यी हुन् चैतन्य मिश्रलाई मन परेका पाँच पुस्तक

समाजशास्त्री चैतन्य मिश्र लामो समयदेखि त्रिविमा समाजशास्त्र पढाइरहेका प्राध्यापक हुन् । नियमित जागिरबाट अवकाश पाएपनि उनी अहिले पिएचडी र एमफिलका विद्यार्थीलाई पढाइरहेका छन् । ‘बदलिँदो नेपाली समाज’, ‘पूँजीवाद र नेपाल’ उनका चर्चित किताब हुन् । उनले सिफारिस गरेका पाँच पुस्तक यस्ता छन् ।

१ द मेडिटरेनियन
फर्नान्ड ब्रोदेल.

ब्रोदेलको यो किताबमलाई धेरै प्रभाव पार्ने किताबहरु मध्ये एक हो । उनले यो किताबमा भूमध्य सागर क्षेत्रको इतिहास, अर्थतन्त्र, संस्कृतिर समग्रमा त्यहाँको जीवनको चर्चा गरेका छन् । यो किताबले इतिहास, समाजआदीलाई कसरी बुझ्ने भन्ने सिकाउँछ । हरेक कुरालाई बृहत्तर समय र स्थानमा राखेर बुझ्न सिकाउँछ । हरेक बस्तु, जीवनवा घटनाको स्वतन्त्रअस्तित्व त हुन्छ, तर बृहत्तर परिवेशसँग त्यसको सम्बन्ध पनि हुन्छ । त्यो बृहत्तर परिवेश भनेको समय र स्थान दुवै हो । कुनै बस्तु, जीवनवा घटनालाई बुझ्दा यस्तो बृहत्तर परिवेशको प्रभावसहितबुझ्नु पर्छ भन्ने यसमा छ ।

उनले इतिहास पढ्ने तरिकालाईचार भागमा बाँडेका छन् । पहिलो, ‘सिज्ड टाइम’ । उनले भनेको ‘सिज्ड टाइम’ कुनै कुरा सधैं यस्तै हुन्छ भन्ने हो । हाम्रो सन्दर्भका उदाहरण खोज्ने हो भने पुरुष भनेको यस्तै हुन्छ, महिला भनेको यस्तै हुन्छ, बाहुन भनेको यस्तै हुन्छ, राई भनेको यस्तै हुन्छ भन्ने हो ।

यो पहिले पनि यस्तै थियो, अहिले पनि यस्तै छ र पछि पनि यस्तै भइरहन्छ भन्ने हो । दोस्रो, ‘स्ट्रकचरल टाइम’ । हरेक व्यवस्थाभित्र विरोधाभाष र समस्याहरु हुन्छन्, तै पनि एउटा संरचना (स्ट्रकचर) हुन्छ । जस्तै, पूँजीवाद, हिन्दू धर्मको एउटा संरचना छ । यो संरचनाको अवधिभित्रएकथरी समाज र व्यक्तिनिर्माण हुन्छ । अर्को संरचनामा गएपछि अर्कैखाले व्यक्ति र समाज निर्माण हुन्छ ।तेस्रो, ‘कन्जंकचरल टाइम’ । यो एउटा संरचनाबाट अर्को संरचना प्रवेश गरुन्जेलको संक्रमणकालीन समय हो । दोस्रो र तेस्रो तरिका महत्वपूर्ण छ ।

चौथो, ‘इभेन्ट टाइम’ । यो तत्कालको समय हो, समाचार पढेजस्तो । उनी भन्छन्, तत्कालीन समय महत्वपूर्ण त छ तर हरेक घटनालाई तत्कालीन समयका आधारमा मात्र बुझ्न हुन्न । त्यस्को बदलामा ‘कन्जंकचरल’वा ‘स्ट्रकचरल टाइम’को सिलसिलाभित्र राखेर बुझ्नु पर्छ । हामीकहाँ पहिलो र चौथो तरिका धेरै प्रयोगमा छ, तर दोस्रो र तेस्रो तरिका एकदमै कम छ । त्यसैले यो किताबले हामीलाई वर्तमानको दबावबाट बाहिर निस्किन र समयविहिन कुरा गर्नबाट रोक्छ । अनि समय र स्थानको बृहत्तर परिवेशमा विषयवस्तुलाई बुझ्न सिकाउँछ ।

२. पुँजी
कार्ल मार्क्स

यो किताबले मलाई विषयवस्तुलाई गहिरिएर कसरी हेर्ने ?भन्ने सिकायो । कारणको पनिकारण कसरी खोज्ने भन्ने यो किताबले सिकाउँछ । यसले पनि विषयवस्तुलाई लामो सन्दर्भमा बुझ्न सिकाउँछ । अर्कोचाहीँ कुनै कुरालाई पूर्णतामा कसरी बुझ्ने र अंशमा कसरी बुझ्ने, अंशको पूर्णतासँगको सम्बन्ध कसरी खोज्ने ?भन्ने पनि यो किताबले सिकाउँछ । यसरी बुझ्नु किन आवश्यक छ भन्ने पनि मलाई यही किताबले बुझाएको हो ।

३. द मोर्डन वल्र्ड सिस्टम–१
इम्मानुएल वाल्स्टिन

वाल्सिटनले यो किताबकाचार भागमा लेखेका छन्, जसमध्ये पहिलो भागलाई ‘पूँजीवादी कृषि र १६औं शताब्दीमा युरोपेलीविश्व–अर्थव्यवस्था’भन्ने नामदिएका छन् । यसमाउनले १६ औं शताब्दीमा युरोपमा पूँजीवादको जन्म कसरी भयो भन्ने व्याख्या गरेका छन् ।

पुँजीवादको जन्मकहिले भयो भन्ने विवादित कुरा हो ।तै पनि, आधुनिक विश्वव्यवस्था पूँजीवादी विश्व व्यवस्था हो भन्ने क्रमशःत्यहाँदेखि स्थापित हुँदै गएको हो ।यो किताबको पनि माथिका दुई किताबका झैं एउटा गुण छ, समग्र विश्वलाई नबुझीकुनै समाज बुझिँदैन भन्ने यो किताबले सिकाउँछ । हामी एकिकृत विश्व व्यवस्थाको एउटा अंश हौं भन्ने यसले सिकायो ।

४. मास्टर्स अफ सोसियोलोजिस्ट थट
लुई कोजर

मविद्यार्थी हुँदै यो किताब पढेको हुँ । यसले अनौठो ढंगले मेरो आँखा खोलिदिएको थियो । हामी समाजशास्त्र भनेको यो हो भनेर परिभाषितगथ्र्यौं । समाजशास्त्रको जन्म यसरी भयो, यसले नाम राख्यो भनेर पढ्थ्यौं । कोजरले एकदमै बुझिने भाषामा विचारलाई ऐतिहासिक र सामाजिक सन्दर्भसँग जोडेर व्याख्या गरेका छन् ।

१८३७मा सामाजशास्त्र जन्मियो भने त्यस्को ऐतिहासिक, सामाजिक, राजनीतिक, आर्थिक र बौद्धिक कारण के थियो त ?खास विचारको जन्म कहाँबाट हुन्छ भन्ने प्रश्नमा उनले काम गरे । विचार मानिसको दिमागमा आफैं उत्पन्न हुने होइन, देउताले दिने पनि होइन भन्ने उनले प्रष्ट पारेका छन् । खास ऐतिहासिक, सामाजिक र बौद्धिक अभ्यासको जगमाखास विचारको जन्म हुन्छ भन्ने यो किताबले बुझाउँछ । १८३७मा युरोपमा समाजशास्त्रको जन्म हुनुको खास कारणहरु के के थिएभन्ने कोजरले व्याख्या ग

रेका छन् ।

५. शोगुन
जेम्स क्लाभेल

मैले आजसम्म पढेका सबैभन्दा ठूला किताबमध्ये यो उपन्यास एक हो । क्लाभेलले यो उपन्यासमा १६ औं शताब्दीको जापानी समाज र राजनीतिलाई अत्यन्तै राम्रोसँगले उतारेका छन् । शोगुनखासमा त्यहाँको एक शासककुलको हो । यसमा शासककुलहरुको झगडा र मित्रताको कथा छ ।

क्लाभेलले गरेको जापानी समाजको वर्णन पढ्दा आफैंले देखिरहेझैं हुन्छ, आँखा अगाडि खर्रर चलेजस्तो लाग्छ ।

साथै यसमा अरु मुलुकसँगजापानीहरुको सम्बन्ध कसरी सुरु भयो भन्ने पनि छ । सुरुमापोर्चुगिजको एउटा दुर्घटनामा परेको जहाज पुग्छ । यतिबेलासम्मजापानीहरु लुगालगाउँदैन थिए । त्यहाँपुगेको पोर्चुगिजलाई चाहीँअचम्मै लाज हुन्छ । समग्रमात्यसबेलाको विहङ्गम परिवेशलाई यो उपन्यासमा पढ्न पाइन्छ ।

 


प्रकाशित | १२ असार २०७५, मंगलवार १०:५१

Leave a Reply

Your email address will not be published. Required fields are marked *