‘प्रमोद र म प्रतिस्पर्धी होइनौँ’

संजय रेग्मी

पर्वत- सर्लाहीको हजारियामा जन्मिएर स्थानीय सरस्वती माध्यमिक विद्यालयको कक्षा ७ मा पढ्दै गरेको एउटा बच्चा, जसले जीवनमा कहिल्यै पनि ‘माइक’ समातेको थिएन। त्यो बच्चा निरन्तर विद्यालय जान्थ्यो तर आफूसँग क्षमता के छरु भन्नेबारेमा उसलाई नै थाहा थिएन।

२०५१ असोजमा सदरमुकाम मलंगवामा जिल्लाव्यापी रूपमा आयोजना गरिएको बालगीत प्रतियोगितामा पहिलो पटक ‘माइक’ समातेका ११ वर्षीय शिव परियार नाम गरेका ती बालकले एकै पटक जिल्लास्तरीय प्रतियोगितामा ८० वटा विद्यालयबाट आएका प्रतिस्पर्धीलाई उछिन्दै प्रथम बने। शिव परियार तिनै बालक थिए, जो आज नेपाली सुगम संगीतमा चम्किलो तारा बनेका छन्। तर उनले आफूले यसरी गाउन सक्दोरहेछु भन्ने नै पत्तो पाएका थिएनन्। उनै शिवले स्वर भरेका झण्डै ५०० गीत, गजल अहिले बजारमा छन्। जिल्लास्तरीय प्रतियोगिता जितेपछि २०५३ सालमा आयोजना भएको मध्यमाञ्चलस्तरीय बाल सांगीतिक सम्मेलनमा पनि उनी प्रथम भए। काठमाडौंको राष्ट्रिय सभागृहमा पुगेर आफ्नो आवाज सुनाउने मौका पाए।

संगीतको अध्ययन

हरेक प्रतियोगितामा प्रथम नै बन्दै गएपछि उनलाई तब मात्र आफूभित्र रहेको गलाको शक्तिलाई माझ्नुपर्छ भन्ने लाग्यो अनि २०५६ सालमा एसएलसी परीक्षा दिएर संगीतकै अध्ययनका लागि काठमाडौं भित्रिए। उनले गन्धर्व संगीत प्रशिक्षण केन्द्रमा चन्दनकुमार श्रेष्ठसँग पूर्वीय शास्त्रीय संगीतबारे सिक्न सुरु गरे। शिव भन्छन्, ‘नेपाली संगीतमा प्राक्टिकल र सैद्धान्तिक दुवै ज्ञान भएमा पुस्तौँ पुस्तासम्म पनि राम्रा गीत बन्न सक्छन् भन्ने लागेर संगीत सिकेँ।’ उनले थपे, ‘अबको पुस्ताले संगीत पढेर संगीतमा लाग्नुपर्छ भनेर प्रमाणित गर्नु थियो मैले।’ अहिले संगीत धेरैले सिक्ने गरेको भए पनि साधना भने नहुने गरेको तर संगीतको ‘अवेयरनेस’ (सचेतना) राम्रो बनेको उनको भनाइ छ।

रेडियो नेपालमा प्रथम भएको समाचार अप्रिल फूलमा

२०५९ सालमा रेडियो नेपालले देशव्यापी आधुनिक गीत प्रतियोगिता आयोजना गर्‍यो, जसमा शिवले सुरेश वाग्लेको शब्द र आफ्नै संगीतमा रहेको ‘जति बिस्र्यो तिम्रो याद आउन खोज्छ किन होलारु, मेरो दिलले तिम्रो गीत गाउन खोज्छ किन होलारु’ बोलको गजल गाए। उक्त प्रतियोगिताको नतिजा  २०५९ चैत १७ गते सार्वजनिक भयो। त्यो ‘अप्रिल फस्ट’को दिन थियो। साँझ ७ बजेको रेडियो नेपालमा समाचारमा वाचन गरियो, ‘रेडियो नेपालले आयोजना गरेको अधिराज्यव्यापी आधुनिक गीत प्रतियोगितामा प्रथम, द्वितीय र तृतियमा क्रमशः शिव परियार, सुरज थापा र बेनुका राई हुनुभएको छ।’ यो कुरा सुन्नासाथ उनका साथीहरूले उफ्रिएर उनलाई धाप लगाउँदै बधाई दिए। तर उनलाई आफू प्रथम भएको कुरामा पटक्कै विश्वास लागेन। उनलाई त्यो समाचार पनि अप्रिल फुल जस्तै लाग्यो। उनले उत्कृष्ट पाँचसम्म आउन सक्ने आँकलन गरेका थिए तर १११ जना प्रतिस्पर्धीलाई जितेरै छाडे। उनी प्रथम मात्र बनेनन् ‘ए ग्रेडेड’ गायकको उपाधि पाउँदै गोल्ड मेडल र १० हजार रुपैयाँ नगद पनि प्राप्त गरे। ‘मेरा गीत अगाडि आनन्द र मधुर खालका आउँथे। ती गीतहरू शान्त थिए। तर समय हल्लाखल्लाको थियो। चिच्याएर नबोलेसम्म कसैले पनि नसुन्ने हो हल्ला थियो। त्यसैले श्रोताले मधुर गीतमा भन्दा रक, पप, रिमिक्स मन पराउने गरेका थिए।’ उनी भन्छन्, ‘म कहाँ सडकको मान्छे, एकै पटक सदनमा पुगेँ। मैले नै त पत्याइनँ, अरूले झन् के पत्याउनुरु’ पछि २०६० बैशाख ४ गते आफू प्रथम बनेको गजललाई उनले रेडियो नेपालमै ‘लाइभ रेकर्ड’ गरे। त्यहीँबाट नै उनले व्यावसायिक रूपमा गायन सुरु गरे। परियार अहिले विशिष्ट श्रेणीमा जान तयार छन् तर पनि आफूले आवेदन नगरेको उनले सुनाए। रेडियो नेपालमा विजेता बन्दाको पल सम्झिँदै शिव भन्छन्, ‘म वेटलेस थिएँ, अवार्डले वेटेड भएँ। ममा कला थियो तर भूषण थिएन तर पछि आभूषण थपियो र त शिव परियार बनेँ।’

‘मेरा गीत अगाडि आनन्द र मधुर खालका आउँथे। ती गीतहरू शान्त थिए। तर समय हल्लाखल्लाको थियो। चिच्याएर नबोलेसम्म कसैले पनि नसुन्ने हो हल्ला थियो। त्यसैले श्रोताले मधुर गीतमा भन्दा रक, पप, रिमिक्स मन पराउने गरेका थिए।’

 

नेपाली संगीतमा ‘न्यू चेन्ज’

शिवलाई नेपाली सुगम संगीतमा विशेषतः युवाहरूमाझ लोकप्रिय मानिन्छ। उनी ‘हाई पिच्ड भोकलिस्ट’को रूपमा पनि उत्तिकै परिचित छन्। यद्यपि, उनका ‘लो पिच्ड लेभल’का गीतहरू पनि उत्तिकै लोकप्रिय छन्। उनी आफ्नो आगमनसँगै नेपाली सुगम संगीतमा ‘भाइब्रेसन’ भएको सुनाउँछन्। शिव भन्छन्, ‘मेरा गीत अगाडि आनन्द र मधुर खालका आउँथे। ती गीतहरू शान्त थिए। तर समय हल्लाखल्लाको थियो। चिच्याएर नबोलेसम्म कसैले पनि नसुन्ने हो हल्ला थियो। त्यसैले श्रोताले मधुर गीतमा भन्दा रक, पप, रिमिक्स मन पराउने गरेका थिए।’ तर आफूले लोक र पप गीतलाई मिसाउँदै बीचका गीत र चर्का गीत बनाएका कारण नेपाली युवामा संगीतको फरक स्वाद गएको उनले सुनाए। त्यो बेलादेखि अहिलेसम्म पनि दर्शक र श्रोताले ‘फास्ट’ र ‘हाई पिच लेभल’का गीत खोजिरहेको शिवको अनुभव छ।

‘प्रमोद र म प्रतिस्पर्धी होइनौँ’

नेपाली सुगम संगीतमा परियारको जस्तै नाम चलेका अर्का गायक प्रमोद खरेल पनि हुन्। तर खरेल आफ्नो प्रतिस्पर्धी नभएर सहकार्य गर्ने मित्र भएको उनी बताउँछन्। शिव भन्छन्, ‘प्रमोद पूर्व हुँदा शिव पश्चिम हुन्छ अनि शिव पूर्व हुँदा प्रमोद पश्चिम हुन्छ।’ संगीतमा शिव मात्र नि होइन, प्रमोद मात्र नि होइन सबै चाहिने उनको धारणा छ। उनले थपे, ‘प्रमोद र मैले सँगै गाएका छौँ नि त– आफ्नो जिन्दगी आफैँलाई भारी भारी हुँदै छ ….।’ शिवको स्वाद प्रमोदमा नहुने अनि प्रमोदको स्वाद शिवमा नहुने भएकाले सबै कलाकारहरूको आआप्mनै महत्त्व र स्वाद रहने उनको ठम्याइ छ।

आँप चोर्न जाँदा साँढेले लखेट्यो

बाल्य अवस्थामा रहँदा उनले खासै उट्पट्याङ त गरेनन्, त्यही पनि तीनवटा घटना भने भुल्न पनि सकेनन्। सानोमा इनारमा हामफाल्ने गरेको सम्झिँदै उनले अहिले पौडिन डर लाग्ने बताए। यसबाहेक अन्य दुई घटना अलिक रमाइला छन् उनका। विद्यालय तहमै रहँदा उनले पैदल बाटोमा खाल्डा पार्ने, माथिबाट केहीले ढाक्ने अनि बाटो हिँड्ने मान्छेलाई पल्टाउने गरेका रहेछन्। त्यसबाहेक छिमेकीको बगैँचामा साँझको समयमा आँप चोर्न जाँदा साँढेले लखेटेको पलले उनलाई हँसाइरहन्छ। त्यो पललाई हाँसेर सम्झिँदै शिव भन्छन्, ‘साँझपख आँप खाने भनेर साथीहरू मिलेर बगैँचामा गएको त कता कताबाट हाँकारहुँकुर गर्दै छोडुवा साँढे आएर लखेट्यो। त्यति बेला आठ वर्षजतिको थिएँ। धन्न भाग्न सकियो र बाँचियो।’ एल्बम र गीतरगजल शिवले आफ्नो डेब्यु एल्बमको रूपमा २०६२ सालमा रिवेल क्रियसनबाट ‘मोक्ष’ सार्वजनिक गरे, जसमा तीनवटा गजल, चारवटा आधुनिक गीत र एउटा लोकपप गीत समावेश थिए। यसमा रामचन्द्र काफ्लेले संगीत भरेको, किरण घिमिरेले लेखेको र उनले गाएको ‘फेवातालमा साइँली’ बोलको लोकपपले निकै चर्चा कमायो। उनले अहिलेसम्म १० वटा एल्बम बजारमा ल्याएका छन्, जसमा पाँचवटामा आफैँले संगीत भरेका छन्। शिवले अहिलेसम्म गाएका गीतमध्ये सबैभन्दा बढी चर्चामा रहेका गीतरगजलहरू ‘अलिकति नजर तिम्रो’, ‘धेरैचोटि मरेँ म त’, ‘कहाँ थियौ तिमी रंगमंच उठेपछि आयौ’, ‘आप्mनो जिन्दगी आफैँसँग भारी भारी हुँदै छ’, ‘बेहोसीपछि होसमा आउँदा’, ‘पागल बनायौ प्रिय’, ‘मलाई जालैमा पार्‍यो फेसबुकले’, ‘पिउँदिन भन्दाभन्दै’, ‘गालैको कोठी’, ‘रूपौली रानी’, ‘मुटु साट्ने अल्लारे मै हो’, ‘हल्ला हल्लामै माया बस्यो’, ‘मंगली’लगायत छन्।


प्रकाशित | ६ भाद्र २०७५, बुधबार २२:०४

Leave a Reply

Your email address will not be published. Required fields are marked *