किन संस्कृति परिमार्जन र परिवर्तन हुन सक्दैन ?

 

गणेश नेपाली

संस्कृति पुस्ता दर पुस्ता हस्तान्तरण हुन्छ। एक पुस्ताबाट अर्को पुस्तामा सस्कृतिको हस्तान्तरण केवल मानिसले मात्र गर्न सक्तछ। पृथ्वीमा मानिस बाहेक कुनै पनि जीवमा यो सीप, क्षमता, गुण र ज्ञान छैन। खानपिन, रहन सहन, रिति रिवाज विगतका ज्ञात अज्ञात पुस्ताहरुको सम्पदाका रुपमा वर्तमान पुस्ताले अंगिकार, उपभोग र उपयोग गरिरहेकोछ। समयसापेक्ष संस्कृतिलाई परिमार्जन गर्न सकियो भने त्यस्ता संस्कृतिहरु दीर्घजीवी हुनसक्छन, उन्नयन, संरक्षण र संबर्द्धन भैरहन्छन। होईन भने ढिलो या चाडो अपरिवर्तनीय र जडवत संस्कृतीलाई हामी दवाव दिएर सधैंका लागि बचाई राख्न सक्तैनौं।
२४० बर्ष एकछत्र राज गरेको शाहवंशलाई वि. सं. २०६२र०६३को लोकतांत्रीक आन्दोलनले पाखा लगाई दियो। नेपाली राष्ट्रीय एकताको प्रतीक बनिसकेको राजतन्त्र नेपालको संस्कार र संस्कृती भैइसकेको थियो। अहिले राजतन्त्रका लागि आँसु बगाउनेहरु राजतंत्र पतनका प्रमुख कारण थिए। जसले राजतंत्रलाई जडता बाट मुक्त हुन दिएनन। समय अनुकूल परिमार्जन हुन सकेका राजतंत्रहरु द्यापी विश्वका धेरै देशमा राष्ट्राध्यक्षका रुपमा विद्यमान छन। ग्रेट बृटेन, जापान र अरु धेरै देशमा परिमार्जित राजतंत्र छ।
दशैं तिहार जस्ता चाड पर्वहरु सबै हिन्दुका घरहरुमा पारिवारिक खुशी, आनन्द, शान्ती, प्रेम, आदर, सदभावका साथ र सामाजिक परिवेशमा समेत उल्लासपूर्वक मनाईन्छ। समाजमा सबैले हार्दिकताका साथ मनाउने यी पर्वहरुमा पनि परिमार्जन र परिवर्तन आवश्यक नै देखिन्छ। समय, देखासिकी खर्च ,जुवा तास दशैं तिहारका नकारात्मक पक्ष हुन भने आजभोली बली प्रथा बढी आलोच्य हुँदै गैइरहेको छ। एनिमल राइट को विषय आज ग्लोबल भएको छ।

समयसापेक्ष संस्कृतिलाई परिमार्जन गर्न सकियो भने त्यस्ता संस्कृतिहरु दीर्घजीवी हुनसक्छन, उन्नयन, संरक्षण र संबर्द्धन भैरहन्छन। होईन भने ढिलो या चाडो अपरिवर्तनीय र जडवत संस्कृतीलाई हामी दवाव दिएर सधैंका लागि बचाई राख्न सक्तैनौं।

कतिपय पर्वहरु त निश्चित जात बिशेषले मात्र मनाउदै आइरहेकाछन। वेदले ती पर्व र कर्मलाई जातका नाममा बर्जित गरेकोछैन। वर्ण व्यवश्थाका आडमा यो समाजका निश्चित जातिहरुले आफ्नो श्रेष्ठता कायम राखी राख्न जातिय विभेद र छुवाछुतलाई बचाउने भरसक्के प्रयास गरिरहेकाछन। जनै पूर्णिमा त्यस्ता पर्वहरु मध्य प्रमुख हो । जुन पर्वमा निश्चितलाई तागाधारी मात्र भनेर बाहेकका अरु जातिलाई जनै ग्रहण गर्न दिईदैन । यस परम्पराले जातिय विभेद र छुवाछुतलाई सक्दो मलजल गरेकोछ।सुदुरपश्चिमको गौरा पर्व तागाधारी महिलाहरुले मात्र मनाउने पर्व हो। गौरा पनि विभेद प्रधान पर्व हो। संस्कृति कसैलाई अल्गाल्नै नदिएर संरक्षण गर्न सकिने हो ?
छाउपडी (महिनावारी) डरलाग्दो कुप्रथालाई मलजल गर्न नहिच्किचाउने मुठ्ठी भर जमात हाम्रो समाजमा टाउको उठाईरहेकैछ। यो लैंगिक छुवाछुत र बिभेदलाई बचाईराख्नु अब त कानूनी दृष्टीले पनि दण्डनीय भैसक्यो। हामी मानसिकरुपमा रुकहिले तयार हुनेरु हाम्रो संस्कृतिको यो नकारात्मक पाटो होइन ? यो पाशविक प्रथा हटाउनु पर्दैनरु हामीहरु एन्जिओ आईएन्जिओ हरुले अनावश्यक रुपमा उठाएको डलरको खेती भनेर राष्ट्रवादी बौद्धिकता छांट्छौं। छाउपडी गोठ्मा महिला र बालिकाहरुले अकालमा ज्यान गुमाउदा, शारीरिक मानसिक हिंसाको सिकार हुदा हामी टुलुटुलु हेरेर बसे अनि अरुले दया र सहयोग गर्छन या मजाक उडाउछन। हामी मजाकको पात्र नबन्न यस्ता प्रथामा परिमार्जन र परिवर्तन आवश्यक छ।

यस परम्पराले जातिय विभेद र छुवाछुतलाई सक्दो मलजल गरेकोछ।सुदुरपश्चिमको गौरा पर्व तागाधारी महिलाहरुले मात्र मनाउने पर्व हो। गौरा पनि विभेद प्रधान पर्व हो। संस्कृति कसैलाई अल्गाल्नै नदिएर संरक्षण गर्न सकिने हो ?

सुदुरका पहाडी जिल्लाहरुमा बूढी पोल्ने बुन्ढुनी पर्व मनाइन्छ। यो पर्व वर्षा ऋतुको अन्त र शरद ऋतुको आगमनको खुशीमा पनि मनाइन्छ। विशेष गरेर बालबालिका र गाउंका युवा युवती उल्लास पूर्वक साझको बेला सार्वजनिक स्थानमा भेला भैइ भाद्र १ गतेका दिन एउटा ठांक्रो गाडीएको, त्यसलाई हरिया झिक्राहरुले बारेर असोज एक गते पोलिन्छ। धार्मिक सामाजिक मत अनुसार बालक भगवान श्री कृष्णलाई पुतना राक्षस्नीले मार्न जादा स्वयम् मरेकिले आसुरी शक्ति पराजित भएको खुशीमा मनाउन शुरुभएको भन्ने मान्यता छ। तर यसै पर्वमा घर घरबाट मसाल सहित निस्केका केटाकेटीहरुको हुलले गाई बाच्छा पाल बुढी राण मारू भन्ने नारा घन्काउदै बुढी पोल्ने स्थल सम्म पुग्छन। बुढी राण मार भन्नू वृद्ध महिलाहरुको अपमान हो। बुन्ढुनी को यो परम्परा अब पाच्य हुन सक्तैन।
मौलिकताका नाममा हिजो बैलगाडा र लहरुमा यात्रा गरेर पुगेका ठाउंमा आजपनी त्यस्तै गर्नुपर्छ भन्दा सायद कसैले स्वीकार्ला१ त्यसैले संस्कृतिको आयुलाई त्यसमा निहित स्वीकार्यताको मात्राले पनि निर्धारण गर्दछ। संस्कृती शिक्षा पनि भएकोले शासकहरुले श्रमिक वर्गलाई कति अबलम्बन गर्न पाउने र नपाउने दायरा निर्धरण गरेर आज्ञाकारी बनाउने आफ्नो मालिकाना अस्तित्व चिरकाल बचाईराख्ने छल गरिरह्यो। धर्मलाई अघि सार्यो त्रास देखायो। सत्ताको शक्ति र बलले दमन गर्‍यो। श्रमिक वर्गको प्रभु बनिरहन ज्ञानका ढोकाहरु बन्द गर्‍यो। कुनै समय त निश्चित जातिका मान्छेहरुले पढ्नै नपाउने अवश्था थियो। पछि पढ्न पाउने भएपछी संस्कृत विषय पढ्न नपाउने बनायो।

यो निषेध आज आएर जाती विशेषलाई मात्र नभएर सस्कृत जस्तो समृद्ध भाषा सांघुरो हुन विवश भएकोछ।पूजा पाठमा सिमित हुनपुगेको छ।
आज परियारको छोराले कपडा सिलाउन छोडेको छ। विश्वकर्माको छोराले आरन ,आफरमा काम गर्न छोडेकोछ । यो कसैका लागि चिन्ताको विषय भएको छैन। उनीहरुले आफ्नो परम्परागत पेशा किन छोडे यो समाज उदासिनता प्रकट गरिरहेकोछ। जब बाहुनको छोरोले कर्मकाण्ड छोड्छ तब हिन्दु धर्मको अवस्था के होला ? सहज छ युरोप अमेरिका पलायन दर कुन जातिमा बढी छ ?  यहाँ हिन्दुराज्य आन्दोलनको कुरा बढी महत्वपूर्ण भएकोछ। यहाका मन्दिर हरु पनि क्याम्बोडियाका मन्दिरहरु जस्तै अवस्थामा पुग्न सक्नेछन। हिन्दु बिनाका, पुजारी बिनाका र भक्त बिनाका। यदि पेशाकै आधारमा कोहि पूज्य र कोहि उपेक्षित तथा अपमानित भैइरहे भने। हाम्रो धार्मिक यात्रा कहाँ पुग्ला ? देशको यहि सास्कृतिक पहिचानमा ग्रहण नलागोस भन्ने हार्दिक सोच भएकाहरु सस्कृतिमा युगानुकूल परिवर्तन तिर अग्रसर हुनैपर्छ। चारैतिरबाट सस्कृतिमा प्रहार भैइरहेको ओठे चिन्ता व्यक्त गरेर मात्र हुदैन। व्यवहारिक बनाउन सकिएन भने त्यस्ता सस्कृति प्राणबिहीन हुन धेरै समय लाग्ने छैन।

हाम्रो धार्मिक यात्रा कहाँ पुग्ला ? देशको यहि सास्कृतिक पहिचानमा ग्रहण नलागोस भन्ने हार्दिक सोच भएकाहरु सस्कृतिमा युगानुकूल परिवर्तन तिर अग्रसर हुनैपर्छ।

न त पंचायति व्यवस्था न त राणा शासन जस्तै जनतालाई विचार र अभिव्यक्तिको स्वतन्त्रताबाट विमुख गर्न सकिन्छ। अबको नेपाली जनता भनेको जहानीया निरंकुश राणा शासन ढलाउन सफल पूर्खाको सन्तान हो भने आततायी पंचायत र निरंकुश राजतंत्रलाई पराजित गर्न सफल पुस्ता हो। त्यसकारण यो पुस्ता र भावी पुस्ताहरुलाई मनुस्मृतिले निर्देशित गर्न सकिन्न। वर्ण व्यवस्थाको परिधिमा कैद र अव्हेलना गर्न सकिन्न। संस्कृती असमानताको अभिव्यक्ती र श्रोत भयो भने अपमानित हुनेले अंगालेर बस्न सक्तैन।
संस्कृती अब समानता, स्वतन्त्रता, सहिष्णुता र मानव मर्यादा अनुकूल हुनसकेन र विद्वानहरुले गोष्ठी, अन्तर्कृया र कार्यशालाहरुमा उत्कृष्ट कार्यपत्र प्रस्तुत गरेर, प्रवचन दिएर मात्र व्यवहार मा परिवर्तन नगरेर संस्कृतीलाई स्वीकार्य बनाउन सकिँदैन। हाम्रा सस्कृती भित्र भएको बिसंगती र कुसंस्कृतिलाई मन लागे नि नलागे नि हटाउनैपर्छ।


प्रकाशित | २० कार्तिक २०७५, मंगलवार २२:१९

Leave a Reply

Your email address will not be published. Required fields are marked *