“विद्यालयले सिकाएको समाजले सिक्न दिदैन”

गणेश नेपाली

राष्ट्रीय शिक्षाको उद्देश्य अनुसार तयार पारिएको वर्तमान पाठ्यक्रमले प्रत्येक विद्यार्थीलाई सामाजिक न्यायमा आधारित व्यवहार गर्न सिकाउछ। लैंगिक, जातीय, धार्मिक, भाषिक सबै किसिमका विभेदलाई निरुत्साहित गर्छ। समानता र मानव अधिकारका मूल्य र मान्यतालाई जीवन पद्धती बनाउन निर्देशित गर्दछ। जब विद्यालयमा सिकेका सामाजिक न्यायपूर्ण जीवनोपयोगी व्यवहार परिवार र समाजमा अभ्यास गर्न विद्यार्थी अगाडि बढ्छ परिवार र समाज वर्णाश्रम व्यवश्था अनुसार छुवाछुतपूर्ण व्यवहार गर्न उसलाई बाध्य बनाउछ। परिवार र समाजमा अवलम्बन गर्दै आएको धर्मलाई सर्वशेष्ठ भनेर अन्य धर्म प्रती दुर्भावना जगाउन सक्दो प्रयत्न गर्दछ। छोरा छोरी बराबर हुन। महिला पुरुष एक रथका दुई पांग्रा हुन, एक पांग्राले रथ चल्न सक्तैन त्यसै गरि महिला या पुरुष बिना न त परिवार न त मानव समाजको कल्पना गर्न सकिन्छ। तर घर परिवार र समाजमा महिलाको स्थान असमान देख्नु पर्छ। हाम्रै देशमा पनि एक सय पच्चिस भन्दा बढी जात जाती र पचास भन्दा बढी भाषा भाषी अस्तित्वमा छन आफ्नो मातृ भाषा बाहेक अरु भाषाप्रती पनि त्यस्तै असहिष्णुता पूर्ण व्यवहार समाज र परिवार भित्र विद्यमान हुन्छ भने विद्यार्थीले विद्यालयमा सिकेको पाठ उसको परिवार र समाजमा अभ्यास गर्न बर्जित हुदा हाम्रो शिक्षा प्रणाली जीवनोपयोगी छैन भन्दा अतिश्योक्ती हुदैन।

हाम्रो समाज र परिवारको छायांमा विद्यालय र विश्वविद्यालय पर्न बाध्य भएकाछन। यसरी जीवन पद्धती निर्माण गर्ने सवालमा शिक्षालय हरु निरीह साबित भएकाछन। हिजो हामीले जंग बहादुर राणा निर्मित १९१० को मूलुकी ऐनलाई दोष दियौं । सामाजमा व्याप्त जतीय छुवाछुत र विभद, लैंगिक असमनता र विभेद, धार्मिक असहिष्णुता र जडता, भाषिक संकिर्णता र विभेद राणा शासन अन्त्य भएको ६८ बर्ष पछि पनि उस्तै सामाजिक व्यवश्था राखिराख्न यो समाज उद्यत भैइ नै रहन्छ भने यसको दोषी हाम्रो समाज पनि हो। यो सामन्ती समाजले हाम्रो शैक्षिक प्रणालीलाई अस्थिपन्जर शैक्षिक प्रणाली हुन विवश बनाएकोछ। शरीरको ढांचा छ तर प्राण छैन। वर्तमान शिक्षा प्रणाली त्यस्तै खालको छ। उद्देश्य, योजना, परिकल्पना, लगानी, रणनिती सबै छ। परिणाम अपेक्षित छैन। शरीरको अस्थिपन्जरले जिवित शरीर जस्तो कार्य गर्ने सक्तैन।

जब विद्यालयमा सिकेका सामाजिक न्यायपूर्ण जीवनोपयोगी व्यवहार परिवार र समाजमा अभ्यास गर्न विद्यार्थी अगाडि बढ्छ परिवार र समाज वर्णाश्रम व्यवश्था अनुसार छुवाछुतपूर्ण व्यवहार गर्न उसलाई बाध्य बनाउछ। परिवार र समाजमा अवलम्बन गर्दै आएको धर्मलाई सर्वशेष्ठ भनेर अन्य धर्म प्रती दुर्भावना जगाउन सक्दो प्रयत्न गर्दछ।

यस्तो अवश्थामा विद्यार्थीले के सिक्ने के नसिक्ने , के गर्ने के नगर्ने दुविधा पालेर तनावपूर्ण मनस्थितिमा भविष्यको कर्णाधार बनिदिनुपर्ने अघोषित निर्देशनको पालना गरिरहेकोछ। राजतंत्रलाई दोष दिईयो । राजतंत्र समाप्त भएको पनि एक दशक पूरा भैइसकेको छ। राजतंत्रलाई सामन्ती ,शोषक, जातपात प्रथाको संरक्षक भनेर विभिन्न आन्दोलन क्रान्तिमा होमिएकाहरु नै राजतंत्रको पतन पश्चात पनि सामाजिक न्याय र मानव अधिकार प्रती उदासिन भैरहनु कम्ति हास्यास्पद छैन। हामी हरेक व्यक्ती आफ्ना सन्तानलाई आफ्नो चहाना अनुसार सिक्न बाध्य पार्छौं। पाठ्यक्रमले निर्धारण गरेका आधारभूत जीवनोपयोगी सूत्र तिर विमुख गर्दै जान्छौं। विचरा बालबालिका पाठ्यक्रमलाई अनुसरण गरून् कि गाँस बाँस कपासको जोहो गरिदिने परिवारकोरु परिवार देखि नै मानिसको स्वतंत्रता हरण हुन शुरु हुन्छ। मान्छे परिस्थितिको दास हुँदै जान्छ। अन्धविश्वास र रुढीवादको अनुयायी बन्छ। अनि उसले चाहेर वा नचाहेर मानव अधिकारका विरुद्ध जातीय र लैंगिक छुवाछुत र विभेद लाई पालना गर्न र गराउन अभ्यस्त हुन्छ।

मानवीय मूल्य, मान्यता र मर्म प्रतिकूल अरुले व्यवहार गरेको देख्ने तर आफूले त्यस्तै आचरण अवलम्वन गर्दा सामान्य ठान्ने चिन्तनले जरा गाडेको थहा नपाउन चहाने परिवार र समाज हो हाम्रो। स्वास्थ्यकर्मी जसले रोग निर्मूल गर्न पेशागत कर्तव्य निर्वाह गर्दछ। जन्म र मृत्यूलाई गम्भीर छुवाछुतयुक्त संस्कार मानिन्छ। हिन्दु समाजमा सुत्केरी वेथा लगेका महिलालाई शल्यकृया गरेर वा विना शल्यकृया प्रत्यक्ष संलग्न रहेर शिशु जन्म हुदा उपचार विना भेदभाव गर्ने, हत्याबाट वा शंकास्पद मृत्यू हुने जुनसुकै जातका मृतकहरुको पोष्टमार्टम गर्ने र छाउपडी भएका महिला को पनि भेदभाव बिना उपचार हुने र जुनसुकै जातका मानिसहरुको बिना भेदभाव उपचार हुने पवित्र स्थान अस्पताल हो। त्यहांका स्वास्थ्यकर्मी सांच्चै मानवीय कर्तव्य निर्वाह गर्दछन । उनीहरुलाई पनि अस्पतालबाट बाहिर निस्कने बित्तिकै मानवीय व्यवहार अवलम्बन गर्न तगाराहरु तेर्स्याउछ यो समाजले। कुनैवेला जातीय छुवाछुतको दुर्व्यहारको पिडित हुदा सामान्य निवेदन लेखिदिने पठित कानून व्यवसायी मान्छे पाउदैनथे दलितहरु। एक ईन्जीनियर आफ्ना सन्तानहरुले दलित चाहे जतिसुकै शिक्षित भए नि मित्रता नगरोस भन्ने चहान्छ। ईन्जीनीयर जस्को पेशा नै विश्वकर्मा समूदायको पेशा जस्तो धातु, काष्ठ, ढुंगा र माटो संग स्म्बन्धित हुन्छ। घर, सडक, महल, पुल, नहर निर्माण संग सम्बन्धित छ। आफ्नो पेशा र योग्यताको श्रोत विश्वकर्मा समूदायका मानिस माथी जातिय दुर्व्यवहार हुदा ईन्जीनीयरीङ्ग पढेका विद्वान नै मौन भैइदिन्छन। सामाजिक बहिष्कारको त्रासले विवेकले ठिक ठम्म्याएको निर्णय र व्यवहार प्रदर्शन गर्न नसक्ने उच्च प्रतिष्ठित जनशक्ती गुणस्तरीय शिक्षाका प्रतिफल हुन।

सामाजिक बहिष्कारको त्रासले विवेकले ठिक ठम्म्याएको निर्णय र व्यवहार प्रदर्शन गर्न नसक्ने उच्च प्रतिष्ठित जनशक्ती गुणस्तरीय शिक्षाका प्रतिफल हुन।

अब कसरी भन्ने कि यो समाज गुणस्तरीय शिक्षा चहान्छ भनेर। हिजोका दिनमा जंग बहादुरलाई निरंकुश शासक बन्न मार्ग प्रसस्त गर्ने पनि यहि समाज रहेछ। एक सय चार बर्ष सम्म दासता स्वीकार्ने पनि यहि समाज हो। यो समाज न त दासताबाट मुक्ति चहान्छ न त कसैलाई मुक्त हुन दिन्छ। शासकहरुले समाजको दास मानसिकताका कारण स्वेच्छाचारी हुने अवसर पाईरहेका छन। हुदा हदा आफ्नै सन्तानलाई विद्यालय विश्वविद्यालयमा सिकेको कुरा व्यवहारिक प्रयोग गर्न दिदैनन भने अब राज्यलाई मात्र कति आरोप लगाउने ! सामाजिक आर्थिक रुपन्तरणका प्रयास राज्यका तर्फबाट हुदा परिणाम निराशाजनक देखिएपछी राज्य मुक्त भए जस्तो लाग्छ तमाम आरोपहरुबाट। किन कि राज्यले शोषण, जातीय छुवाछुत र विभेदका विरुद्ध ऐन, नियम र कानुन निर्माण गरिसकेको छ। अब हाम्रो समाज र परिवार आफ्ना कमजोरीमाथी आफै प्रहार, संशोधन र आमूल परिवर्तन गर्न अगाडि आउनुपर्छ। होईन भने यो समाजलाई विद्यालय विश्वविद्यालय नचाहिएको हो, राज्यले विश्वविद्यालय विद्यालय थोपरिरहेको जस्तो।

यस देशमा अचम्म लाग्दो विषय त यो हो कि शिक्षाविद जसले शैक्षिक प्रणाली तयार गर्छ्न जुन व्यक्ती ,परिवार, समाज र मुलूकको सर्वांगिण उत्थान र विकास केन्द्रीत हुन्छ। के ती व्यक्तीस समाज, परिवार र मुलुकको सर्वांगिण विकास र उत्थानको दायरा भित्र पारिदैननरु जो सदियौं देखि वर्तमानसम्म विभेद सहन बाध्य छन। हुन त यो पाठ्यक्रम निर्माण प्रकृया नै वैग्यानिक छैन। वर्षौं पहिले काठमाडौं पढ्न गएका र बिरलै आफ्नो गाउँ फर्केका उच्च बौद्धिक प्रतिष्ठित ओहदाधारी विग्य हरुले पठ्यक्रम निर्माण गर्छन। उनीहरुलाई प्राय गरेर राजधानी बाहिरको जनजीवन माथी राष्ट्रीय पाठ्यक्रमले कति असर पारेको छ त्यसको प्रवाह नभए जस्तो। त्यसकारण विभेद रहित सामाजिक सिप लाई समाज र परिवारमा सहज ढंगबाट अन्तरघुलन हुने गरि पाठ्यक्रम निर्माण प्रकृया अवलम्बन गरिनुपर्छ। त्यसको एक मात्र निर्विकल्प उपाय पाठ्यक्रम निर्माण प्रकृयामा मुलुकका सबै परिवारको भावना, धारणा, चाहना र आवश्यकता व्यवहारपयोगी ढंगबाट अभिव्यक्त होस। पाठ्यक्रम निर्माण प्रकृयामा पनि समाजको सहभागिता अनिवार्य हुनुपर्छ। सामाजिक सीप कार्यान्वयनमा समूदाय वचनबद्ध हुनुपर्छ। त्यसको पहिलो शर्त पाठ्यक्रम निर्माण प्रकृयामा सहभागिता नै हो।

अब हाम्रो समाज र परिवार आफ्ना कमजोरीमाथी आफै प्रहार, संशोधन र आमूल परिवर्तन गर्न अगाडि आउनुपर्छ। होईन भने यो समाजलाई विद्यालय विश्वविद्यालय नचाहिएको हो, राज्यले विश्वविद्यालय विद्यालय थोपरिरहेको जस्तो।

आफू अनुकूल हुदा अति आधुनिक भएको देखिने आफूलाई प्रतिकूल हुदा आधुनिकताको निकृस्ट आलोचना गर्ने हाम्रो स्वभाव हो। पाश्चात्य सस्कृतिलाई विकृतिको श्रोत ठान्ने तर आफ्ना सन्तान पश्चिमी मूलुकहरुमा अध्ययन गर्न पठाउने र पठाएकोमा गौरव गर्ने हाम्रो चिन्तनलाई कसरी मापन गर्ने ! अनि आफूले सिकेको कुरा आफ्नो परिवार र समाजका डरले आफ्नो मूलुकमा गर्न नसक्ने व्यक्ती पाश्चात्य मूलुकमा सक्दो स्वतन्त्रताको अभ्यास गर्छ र त्यहां अवलम्बन गर्न बाध्य हुन्छ। उसले कम से कम पाश्चात्य समाजलाई अनुशरण गर्दा पनि आफ्नो समाजको दायरा पार गरेर धेरै अगाडि बढी सक्छ। भत्किनु पर्ने पर्खाल र मेटिनु पर्ने सिमा रेखा आखिर मेटाउनु र भत्काउनुपर्छ हाम्रा मूल्य र मान्यता पराई भूमिमा। तर पश्चिमाहरु हाम्रो देशमा आउदा पनि आफ्नै सामाजिक कृयाकलाप गर्दछन । हाम्रा कठिन सामाजिक अभ्यास उनीहरुलाई लोभ्याउन सक्तैनन।

अब शिक्षालाई गुणस्तरीय बनाउने हो भने जनशक्तिलाई विवेकपूर्ण व्यवहार गर्ने वातावरण सिर्जना गर्नुपर्छ। अब शिक्षालाई गुणस्तरीय बनाउने अभिभारा समाज र परिवारको पनि हो।


प्रकाशित | १३ कार्तिक २०७५, मंगलवार २०:२८

Leave a Reply

Your email address will not be published. Required fields are marked *