम हेर्दा गाउँगाउँका सरकारहरु अझ असमावेशी बन्दै गएको पुष्टीहुन्छ । छुवाछुतका घटनाहरु नेपालका गाउँगाउँमा दिनदिनै घटेका छन् । स्थानीय सरकारले पिडितलाई न्याय दियो उल्टै कतिपय घटनामा पिडकको संरक्षणमा जनप्रतिनिधी नै दिनरात मिटिङ्ग गरेको देखिएको छ । यसबाट गाउँगाउँमा सिंहदरवार आम उत्पिडित समुदायलाई हर्ष न विष्मात भएको छ । नेपालमा कसका लागी समृद्धि आउने हो थाहा छैन ।
ऐनमै व्यवस्था गरेर दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गरिएपनि खै त दलित समुदायका जनप्रतिनिधि सांसद मन्त्रीहरुले आफ्नो समुदाय चरम अन्यायमा पर्दा कुरा उठाएको न्याय दिलाउन लागेको ? दलितका प्रतिनिधि भएर भत्ता मात्रै खान बसेको हो कि समुदायका समस्या पर्दा बोल्ने उनीहरुको पिडामा मलमपट्टी लगाउने प्रयास गर्नुपर्ने हो ? तपाईहरु त्यहाँ रहनु र नरहनुको फरकपनि आफ्नो समुदायलाई दिलाउने होला नी हजुर !


प्रकाशित | २४ श्रावण २०७६, शुक्रबार १०:५१

Leave a Reply

Your email address will not be published. Required fields are marked *