स्कुलमा पढाउँछ, बोक्सीको नाममा मान्छेलाई मलमुत्र खुलाउँछ

आहुति

बोक्सीको नाममा लक्ष्मी परियारको हत्या कम्युनिष्ट पार्टीको सदस्यता लिएको मान्छेले गरेकोछ । त्यहाँको मेयरले कम्युनिष्ट पार्टीको झण्डा बोकेर जितेकाछन् । त्यहाँका बहुसंख्यकले वामपन्थीलाई भोट हालेकाछन् । बहुसँख्यक मान्छे नै त्यहाँ तमासे बनेका छन् ।

बोक्सीप्रथा मध्ययुगीन सामन्तवादी समाजमा निर्मित भएका रुढीबाढी अवधारणासंग सम्बन्धित छ । त्यति बेलाको ज्ञानको अभाव र रोगहरुको उपचार गर्ने जिम्मा पुरेतहरुले लिएको अवस्थामा यो प्रचलन गाढा हुदैं गएको हो । एउटा त्यस्तो सामन्तवादी समाज र समय छ, जहाँ पुरेतहरुले स्वर्ग पठाउने काम मात्र गर्देनन उनीहरुले उपचारमा पनि भाग लिन्छन् । उनीहरुसंग सबै उपचार गर्ने ज्ञान छैन ।

पुरेतहरु आफुलाई सर्वज्ञानी देखाउन चाहन्थे । उपचार गर्नसक्छु भन्ने क्षमता देखाउन चाहन्थे । प्रेतात्माको अवधारणा थियो । त्यो अवधारणाले प्रेतात्मा मान्छेमा चढेर दुख दिन्छ भन्ने थियो । उनीहरुले त्यसलाई प्रयोग गर्न थाले । रोगबारेको ज्ञानको अभावका कारण यस्तो अवधारणा बनेको थियो । काल्पनिक भूतप्रेत या प्रेतात्माहरुले दुख दिने आफ्नो अवधारणा तिनले तल्लो वर्ग र कमजोर मान्छेमाथि लागु गर्न थाले । हर्ताकर्ता र बलिया मान्छेलाई बोक्सीको आरोप लगाई दुख दिन सम्भव थिएन । जो उत्पिडित छ, अधिकारबिहिन छ र कमजोर छ, जसलाई दमन गर्दा अरुले बोलिदिंदैनन्, तिनलाई बोक्सी या डायन भनेर लान्छित गर्न थालियो । उनीहरुमाथि उत्पीडन गर्न थालियो ।

बलिप्रथा संस्कार संस्कृति बनिसकेपछि त्यो उनीहरुको लागि अनौंठो चीज बन्दैन । त्यस्तै बोक्सी पनि सामन्तवाद भित्र निर्मित भएको यस्तो प्रथा हो जुन अहिले हाम्रो समाजसम्म आईपुगेकोछ ।

रुढीवाद सत्वको तहमा बिचारको तहमा जब सिंगो समाजले ग्रहण गर्न थाल्छ बिचारको तहमा त्यो नकारात्मक शक्ति बन्न पुग्दछ । त्यसले मास हिस्टिरियाको स्वरुप ग्रहण गर्दछ । कसैले त्यस्तो गर्दा सबैलाई गरौं गरौं लाग्न थाल्दछ । त्यसो गर्दा एउटा मान्छे उत्पिडित भैरहेको हुन्छ । समाजले त्यो उत्पीडनलाई पनि उपचारको अनिवार्य प्रक्रिया चलिरहेको भन्ने ठान्दछ ।

जस्तैः तपाईं बलि दिने ठाउँमा पुग्नुभो भने त्यस ठाउँमा बालबालिका सहितका मान्छे हुन्छन् । बलि दिंदा त्यहाँ जनावर छटपटाईरहेको हुन्छ तर त्यसलाई उनीहरुले जनावरको छटपटाहटको रुपमा नबुझी अनिवार्य प्रक्रियाको रुपमा बुझ्दछन् । बलिप्रथा संस्कार संस्कृति बनिसकेपछि त्यो उनीहरुको लागि अनौंठो चीज बन्दैन । त्यस्तै बोक्सी पनि सामन्तवाद भित्र निर्मित भएको यस्तो प्रथा हो जुन अहिले हाम्रो समाजसम्म आईपुगेकोछ ।

शिक्षाप्रणाली नै संरक्षक

देशको शिक्षाप्रणाली र साँस्कृतिक रुपान्तरणको प्रणाली मार्फत त्यस्ता चीजहरुको बिरुद्ध ब्यापक छलफल र जनचेतना नफैलिएको हुनाले मान्छेले आफै ‘यो प्रथा गलत हो’ भन्ने आँट गरेनन । मान्छेलाई त्यो दिशामा लैजाने हिसाबले राज्यले काम गर्नुपथ्र्यो, राजनीतिक पार्टी र तिनका आन्दोलनहरुले काम गर्नुपथ्र्यो । तर हाम्रोमा त्यो हुन सकेन । राज्यसत्ता कस्तो छ त्यसमा भर पर्छ । सत्ताले के चाहन्छ भन्ने हो ।
दुईटा कुरा हेर्यौं भने प्रष्ट भईन्छ । कक्षा ६ मा होला माधव घिमिरेको एउटा कविता पढाईन्छ । त्यो कवितामा दलितको सन्दर्भमा लेखिएको छ, ‘ईश्वरको सन्तान मान्छेको भाई ‘ । यसको अर्थ के हो भने दलित ईश्वरको सन्तान त हो तर मान्छे होईन मान्छेको भाई हो । बच्चालाई यस्तो पढाईन्छ ।

क्षेत्री क्ष भनेर लेख्न छाडिएको छैन । त्यो पढिसकेपछि बच्चाको दिमागमा एउटा ढाल बोकेको, तरबार बोकेको, फलामको टुप्पी लगाएको जुँघे मान्छेको आकृति बस्छ । बच्चाको दिमागमा जात ब्यवस्था यसरी घुसाईन्छ । पाठ्यक्रममै जात ब्यवस्था छ । यस्ता धेरै चीजहरु छन् । एकातर्फ परम्परागत नेपाली शिक्षाको अवस्था यस्तो छ भने अर्कोतीर हाम्रो देशमा ‘ल्याबोरेट्री’ भन्ने स्कुल पनि छ । काठमाण्डौमै छ । स्कुलको नाम पनि प्रयोगशाला हुन्छ ?

यो किन भो भने अमेरिकनहरुले युनिभर्सिटी बनाईसकेपछि स्कुल पनि बनाईदिए, जुन स्कुलको नाम नै तिनले प्रयोगशाला राखिदिए । उनीहरु आफ्नो प्रयोग यहाँ गर्न चाहन्छन् । हामीलाई प्रयोगशालाको चीज बनाउन चाहन्छन् । यहाँको सत्ताले त्यसलाई स्विकार गर्यो । यसरी दुईतीरबाटै शिक्षामा गडबडी भो । एकातर्फ हाम्रा परम्परागत गलत चीजहरुलाई हुर्काउने शिक्षा । अर्को, पश्चिमाहरुले आफ्ना ठिक वा बेठिक थाहा नभएका कुराहरु ल्याएर प्रयोग गरिदिने शिक्षा ।

बिदेशी सहयोगको नाममा हामीमाथि बिकृति थोपरियो । यो दुईटा कुराले गर्दा बर्णशंकर खालको शिक्षित वर्ग जन्मियो । यस्तो शिक्षाले हाम्रोमा शिक्षित भन्ने प्राणी कस्तो जन्मियो भन्दा अरु सप्पै कुरा गर्नसक्ने तर काम गर्न नसक्ने । लेख्न सक्ने, बोल्न सक्ने, हिंड्न सक्ने, देश बिदेश भ्रमण गर्न सक्ने सप्पै कुरा गर्नसक्ने तर उत्पादनमुखी काम गर्न नसक्ने । सत्ताले यसमा सुधार चाहेन । बैज्ञानिक शिक्षाप्रणालीमा लग्नै चाहेन ।

नेपालमा के भ्रम छ भने शिक्षित भनेका स्कुल क्याम्पसबाट सर्टिफिकेट लिएका मान्छे हुन् । जुन कुरा गलत हो । त्यो औपचारिक एउटा शिक्षा त हो तर कस्तो शिक्षा भन्ने प्रश्न उठिहाल्छ । त्यसो त हिटलर पनि शिक्षित मान्छे हो नी । पण्डित पुरोहितहरु सबै शिक्षित मान्छेहरु नै हुन् । त्यसैले शिक्षा कस्तो भन्नेमा भर पर्छ । मास्टर्स पढेकोछ बोक्सी भनेर कुटिरहेको देखेर उसलाई पीडा नै हुदैंन । स्कुलमा पढाईरहेकोछ तर बोक्सीको नाममा मान्छेलाई दिशापिसाब खुलाउँछ । शिक्षितद्धारा केहि दोष नभएका दलित हेडमास्टरलाई कालोमोसो दलेर शहर डुलाईन्छ ।

पाठ्यक्रममै जात ब्यवस्था छ । यस्ता धेरै चीजहरु छन् । एकातर्फ परम्परागत नेपाली शिक्षाको अवस्था यस्तो छ भने अर्कोतीर हाम्रो देशमा ‘ल्याबोरेट्री’ भन्ने स्कुल पनि छ । काठमाण्डौमै छ । स्कुलको नाम पनि प्रयोगशाला हुन्छ ?

उनीहरुलाई ठिकै लाग्छ । खुशी हुन्छन् । यो हुनैपर्ने चीज हो भन्ने लाग्छ । मास हिस्टिरियाको स्तरमा देखापर्छ, यो । त्यसकारणले यो समग्र साँस्कृतिक राजनीतिक आर्थिक सिस्टमसंग सम्बन्धित छ । त्यसमा पनि गहिरोगरि साँस्कृतिक मूल्य मान्यताहरुसंग सम्बन्धित छ ।

हाम्रो शिक्षा तमाम रुढीवाद सहित मानिसलाई वर्गचेतना र जातब्यवस्थाबाट प्रशिक्षित गर्ने खालकोछ । भूतप्रेत हुदैंन भनेर पाठ्यक्रममा राखेको देख्नु भएको छ ? हरर मूभी किन बेठिक छ ? प्रोनोग्राफीले कस्तो मनोबिज्ञान भएको पात्र जन्माईरहेकोछ भन्ने कुनै पाठ्यक्रममा भेट्नु भएकोछ रु भेटिदैंन । ‘भूतप्रेत हुदैंन । जातब्यवस्था भनेको गलत हो । अन्धविश्वास भनेको यो यो कारणले बेठिक छ’ भनेर सिकाईंदैन ।

समाजमा पनि मध्ययुगीन बिचार हावी भोगिरहेको बच्चाले स्कुलमा त्यसको बिरुद्ध केहि पढ्न पाउँदैन । अझ त्यसकै लक्षण भएका चीजहरु आउँछन् । पाठ्यक्रममा दन्त्यकथाहरु राख्या छ । दन्त्यकथा राखेपछि दन्त्यकथाबारे स्पष्टिकरण पनि राख्नु पर्यो नी । त्यो राखिदैन । हो दन्त्यकथाको रक्षा हुनुपर्छ, त्यो सम्पदा नै हो । नत्र स्पटिकरणमा भनिनुपर्यो – ‘यो दन्त्यकथा हाम्रो चालु दुनियासंग प्रतिविम्बित गरेर प्रतिकात्मक रुपमा मात्र बुझ्नुपर्छ है ‘।

हाम्रो समग्र राजनीति, शिक्षा प्रणाली, सिस्टम नै पुरातन रुढीवाढी वा सामन्तवादमा आधारित भएकोले त्यस्ता कुप्रथा बिरुद्ध लड्नेगरि मान्छे नै तयार पारिएन ।

उत्पीडक वर्ग नै सत्ताधारी

सत्ता सधैं उत्पीडक वर्गको हातमा हस्तान्तरण हुदैं आईरहेको हुनाले त्यसले पुराना सडेगलेका संस्कृतिलाई जोगाउने हिसाबले काम गरिरहयो । उत्पिडितहरुलाई उत्पीडन गर्ने चक्रलाई उसले कहिल्यै हटाउन चाहेन । जिवित राखिरहयो । अर्कोतीर राजनीतिक आन्दोलनहरुको एउटा लोकतान्त्रिक धारा थियो । विश्वेश्वर प्रसाद कोईरालाहरु कार्यकारी हुँदा सम्म त्यसले सँस्कृतिको क्षेत्रमा केहि नयाँ गर्ने प्रयत्न गरेकोथियो । सामन्तवाद बिरुद्ध लड्न खोज्थ्यो । तर विश्वेश्वर प्रसाद कोईरालाहरु नरहेपछि त्यो लोकतान्त्रिक धारलेपनि रुढीवादसंग आत्मसमर्पण गर्यो ।

कम्युनिष्ट आन्दोलनको धारले नयाँ संस्कृति निर्माण गर्ने चेष्टा त गर्यो । सामन्तवाद बिरुद्ध साँस्कृतिक नीति त बनायो तर त्यसले आवधिक कार्यक्रम दिन सकेन । जसका कारण आफ्नै कार्यकर्ताहरुमाझ पनि रुढीवादी परम्परा जर्वदस्त कायम रहिरहयो । आम जनतालाई रुपान्तरण गर्ने दिशा तर्फ त त्यो जानै सकेन । कम्युनिष्ट आन्दोलन स्खलन हुने क्रममा रुढीवाद सबैभन्दा बढी नेतृत्व वर्गमा देखा पर्न थाल्यो ।

बोक्सीको नाममा लक्ष्मी परियारको हत्या कम्युनिष्ट पार्टीको सदस्यता लिएको मान्छेले गरेकोछ । त्यहाँको मेयरले कम्युनिष्ट पार्टीको झण्डा बोकेर जितेकाछन् । त्यहाँका बहुसंख्यकले वामपन्थीलाई भोट हालेकाछन् । बहुसँख्यक मान्छे नै त्यहाँ तमासे बनेकाछन् ।

मैले बारम्बार भन्दै आएको छु, मोहनबिक्रम सीङ जो प्युठानको हुनुहुन्छ, उहाँको पार्टी त्यहाँ अहिलेपनि बलियो छ । उहाँ ३१ बर्षदेखि त्यो पार्टीमा एकछत्र नेता हुनुहुन्छ । उहाँले काग्रेंसका नेतालाई ढुंगा हान भन्दा कार्यकर्ताले हेलिकप्टरमै ढुंगा हान्छन् । मान्छे मार्न पनि तयार छन् । तर अहिलेसम्म उहाँको आफ्नै गाउँमा रजश्वला बार्ने प्रथा छुटेको छैन । यदि मोहनबिक्रमसींहको पार्टीले चाहेको भए आवधिक कार्यक्रम बनाएर त्यो परिवर्तन गर्न सम्भव थियो । ६ महिनामा हट्दैनथ्यो होला तर ३ बर्षमा त हटाउन सकिन्थ्यो होला ।

मोहनबिक्रम सींह आफै हुनेखाने वर्गको भएर यस्तो भएको होईन । वर्गको मात्र कुरा भएन । साँस्कृतिक रुपान्तरणलाई पार्टीले ऐजेण्डा नै बनाएन । सामन्तवाद बिरोधि नीति बनाउने साँस्कृतिक नीति चाहिं छ तर कसरी बनाउने ? आजै देखि के गर्ने ? ६ महिनामा के गर्ने ? ३ बर्षभित्र के गर्ने ? केहि योजना भएन । जसले गर्दा बोक्सीप्रथा जस्ता कुप्रथाले निरन्तर रुपमा समाजभित्र जरा गाड्दै गयो ।

भोट हाल्न जान्छ वामपन्थीलाइर्, घरमा आउँछ बोक्सीको कुरा गर्छ । यस्तो विरोधाभास साँस्कृतिक स्खलन बुझ्न समग्र विश्व अर्थ–राजनीतिमाथि घोत्लिनुपर्दछ । शुरुमा पूँजिवादले सामन्तवादसंग संघर्ष गर्यो । समानता, भातृत्व, स्वतन्त्रताको नारा दियो । तर जब पूँजिवाद साम्राज्यवादसम्म पुग्यो र आजको भुमण्डलीकृत बहुराष्ट्रिय कम्पनीवाला साम्राज्यवादभित्र पस्यो त्यसले बिचित्रको काम गर्न थाल्यो । सामन्तवादीकालमा जनतामाथि शासन गर्न प्रयोग गरिएका रुढीवाद, धर्म, साम्प्रदायिकता जस्ता कुरा जति जम्मै फर्काएर ल्याईदियो ।

जबकि पहिला पूँजिवादको यी सबैसंग शत्रुता थियो । उसले सामन्तवादी साँस्कृतिक चिन्तन बिरुद्ध ३०० बर्ष अगाडि डटेर संघर्ष गरेकोथियो । पूँजिवादले धार्मिक अन्धता फिर्ता लिएर आयो । साम्प्रदायिकता फिर्ता लिएर आयो । अन्धराष्ट्रवाद फिर्ता लिएर आयो । पुटीनले भने ‘यदि रुस रहदैंन भने दुनिया हामीलाई किन चाहियो ?‘ अहो ! यस्तो अन्धता रु आन्तरिक साम्राज्यवादी अन्तरसंघर्षका कारण उब्जिएको स्वार्थका लागि उ ७ अर्ब मान्छे बस्ने पृथ्वि ध्वस्त गर्दिन चाहन्छ ।

नेपालमा पनि तमाम खाले साम्प्रदायिकता, तमाम खाले जातीयता र जातपात सबै उठेर आएको देखिन्छ । अहिले तपाईले राज्यको मुख्य निकायहरु हेर्नु भो भने के देख्नुहुन्छ रु राष्ट्रपति को ? राष्ट्रियसभा अध्यक्ष को रु प्रधानमन्त्री को ? सभामुख को ? प्रधानन्यायाधिस को ? अख्तियार प्रमुख को रु योजना आयोगको प्रमुख को रु महान्यायाधिवक्ता को रु
सामन्तवाद र पूँजिवादको लगनगाँठो

शुरुमा प्रगतिशील पूँजिवाद अर्थात औद्योगिक पूँजिवाद सामन्तवादसंग लडेपछि उसले के सोचेकोथियो भने ‘म भब्य संसार दिन्छु । जनतालाई खुशी तुल्याउँछु र म नायक हुन्छु ।’ केहि समय उ नायक पनि भयो । जबजब साम्राज्यवादको रुपमा पूँजिवाद अगाडि बढ्दै गयो तर समस्या समाधान हुनुको साटो झन झन गहिरिदैं गयो । धनी र गरिबबीचको खाडल गहिरियो । हिंजो भन्दा आज पूँजि केहि सिमित ब्यक्तिको हातमा पुग्यो ।
पूँजिवादले जताततै संकट भोग्न थाल्यो । अब चाहिं धेरै ठुलो संकटमा फसिंयो भन्ने उसले बुझ्यो । त्यो संकटबाट मुक्ति पाउनलाई जे जे हतियार प्रयोग गरेर जनतालाई गुमराह बनाउन सकिन्छ , कमजोर बनाउन सकिन्छ त्यहि त्यहि गर्न थाल्यो ।

आजको सत्ताले बोक्सीप्रथा जस्ता कुरा हटाउन कानुन त बनाउँछ तर त्यसलाई लागु गर्न गराउन चटारो नै देखाउँदैन । किन देखाउँदैन भने उ अहिले त्यसबाट केहि न केहि फाईदा लिई आफ्नो सत्ता टिकाईराख्ने मुडमा छ । त्यसैले यो धेरै डरलाग्दो परिघटना हो ।
अहिलेको समय पूँजिवादको संकटको अभिब्यक्ति होे । संकटबाट निस्कने प्रयत्नमा उसले अहिले बोक्सीका कुरा अन्धविश्वासका कुरा धार्मिकताका कुरा अन्ध राष्ट्रवादका कुरा साम्प्रदायिकताका कुरा सबै जगाईरहेकोछ ।

नेपालका शासकहरु सिमानामा गएर चन्द्र सूर्य झण्डा गाड्छन् । पहाडिया राष्ट्रवादका कुरा गर्छन । पन्चायत टिकाउन र राजतन्त्रलाई बलियो बनाउन कलात्मक काम गरेका माधव घिमिरे जस्ता मान्छेलाई सेनाको पदवी दिईन्छ । उनीहरु आफुलाई सबैभन्दा ठुलो राष्ट्रवादी बनाउन चाहन्छन् । देशभक्त देखाउन चाहन्छन् ।

आजको सत्ताले बोक्सीप्रथा जस्ता कुरा हटाउन कानुन त बनाउँछ तर त्यसलाई लागु गर्न गराउन चटारो नै देखाउँदैन । किन देखाउँदैन भने उ अहिले त्यसबाट केहि न केहि फाईदा लिई आफ्नो सत्ता टिकाईराख्ने मुडमा छ । त्यसैले यो धेरै डरलाग्दो परिघटना हो ।

तर अर्कातीर उनीहरु यो देशमा लगानी गर्न ‘साम्राज्यवादी पूँजि घरघरमा आऊ टोलटोलमा आऊ ‘ भन्दै डाकिरहेकाछन् । कस्तो देशभक्ति हो यो ? लुटको निम्ति आउने पूँजिलाई नसा नसा सम्म निमन्त्रणा दिने यो राष्ट्रवाद र देशभक्त यति खोक्रो छ कि जनतालाई लुट्न उ जेसुकै भ्रम छर्न तम्तयार छ ।

यो पूँजिवादले सामन्तवादमा बिकसित भएका कुरिती र कुप्रथाहरुलाई दृढतापूर्वक अस्विकार गर्नुको साटो जसरी आफ्नो संकट हल गर्न जनतालाई गुमराहमा राख्ने हतियारको रुपमा प्रयोग गरिरहेकोछ, यो धेरै नै डरलाग्दो कुरा हो ।

राजनैतिक दलले यस्ता चीज हटाउन चाहेकाभए तिनले पार्टी कार्यक्रम बनाउँथे । त्यसलाई उल्लंघन गरेबापत आफ्ना कार्यकर्तामाथि कार्यवाही गर्थे । म तपाईलाई उदाहरण दिन्छु । लक्ष्मी परियारको हत्या भयो । त्यसपछि एउटा पार्टीको केन्द्रिय नेता र राजदुत समेत भैसकेका मान्छेले मसंग आएर के भन्नु भो भने ‘दलित आयोगले यो मामिलिामा धेरै नबोलिदिन भनिदिनु पर्यो ।’ त्यतिबेला दलित आयोग कानुनी आयोग थियो, त्यसले बोलेर हुन्थ्यो नै के ? मैले के भने भने ‘ म त्यो आयोगको मान्छे पनि होईन । आयोगले भनेर मार्ने मान्छे फँस्ने पनि होईन । शुरुमै प्रहरी प्रशासन मृतक लक्ष्मी परियार बिरुद्ध गैसकेको छ । न्यायाधिसहरु जाने नै वाला छन् । राज्यले वास्ता नगर्ने पक्का छ । मैले के भनिदिनु पर्यो र ? ’ यसरी राजदुत समेत भैसकेका केन्द्रिय नेता एउटा हत्यारालाई बचाउन लागिपर्छ । कमसेकम ‘प्रहरी र अदालतले जे सुकै गरोस’ समेत भन्दैन । प्रभावित पार्न आउँछ ।

त्यसैले मूल जरोमा जानु पर्यो । मूल जरो भनेको मध्ययुग देखि निर्माण भएको गलत चिन्तन परम्परा र प्रथा बिरुद्ध प्रगतिशील साँस्कृतिक रुपान्तरणको आन्दोलन र अभियान राज्यले शिक्षा र सँस्कृतिको क्षेत्रबाट लागु गर्नुपर्यो । राजनैतिक पार्टीले त्यसलाई एउटा अंग बनाउनु पर्यो । त्यसो भयो भने यो एउटा दिशामा जान्छ र सिंगो समाजकै चेतनाको रुपान्तरणतर्फ लैजान्छ ।

दलित र महिला सबैभन्दा पीडित

हरेक समाजमा मिथकहरु निर्माण हुन्छन् । मिथकहरु निर्मित हुने क्रममा हिन्दु मिथक भित्र वा बोन सम्प्रदायको मिथक भित्र भूतप्रेतको आकार क्रुर खालका चित्रण गरिएका हुन्छन् । उनीहरुको दाँत निस्किएको हुन्छ । जिब्रोमा रगत लागेको हुन्छ । तिनले जगल्टा फिंजाएका हुन्छन् । महिला देवी काली चामुण्डाहरुको बिम्व यसरी नै निर्माण गरिएकोछ । खराब पात्र त्यस्ता हुन्छन भन्ने विम्ब बनाईयो ।

तपाईले दलित र गरिब पर्छ भन्नु भो । पहिला महिला पर्छन । जुनसुकै वर्गका भएपनि सबैभन्दा उत्पिडित समुदाय भएकोले सबैभन्दा पहिला महिलाले यसको मूल्य चुकाउनुपर्छ । तिनका लागि बोलिदिने कोहि हुदैनन । दोश्रोमा गरिब पर्छन । गरिब मध्ये सबैभन्दा गरिब नेपालमा दलित हुन्छन् । तेश्रो एकल महिला पर्छन ।

बोक्सीको नाममा प्रताडित हुनेमा असहाय,गरिव र एकल महिलाहरु पर्छन भने जात ब्यवस्थाको कोणबाट हेर्दा दलितहरु यो प्रथाको शिकार हुन पुग्छन् । यसको वर्ग सम्बन्धसंग पनि अनिवार्य सम्बन्ध हुन्छ । प्रथा परम्परा भनेको खास वर्गको सेवा र स्वार्थका लागि बन्ने हुन् । उत्पीडक वर्गका पक्षमा रहेका प्रथा परम्पराले सबैभन्दा बढी उत्पीडित वर्गलाई उत्पीडन गर्छ ।

 

एकल महिलालाई अभागी पोईटो कुवा ईत्यादि किसिमले शुरुमै प्रताडित गरिन्छ । तिनलाई आरोपित गरिदिन झाँक्रीलाई सजिलो हुन्छ । अरुलाई गरिदिए तिनको प्रतिरक्षा गर्न पुरुषहरु आई हाल्छन् । कर्नेलको बुहारीलाई गरिदियोस् त ? कर्णेलले ठोक्छ । कुनै पण्डित पुरेतको बुहारीलाई गरोस त । त्यो संभव नै छैन । त्यसैले समाजमा जो सबैभन्दा असहाय र कमजोर वर्ग छ त्यसैलाई बोक्सीको नाममा आरोपित गरिन्छ । त्यसैले ति पीडित हुन पुग्छन् ।

बोक्सीको नाममा प्रताडित हुनेमा असहाय,गरिव र एकल महिलाहरु पर्छन भने जात ब्यवस्थाको कोणबाट हेर्दा दलितहरु यो प्रथाको शिकार हुन पुग्छन् । यसको वर्ग सम्बन्धसंग पनि अनिवार्य सम्बन्ध हुन्छ । प्रथा परम्परा भनेको खास वर्गको सेवा र स्वार्थका लागि बन्ने हुन् । उत्पीडक वर्गका पक्षमा रहेका प्रथा परम्पराले सबैभन्दा बढी उत्पीडित वर्गलाई उत्पीडन गर्छ ।

स्थानीय शिक्षकले काभ्रेकी लक्ष्मी परियारलाई बोक्सीको आरोपमा मलमुत्र खुवाएर हत्या गरेपछि उनको ३ वटा बच्चाको बिचल्ली भएकोछ ।

साँस्कृतिक स्खलन र विद्रोह

मुस्लिम मन्त्रीले कहिं उद्घाटन गर्नुपर्यो भने हिन्दु विधिबाट गर्नु परिरहेकोछ । प्रधानमन्त्रीहरु बोका काटेर कार्यकक्ष छिरिरहेकाछन् । मुख्यमन्त्रीहरु कालो बोको काटेर छिरिरहेकाछन् । नेताहरु पुजाआजा गरिरहेकाछन् । भाकल देखाएर शपथग्रहण गरिन्छ । के गर्या यो ? यसको अर्थ के हो भने सामन्तकालिन सबै मूल्यमान्यता फिर्ता ल्याउन चाहेको हो । किन ल्याउन चाहेको रु त्यस मार्फत पनि जनतालाई कमजोर पार्न सकिन्छ भनेर ल्याईएको हो । उनीहरुलाई थाहा छ यो गर्ने काम होईन तर त्यसो गर्यो भने आम जनताको चेतनालाई कमजोर पार्न सकिन्छ र सत्ता लम्ब्याउन सकिन्छ भन्ने सार हो ।

त्यसैले यसको बिरुद्ध प्रगतिशील जमातले योजनाबद्ध रुपमा साँस्कृतिक अभियानहरु चलाउन जरुरी छ । रोकथामका लागि कानुन पनि प्रयोग गरिनुपर्छ तर त्यो सहायक पक्ष हो । किनकी सँस्कृतिको जरामा बसेको चीजलाई कानुनी हतियारले मात्र हल गर्न सकिदैंन । साँस्कृतिक रुपान्तरणका निम्ति अभियान हुनुपर्यो ।

मान्छेहरु २ प्रकारका त छन् । एउटा सत्ताको अंग बनेर चेतनाको कुरा गर्ने । सत्ताको स्वार्थमा काम गर्ने र त्यसबाट पेट पाल्ने । अर्को त्यसको बिरुद्ध र समाजमा भएका गलत चीजको पनि बिरुद्ध जान चाहने तप्का । पछिल्लो तप्का अहिले कमजोर छ । गलत पक्षमाथि यो तप्का हावी हुन सकेकोछैन । जबसम्म यो पक्ष हावी भएर समाजको चेतनालाई सिंचित गर्ने स्तर सम्म पुग्दैन तबसम्म यस्ता चीजले टाउको उठाईरहन्छ ।

 

साभार : फ्री प्रेस नेपाल डटकम


प्रकाशित | २३ भाद्र २०७५, शनिबार १९:३०

Leave a Reply

Your email address will not be published. Required fields are marked *