नलेखिएको दमाई जातिको इतिहास

डीबी.नेपाली

दमाई शब्दको उत्पति
नेपाली बृहत् शब्दकोशले दमाइँ को अर्थ यसरी लगाएको छ । प्रायः लुगा सिउने र विवाह , व्रतबन्ध, उत्सव, चाडपर्व आदिमा वाजा बजाउने पेशा भएको एक जाति, नगर्चि., दर्जी । पेज ५९७–। अर्का अध्येता महानन्द सापकोटाका अनुसार दमाई शब्द फारसीमूलक हो । ढोल शब्दलाई अनार्य शब्द मानिन्छ । पञ्चै बाजा समूहको एउटा प्रमुख बाजा दमाहालाई प्रयोग गर्ने, भिर्ने वा बजाउने दमाही जाति नै शब्द माधुर्य र उच्चारण सौकार्यको निम्ति दमाहींले दमाइँ रुप लिएको अड्कल गरिएको छ । तिनीहरु पहिल्यैका अछुत रहेछन् भनेर अड्कल काट्न सकिएला । तर, उनीहरु अछुत हुनुपर्ने कारण चाँहि रहस्यमै हराउने देखिन्छ । हाम्रा परम्परवादी शास्त्रले अनुलोम र प्रतिलोम विवाह विवादरहित बन्न सकेको छैन् । सात साल अघि सम्मको हाम्रो समाजले प्रतिलोम विवाहलाई गलत नै ठानेको छ । तथापि, ती सन्तानलाई अछुतमा गनिंदैनथे । हाडनाताबाट जन्मिएका सन्तानलाई अछुतमा राखिएको हो की भन्ने शंका पनि यर्थाथपरक देखिंदैन । त्यसो भएको खण्डमा दमाई, कामी, सार्की, वादी, गाईने, चमार, डोम आदि छुट्टाछुटै वर्ग र तहका अछुत हुने थिएनन् । सनातन धर्म भनेको वेद, पुरान र स्मृति मानेर चल्ने व्यापक भाग्यवाद र परलोकवादीमत पनि हो । त्यो मत अघि ब्राह्म्णहरुद्धारा सञ्चालित र राजा महाराजा⁄सामन्तद्धारा सुरक्षित थियो । यी निरीह दमाई र उनीहरु जस्तै अछुत वर्गले शास्त्र, ज्ञानविना, केवल बाहुनहरुको देखासिकी गरेर पनि सनातन धर्म थामिरहेका छन् । अर्थात्, सनातन धर्ममा टाँसिरहेका नै छन् । दमाईलाई लुगा सिलाएर वा बाजा बजाएर मात्रै अछुत भनियो ? वा अन्य कारणले पनि छन् । खोजीको विषय बनेको छ । दमाई बुझाउने अर्को शब्द ढोली छ । ढोली पश्चिम नेपालमा बढी प्रचलित छ । पूर्वमा भने फाट्टफुट्ट सुनिन्छ मात्र । घरमा ढोल हुने, भिर्ने वा बजाउनेलाई ढोली भनेको हो । तथ्यका आधारमा ढोली शब्द दमाइँ शब्द भन्दा जेठो मानिन्छ । ढोलीहरु प्नि अछुत वर्गमै गनिएका छन् । यसबाट बाजा बजाउनेहरु अछुतमा गनिएको अथवा अछुतका एक वर्गले बाजा बजाउने काम लिएको दमाहा आउनु भन्दा अघि देखिकै चलन रहेछ भन्ने कुरा प्रमाणित हुन् आँउछ । ढोलीहरुले दमाहा लिएर दमाईँ भएको पनि हुनसक्छ । अमरकोश, मेदिनीकोश र हैमकोशमा ढोल किंवा त्यससित मिल्दोजुल्दो शब्द छैन् । अमरकोशमा ढक्क शब्द छ । ढक्कबाट ढाक हुन्छ, ढोल हुँदैन । सँस्कृत शब्दार्थ कौस्तुभ को संकलकले ढौल शब्द उल्लेख गरिएको छ । सँस्कृतमा सोही समयदेखि नै अनार्य शब्दले प्रवेश पाएको छ । ढोलेको ढोल सजिलै हुन्छ । सँस्कृत भाषामा क प्रत्यय लगाउने सजिलो चलन छ । अनि ढोलक शब्द पनि सजिलै निर्मित होइजान्छ ।

तर, यो ढोल शब्दआर्य भाषाकै हो की अनार्य भाषाबाट लिएर सँस्कृतिकरण गरिएको हो ? यो ढोल शब्द आर्य भाषाको होइन भने, जुन जातिका भाषाबाट यो शब्द आएको छ । हाम्रा ढोली दमाईहरु पनि त्यहि जातिका मान्छे हुनुपर्छ । उनीहरुले अछुत हुनुपर्ने, जाति भिन्नता बाहेक अरु कुनै घतलाग्दो कारण देखिंदैन् ।
दमाई र ढोली सरहको अर्को शब्द नगरची⁄ नगर्ची छ । नगरा भनेको दमाहा जस्तै गजाले हानेर बजाउने बाजा हो । तुर्केल भाषामा चि को अर्थ खाने, चलाउने, बजाउने, प्रयोग गर्ने आदि अर्थ दिने प्रत्यय हो । तसर्थ, नगरचीको अर्थ हो नगरा बजाउने अर्थात ढोली वा दमाई । कतिले ढोली शब्द देशी शब्दमा राखेका छन् । पछि सँस्कृतमा त्यसलाइ पतिया गराएर ढौल बनाएको पो हो की ? यदि त्यसो हो भने ढोल, नगरा र दमाहा यी तीनै शब्द विदेशी हुन् । इतिहासले नेपालमा पहिले ढोल अनि नगरा र अन्तमा दमाहा आएका देखाउँछ । तुर्केल भाषाबाट नगरा, फारसीभाषा बाट दमाहा आएको देखाउँछ । ढोलको उत्पति प्रष्ट हुन सकेको छैन् । यी बाजा मात्रै बाहिरबाट आएका हुन् की बाजा वादक पनि बाजासँगै आएका हुन् । बाजा मात्रै विदेशी हुन् भने यी बाजा वादक ती बाजा बजाउनाले अछुत भएका हुन् की अघि नै अछुत थिए ? अघि नै अछुत थिए भने किन र कसरी अछुत भए ? हाम्रा परम्परावादी शास्त्रहरुमा चार जातको उल्लेख पाईन्छ । तर, छत्तिस वर्णको नामोनिशान पनि पाइँदैन । ती चार जातका पारस्परिक सम्मिश्रणबाट उत्पन्न भएका संकर जातिहरुको नाम र संख्या समेत पाउन सकिएको छैन् । बालचन्द्र शर्माले संकलन गरेको कोशमा छत्तिस वर्ण भनेर काठमाडौकै थप जातिहरुको नाउँ गनिएको छ । यो सहि हो भने चार जात छत्तिस वर्ण भन्ने कुरा पृथ्वी नारायण शाहको राजनीतिक घोषणा मात्रै हो । जसमा राम्रो समन्वयात्मक भावना झल्कन्छ । हुड्के बाजा बजाई हुड्केली हाल्दा उनीहरु हुड्के हुन्छन् । दमाउँ, दमाहा, नगरा, भेरी र पञ्चै बाजा बजाउँदा उनीहरु दमाई हुन्छन् । ढोल बजाउँदा ढोली हुन्छन् । अघिपछि सिलाई पेशामा संलग्न भएकाहरु सूचिकर वा दर्जी भनिए । मङ्गलधुन बजाउँदा मङ्गले हुन्छन् । कुनै शुभ कार्य वा साइतको बेला सगुनी बन्दछन् । देवबाजा नगरा बजाउँदा नगर्ची हुन्छन् । सम्मानसूचक आदरार्थी शब्द प्रयोग गरिंदा पनि दमाईहरुलाई नगर्ची नै भनिन्छ । वाद्यवादनका विभिन्न फाँट सम्हाल्दै आएकाले उनीहरुलाई सोही अनुसारको नामले बोलाइनु स्वाभाविकै थियो । सिलाईमा लागेका दमाईहरुलाई हाल दर्जी, टेलर, मास्टर, टेलरमास्टर भनिने पनि गरेको पाईन्छ । दर्जी शब्द मुसलमान वस्त्र निर्मातालाई भनिन्थ्यो । तर, अहिले समग्रमा यो शब्द दमाईसूचक दर्जी को रुपमा समेत प्रयोग गर्ने गरेको पाईन्छ । यर्थाथमा ती सबै संज्ञाको एउटै नाम र जाति हो दमाई । यिनीहरुले नेपाली सङ्गीत सँस्कृतिलाई अनेक दुःख, कष्ट र यातना सहेर पनि परम्परादेखि अक्षुण्ण राखी सम्वद्र्धन र संरक्षण गर्दै आएका छन् । उत्पतिको गीतदेखि मृत्यूको गीतसम्म र रौद्ररसदेखि शान्तरससम्म प्रदान गर्ने दमाई जातिको नेपाली सङ्गीत र सँस्कृतिमा अतुलनीय योगदान रहि आएको छ ।

कुनै शुभ कार्य वा साइतको बेला सगुनी बन्दछन् । देवबाजा नगरा बजाउँदा नगर्ची हुन्छन् । सम्मानसूचक आदरार्थी शब्द प्रयोग गरिंदा पनि दमाईहरुलाई नगर्ची नै भनिन्छ । वाद्यवादनका विभिन्न फाँट सम्हाल्दै आएकाले उनीहरुलाई सोही अनुसारको नामले बोलाइनु स्वाभाविकै थियो । सिलाईमा लागेका दमाईहरुलाई हाल दर्जी, टेलर, मास्टर, टेलरमास्टर भनिने पनि गरेको पाईन्छ । दर्जी शब्द मुसलमान वस्त्र निर्मातालाई भनिन्थ्यो । तर, अहिले समग्रमा यो शब्द दमाईसूचक दर्जी को रुपमा समेत प्रयोग गर्ने गरेको पाईन्छ ।

बाजा बजाउने र सिलाईको काम गर्ने गरेकाले अरु मनोरञ्जनकारी जातिहरु भन्दा यिनीहरुको अवस्था अलि राम्रो देखिन्छ । तर, विकासक्रमलाई हेर्ने हो भने आज पनि यिनीहरु शताब्दिऔ अघिको जीवनयापन गर्न बाध्य छन् । दुल्लुको कोटीस्तम्भको शाके १२७९ को पृथ्वी मल्लको शिलाभिलेखमा ३६ कर माफ गरिएका जातहरुमध्ये हुड्के (दमाई) पनि रहेको पाईन्छ । तल्लो जातिका काम गरी खाने शिल्पीहरुलाई पृथ्वी मल्लले करमुक्त गरिदिएको कुरा यसबाट पुष्टि हुन्छ । (नेपाल सङ्गीत सँस्कृति, रामशरण दर्नाल, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान २०४५) त्यसै गरी दमाई जातिको नामकरणवारे एक रोचक लोककथा यस्तो रहेको छ । आदिम प्राचिन कालमा जंगलमा ठूला–ठूला जीव जनावरहरुबाट बाँच्नका लागि मानवहरुले आफ्नो सुरक्षको निमित्त साथीहरु बोलाउँदा सुकेका ठूला–ठूला रुखहरुमा ती जंगली मानवहरुले लठ्ठीले हानी रुखको बोक्राबाट आएको आवाजाबाट साथमा सबै भेला हुन्थे । त्यस ठाँउमा सबै जना भेला भई सर–सल्लाह र सभा सकिए पछि आ–आफ्ना वासस्थानतिर फर्कन्थे । यो क्रम धेरै दिन सम्म चल्दै गयो । एक दिन भने ५⁄६ जना जवान मानिसहरु जम्मा भई शिकारको निम्ति एक घना जंगलमा बसे । त्यस जंगलभित्र एउटा ठूलो (धाप) पोखरी झै परेको खाल्डो थियो । र, त्यस धापमा अलि गहिरिएर पानी जमेकोथियो । ती शिकारी जवानहरु प्नि त्यो धापनिर आइपुग्दा प्यास लाग्यो । र, ती मानवहरु आखिर त्यहि धापनिर आइपुगेका मात्र के थिए । एक जना चाँहि अति नै प्यासले दर्गुदा त्यहि धापको किनार आइ पुग्यो । हतार हतारले आफ्नो साथहिरुलाई पनि संकेत गर्दै त्यहि धापनेर बोलाएर पानी खान खोज्दा त्यस पोखरीमा एउटा अचम्मको डल्लो देखियो । सबै छक्क पर्दै यो के हो भनी हेर्दा त अचम्मको अजिङ्गर र बाघ डुबेर मरेको देखियो । अनि उनीहरुलाई पनि त्रास भए पनि कत्ति पनि नडराईकन एउटाले आई बाघलाई भालाले हानी हेर्दा न उठ्यो, न करायो । यो देखेर उनीहरुले सोच्न थालेकी ती दुबै मरेका नै हुन् । उनीहरु साह्रै रमाए र ती मध्ये एक जनाले भन्यो“ साथी हो हामीले दुःख नगरीकनै भगवानले आहारा जुटाईदिए ” सबै जना मिली त्यस बाघ अजिङ्गरलाई धापबाट तानीपानीबाट निकालीसकेपछि एक जनाले बाघ कत्तिको मोटाएको रहेछ भनी उसको भँुडीमा हानी हेर्दा दुँगदुँग आवाज आयो । र, त्यस आवाजलाई वास्ता नगरी उनीहरुले बाघको छाला टाँग्न लागे । साथै मासु पनि काटी पोलीपोलीकन खान थाले । बाँकी रहेको मासु आपसमा बाँडचुँड गरी काट्न थाले । त्यसैगरी अजिङ्गरको पनि त्यस्तै प्रकारले भाग लागाई आफ्नो घरतिर प्रस्थान गरे । बाटोमा जाँदै गार्दा भने साथी हो । हामीहरुले मात्र यो मासु खाएर के गर्ने ? हामीहरुले नाइकेको भाग छाला पनि त बोक्नुपर्छ । यति भने पछि सम्झि बुझि त्यो छाला पनि बोकी घरको बाटो लम्किँदै जाँदा जाँदै नाइकेलाई पनि बाटामा नै जम्का भेट भयो । र, भेट हुने बित्तिकै त्यस फौजका साथीहरुबाट बाघको मासु र छाला माग्यो । मासु र छाला नाइकेले पाउँदा अत्यन्त खुशी भईघरतिर बोकी गयो । घर पुगेपछि नाइकेको अँगनमा एउटा ठूलो रुखको टोड परेको काठ देखेर त्यस टोडपरेको रुखमाथि बाघको छाला सुकाएको थियो । छाला सुकाईरहँदा उसको हात छालामाथि जोडसँग बजारिँदा निकै ठूलो धुँग धुँग आवाज आयो । यसबाट नाइके अचम्मित भयो । फेरि उसले दोहोर्याई दोहोर्याई त्यो सुकाएको छालामाथि हान्दा उस्तै धुँग धुँग आवाज नै आयो । यो देखेर नाइके निकै खुशी भयो । सोही समयमा महाराजाबाट त्यस नाइकेलाई बोलाउन आठपहरियाहरु आइपुगे । त्यसैगरी नाइकेले पनि त्यस काठको टोडमा सुकाइराखेको बाघको छालालाई राम्ररी बाजाको आकार बनाई राजाको छेउमा अइपुग्दा राजालाई आश्चर्य लाग्यो । र, राजाले त्यस नाइकेसँग सोधे– “ ए नाइके यो, के ल्याएको ?” नाइके भन्दछ–“ प्रभु ! म के भनूँ ” भन्दा राजाले दमाई भन्ने आवाज निस्ँकदा सबैले “ दमाहा ” भनी नामकरण गरिदिए । राजा पनि त्यस दमाइदेखि अतिनै खुशी भई नाइकेलाई १००।– असरको बकस दिए । र, त्यस दिनदेखि राजालाई आनन्द, खुशीका साथै पीर पनि लाग्यो ।
“ मन्त्री, दमाहालाई हाम्रो राजदरवारमका जनतालाई भेट गर्न घरमा डाक्दा यहि दमाहा बजाउनु पर्ला । ” भनी सोद्धा मन्त्रीले “ राजन तर अपशोच हामीले यो दमाहा बजाउन मानिस तयार पार्नु पर्ला । ” भनी विन्ती चढाउँदा राजा भन्छन्–“ मन्त्री अब तिमी नै भन कस्तो मानिस राख्दा वेश हुनेछ ।”

दमाईहरुको इतिहास केलाउँदा, शुद्रहरुको इतिहाससम्म पुग्नैपर्नेहुन्छ । किनकी प्राचिन समयमा दमाईहरुलाइै पनि शुद्रकै दर्जामा राखिएको थियो । वेद, महाभारत, क्र्रृग्वेद र रामायणकालदेखि नै विभिन्न ठाँउ र प्रसंगमा शुद्रहरुको अस्तित्व उल्लेख भएको पाइन्छ । वैदिक कालमा उनीहरुको सामूहिक चिनारीको रुपमा “शुद्र” शब्दको प्रयोग गरिन्थ्यो ।

“राजन अब हामीले एउटा मानिस खोजी नै गर्नु पर्ला ।” भनी मन्त्री दमाहा बजाउने मानिसको खोजीमा लागे । जाँदा– जाँदा एउटा जङ्गलको छेउमा एउटा सुन्दर मानिस फेला पर्यो । मन्त्रीले त्यस केटालाई वोलाई भने “ हे नौजवान तिम्रो त्यो रुप र जवानीदेखि म साह्रै प्रभावित छु । तिमीलाई राजदरवारमा लगेर राजभक्त बनाउने इच्छा भएको हुनाले सोधपुछ गर्दछु । ”त्यस नौजवानलाई पनि मन्त्रीको कुरा मन पर्यो र साथै जान मन पर्यो र साथै जान राजी भयो । नौजवान र मन्त्री राजदरवार भित्र प्रवेश देखेर राजा लगायत सबै रमाए । त्यस नौजवानलाई राजाबाट हुकुम भयो कि नौजवान तिमी देशभक्त बनी आजदेखि दरवारमा बसी यो दमाहा बजाउने काम गर्नु । साथै, तिमीलाई देशको रक्षकको पद पनि दिन्छु भनेको सुन्दा जावन साह्रै खुशी । काम गर्दै गयो ५⁄६ वर्ष बितिसकेपछि राजाले एक दिन बोलाउने क्रममा नाम नआएको हुँदा “दमाई” भनी बोलाए । सोही समयदेखि दमाहा बजाउने क्रममा त्यो जवानलाई दमाई नै भनी नाममकरण गरी बोलाउन थाले । त्यहि नामद्धारा नै आजसम्म जातिसुचक शब्दको रुपमा दमाई र दमाईको काम कर्म चल्दै आईरहेको पाईन्छ । (नेपाली नृत्य पुस्तक, भाग–१, कुमार प्रसाद नेपाली, २०२३, पृष्ठ ११–१४) । यो जुनसुकै रुपको कहानी वा कथा भए पनि निकै वैज्ञानिक र तथ्यको नजिक छ । किनकी, यो घट्ना जङ्गली युगको अन्त्य र कुर्षि युग शुरुवातको वीचमा भएको छ । त्यो वेलाको मानव जनजीवन र परिवेशसँग ठ्याक्कै मिल्न जान्छ ।

इतिहासः–दमाईहरुको इतिहास केलाउँदा, शुद्रहरुको इतिहाससम्म पुग्नैपर्नेहुन्छ । किनकी प्राचिन समयमा दमाईहरुलाइै पनि शुद्रकै दर्जामा राखिएको थियो । वेद, महाभारत, क्र्रृग्वेद र रामायणकालदेखि नै विभिन्न ठाँउ र प्रसंगमा शुद्रहरुको अस्तित्व उल्लेख भएको पाइन्छ । वैदिक कालमा उनीहरुको सामूहिक चिनारीको रुपमा “शुद्र” शब्दको प्रयोग गरिन्थ्यो । पूषाक्र्रृषि शुद्र भए पनि उनको सामाजिक मर्यादा उच्च र प्रतिष्ठित थियो । त्यस समयमा सामाजिक विभाजन भएकै थिएन । महाभारतकालमा द्रोणचार्यले एकलव्यलाई धनुर्विद्या सिक्नबाट वञ्चित गराए । रामयणकालमा रामचन्द्रले शुद्रहरुका गुरु शम्बुक तपस्या गर्न लागेका बेला हत्या नै गरिदिएका थिए ।

(हाम्रो समाज एक अध्ययन, दोस्रो संस्करण २०४९) मा जनकलाल शर्माले पृष्ठ ६२ मा क्रृग्वेदमा कर्मार अर्थात् फलामको काम गर्ने कामी, चर्मम्न अर्थात् सार्कीको उल्लेख पाइन्छ भनेर लेखे पनि कामी, दमाई, सार्कीको जातीय उत्पति र विकासवारे बृहद रुपमा लेख्न कञ्जुस्याँई गरेका छन् । सायद तथ्य कुरा बाहिर आउने मनोवैज्ञानिक डरले पनि यसो भएको हुनसक्छ । (डोरबहादुर विष्टले सबै जातको फूलवारी २०३४ तेस्रो संस्करण ) मा कामी, दमाई, सार्की जातिको उत्पति र विकासवारे लेख्न आनाकानी गरेका छन् । उनी यो विषयमा राम्रो जानकार थिए । हामी बाहुन क्षेत्री शीर्षकमा “ ज्यादै नै सानो जनसंख्या हुनाले पातलो गरी झन्डै उत्ति नै संख्यामा रहेको जातिचाँहि कामी र दमाई नै होला ।” लेखेर पनि सार्कीको उल्लेख गरिएको छैन् । इतिहास जित्नेहरुले मात्रै लेखे, हार्नेहरुको कसले लेखिदिने ? पौराणिक ग्रन्थका विभिन्न सन्दर्भ र प्रसंगमा शुद्र जातिको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा तथा कुनै न कुनै रुपमा उनीहरुको उपस्थिति भएको प्रमाण धर्मग्रन्थहअरुले दिएका छन् । तसर्थ, यी समुदायहरु पनि राष्ट्रिय जीवनका आरोह–अवरोह, उकाली ओराली, दुःख कष्टका टेको टेक्दै परापूर्व कालदेखि नै आफ्नो प्राण रक्षा एंव जातीय अस्तित्वको पहिचान दिँदै आएका रहेछन् भनेर सामाजिक आत्मसम्मान र महत्व दिनु उचित देखिन्छ । शुद्र जातिको अस्तित्वको पहिचान हिन्दू ग्रन्थले दिँदै आए पनि मनुस्मृति ग्रन्थले राजा र पुराहित वर्गको प्रतिष्ठामा लगेर स्वर्ग, नर्क, भाग्यवाद र ईश्वरको समकक्षमा स्थापित गरेका छन् । महिला, शुद्रको खुब निन्दा गर्दै पशुको गणनामा राखेका छन् ।

डोरबहादुर विष्टले सबै जातको फूलवारी २०३४ तेस्रो संस्करण ) मा कामी, दमाई, सार्की जातिको उत्पति र विकासवारे लेख्न आनाकानी गरेका छन् । उनी यो विषयमा राम्रो जानकार थिए । हामी बाहुन क्षेत्री शीर्षकमा “ ज्यादै नै सानो जनसंख्या हुनाले पातलो गरी झन्डै उत्ति नै संख्यामा रहेको जातिचाँहि कामी र दमाई नै होला ।” लेखेर पनि सार्कीको उल्लेख गरिएको छैन् । इतिहास जित्नेहरुले मात्रै लेखे, हार्नेहरुको कसले लेखिदिने ?

 

दास युगको शासन सत्ताको पक्षमा स्तूति गाएर आफ्नो दुनो सोझ्याउने राजाका गुरुहरुमध्ये वशिष्ठ, यज्ञवल्क्य, परासर, मनु आदि जस्ता क्रृषिहरु थिए । उनीहरु शासनसत्ता टिकाएर राजाको आर्शिवाद प्राप्त गरी अनेकौ दान दक्षिणा जुटाएर सुखमय जीवनयापन गर्न सफल भएका थिए । शासन सत्ताको मोजमस्ती खोसिने डरले प्रशंसा, चाकरी र स्तूतिका मन्त्रहरु रचेर राजालाई खुशी पार्न लागेका थिए ।
दक्षिण एशियामा आर्यहरुको आगमन पूर्व द्रविड र आष्ट्रिक दुई प्रमुख जातिको बसोवास रहेको तथ्य इतिहासले वोलेको छ । यी जातिहरु कालो, रातो र पहेंलो वर्णका थिए । कपाल कालो, टाउको थेप्चो र नाक बुच्चो यिनीहरुको शारीरिक विशेषता रहेको थियो । इरानवाट प्रवेश गरेका आर्यहरुको भने टाउको लाम्चो÷चेप्टो,अनुहार गोरो र नाक चुच्चो थियो । लगभग ६ हजार वर्ष अघि इशापूर्व ३००० मा भारत प्रवेश गरेका आर्यहरुले त्यो बेलाको सामाजिक जीवनका सवै क्षेत्रमा प्रभुत्व जमाएका थिए ।
यहि समयमा आफुवाट पराजितलाई उनीहरुले प्रथम पटक दास वनाएका थिए । विश्वकै सर्व प्राचिन ग्रन्ध ऋग्वेद ईशापूर्व १५००—१००० को वीचमा वेदव्यासले स्थापना गरेको थिए ।ऋग्वेदमा जम्मा १० मण्डल रहेका छन् । एक देखि नवौ मण्डल सम्म जातिय विभेद र वर्णव्यवस्थाको उल्लेख गरेको छै । तर ऋग्वेदको अन्तिम दशौं मण्डलमा विराट पुरुषको नाममा मुख ब्राम्हण, हात क्षेत्रीय, जांघ वैश्य र खुटृा शुद्र थिए भनेर लेखिएको पाइन्छ ।
आरम्भमा दास प्रथावाट शुरु भएको उँचनिचको व्यवस्थाले ईशापूर्व १००० भन्दा पछि आइपुग्दा जातीय भेदभावको कलंकको रुपमा स्थापित भएको पाइन्छ । सबै मानवको जन्म योनीबाट हुने प्राकृतिक नियमलाई समेत हिन्दुधर्मले चुनौती दिंदै मुख, हात, जाँघ र खुटृालाई समेत मानव जन्मारम्भ भनि विज्ञानलाई पनि उल्लु बनाउने काम गरिएको छ । परिणाम स्वरुप पण्डित, शिक्षा आर्जन गर्ने ब्राम्हण, सेवा सुरक्षा र प्रशासनिक काम गर्ने क्षेत्रीय, व्यापार व्यवसाय पशुपालन गर्ने वैश्य र श्रमजीवी, सीप, प्रविधि, कलाकौशल, शिल्पकारी सम्पूर्ण सेवामूलक काम गर्ने समुदायलाई शुद्र भनी चार वर्णको विभाजन रेखा कोरियो । रंगको आधारमा गरिएको विभाजनले कालान्तरमा सामाजिक प्रतिष्ठा, सम्मान र श्रमिक वर्गको पहिचान दिने स्पष्ट रुपमा जातिय असमानताको सुत्रपात गर्ने काम भयो । शुरुमा सबै शुद्र दास थिएनन् । तर सबै दास शुद्र थिए । करीब ईशापूर्व ६०० देखि ३०० को वीचमा वस्तुत : स्थिर रहेको वर्ण व्यवस्थालाई त्रू्र ÷ कठोर वनाइयो र शुद्रमाथि जीवनयापनका सबै क्षेत्रमा चाौतफी नाकाबन्दी नै लगाइयो । प्रकृतिप्रदत्त अधिकार समेत खोसियो । आर्थिक, सामाजिक, राजनीतिक, कानूनी, धार्मिक सांंस्कृतिक जस्ता जन्मसिद्ध अधिकारबाट समेत बञ्चित र विमुख गराइयो । यसै कालखण्डदेखि नै सबै शुद्रहरु दासमा परिणत भएका थिए ।
ईशापूर्व २०० मा आएर मनुले वर्णव्यवस्थालाई क्ररु बनाउँदै जतीय विभेद तथा छुवाछुत प्रथाको थालनी गरेका हुन् । तात्कालिन समयका युद्धबन्दीहरु ऋण असूल गर्न नसकी दासत्व स्वीकारेकाहरु, दासदासीका पुत्र÷पुत्रीहरु, किनबेच गरिएका दान वा बकसमा प्राप्त मानिसहरु, राजदण्डबाट बच्नका लागि दासत्व स्वीकार गरेका मानिस लगायतलाई शुद्र घोषणा गरियो ।
सोही मनुस्मृतिकालमा “शुद्र, ठोल र नारी यातनाका भागीदारी“ भन्ने तल्लो स्तरको कानून स्थापित गरियो । त्यो बेलासम्म पनि नेपालमा जातीय विभेद र वर्ण व्यवस्थाको थालनी भैसकेको थिएन । ईशाको दोस्रो शताब्दिको प्रारम्भसंगै नेपालमा शासन गरीरहेका किरांतहरुलाई पराजित गरी भारतबाट आएका लिच्छविहरुले शासनसत्ता आफ्नो हातमा लिए । वागमती उपत्यकामा शासन गरीरहेका लिच्छवीहरुले समाजलाई वर्णव्यवस्थाको शुरुवात र नेपाललाई चार वर्ण १८ जातमा विभाजन गरेको पाइन्छ । यो काम ईशाको २०० देखि ६०० को वीचमा भएको मानिन्छ । माथिको तथ्याङ्कले दलित तथा शुद्रको नेपाल प्रवेशको मोटामोटी मितिलाई पनि प्रष्ट पारेको छ । १२ औ शताब्दीताका खसहरुसंगै शुद्र पनि नेपाल आएका हुन् भन्ने इतिहासलाई पनि यसले उल्टाइदिएको छ ।
“नेपालमा खश जाति र बुद्धधर्म“ शीर्षकको कार्यशाला गोष्ठीको कार्यपत्र (२०६६ श्रावण ३१ शनिवार) डा.केशवमान शाक्य लेख्छन् । कर्णाली भेगमा रहेका वर्तमान दलित त्यो वेलाका शुद्रहरु ईशाको पांचौं शताब्दिमा खशहरु आइपुग्नु भन्दा अघिका प्राचिन अविकसित कविला अनादिवासीहरु हुनसक्ने र उनीहरुले पनि प्रकृति पूजकको रुपमा रहेको कुरा उल्लेख गरिएको छ ।
यस तथ्यवाट के यथार्थ र निष्कर्षमा पुग्न सकिन्छ भने नेपालमा दलित वा शुद्रहरुको प्रवेश ईशाको दोस्रो शताब्दिको वरिपरिवाट भएको थियो । यसलाई किरांत कालको अन्त्य र लिच्छवी शासनको समयले थप पुष्टि गरेको छ । तसर्थ, दलितहरु यो देशका मुलवासी हुन् । जसले शताब्दिऔं अघिदेखि नेपाल भूमिमा आफ्नो श्रमपसिना बगाउँदै आएका छन् । वास्तवमा नेपालको तथ्य इतिहास लेखिएकै छैन भन्दा फरक नपर्ला । किनकी तथ्य कुरालाई वाङ्गोटिङ्गो र आफु अनुरुप अनुकुल पारिएको कुरा छर्लङ्गै छ ।

पञ्चैबाजा र दमाई जाति

नेपाली सङ्गीत आकाशमा पञ्चैबाजा प्राचीनकालदेखि नै बज्दै आएको छ । मङ्गलवाद्यका रुपमा यसलाई विशेष गरी दमाईहरुले बजाउँदे आएका छन् । जातिसूचकको रुपमा यसलाई मङ्गले वा दमैबाजा पनि भन्ने गरिएको पाईन्छ । विगतमा नेपाली संस्कृतिको रुपमा पञ्चैबाजा बजाउँदा जातीय रुपमा दमाईहरुलाई होच्याउने र विभेद गर्ने गरिन्थ्यो । पछिल्लो कालमा यो बाजाले व्यवसायिक रुपमा फड्को मार्न थाले पछि भने सबै जातिले आँखा गाडेको पाईन्छ । पञ्चैबाजाका वादकहरुलाई सगुणी पनि भनिएको छ । सगुणीलाई देखेमा साइत पर्ने परम्पराले पनि सो कुरालाई पुष्टि गर्छन् ।
परम्परागत रुपमा प्राचीन समयदेखि बज्दै आएको पञ्चैबाजामा पाँच प्रकारका बाजा रहन्छन् –सह्नै, ढोलकी, दमाहा, झ्याली र ट्याम्को । पञ्चैबाजामा सह्नै मुख्य स्वरबाजा हो । यसले विभिन्न राग (धुन) बजाउने गर्छ । ढोलकी मुख्य ताल बाजा हो । यसले ताल दिने र ताल मार्ने काम गर्छ । पञ्चैबाजामा दमाहा र ट्याम्को सहायक तालबाजा हुन् । यिनले तालको निरन्तरतालाई कायम गर्छन् । झ्याली (भूर्मा) काँस्य (काँस) तालबाजा हो । यसले पनि सहायक तालबाजाका रुपमा ताललाई सघाएको हुन्छ ।
सङ्गीतशास्त्रीय वर्गीकरण अनुसार स्वरबाजा सह्नै सुषिर बाद्य हो । यसलाई औला चाली फुकेर बजाईन्छ । ढोलकी, दमाहा र ट्याम्को छालाले मोहोरिएको (मोहोर्नु) आनद्धबाद्य हुन् । जसलाई गजाले ठोकेर बजाईन्छ । झ्याली चाँहि धनवाद्य अन्तर्गत राखिएको छ । पञ्चैबाजा नेपाली परम्परागत मौलिक सङ्गीतको विशिष्ट बाजा हो । हरेक संस्कार, संस्कृति, चाडपर्व, उत्सव, अवसर र शुभकार्यमा पञ्चैबाजा आवश्यक मानिएको छ । अर्को अर्थमा यो बाजालाई पदार्थको रचना भएको पञ्चतत्वको प्रतीकको रुपमा पनि मानिएको पाईन्छ । माटोबाट बनेका ढोलकी, दमाहा र ट्याम्को अनि काठबाट बनेको सह्नै र पञ्च धातुबाट निर्मित झ्याली (भूmर्मा, झ्याम्टा) ले ती कुरालाई थप प्रष्ट पार्दछन् ।
विशेष गरी नेपाली समाजको सबै सांस्कृतिक, धार्मिक क्रियाकलापमा पञ्चैबाजालाई अनिवार्य जस्तै मानिएको छ । पञ्चैबाजामा मङ्गलधुन (आरती), बढाइँ (सलामी) देखि लिएर स्तूती, बेला राग र लोकसङ्गीतमा लोकप्रिय, झ्याउरे ख्याली, चुड्का, असारे, उठस्वामी आदि धुन बज्ने गर्छन् ।
पञ्चै बाजामा बेहुली माग्ने धुन मौलिक धुनको रुपमा रहेको पाईन्छ । यसैगरी भोटेसेलोको धुन बजाउँदा देवता चढ्ने डरले यो धुन त्यति बजाउने नगरिनुले पनि यसको प्रभाव र महत्वलाई सहजै आंकलन गर्न सकिन्छ ।
पञ्चैबाजा समूहको अलि ठूलो रुप ‘नौमतीबाजा’ हो । यसमा थप सहनै र दमाहा एक–एक वटा रहन्छन् । नरसिङ्गा र कर्णाल दुई सुषिरबाद्य (फुकेर बजाइने) पनि सम्मिलित गराईन्छ । विशेष गरी नौमतीबाजा नौवटा मात्र रहने गरे पनि कतै–कतै १३ वटा सम्म वा त्यो भन्दा बढी संख्यामा पनि बाजा बजाइएको पाईन्छ ।
मुख्यतया ः पञ्चैबाजाचाँहि नेपाल अधिराज्यका सबे क्षेत्रमा बज्दै आएका छन् । अहिले नेपाली संस्कृतिको रुपमा यो बाजाले देश बाहिर समेत प्राथमिकता पाउँदै आएको पाईन्छ । स्वदेश र विदेशमा समेत पञ्चैबाजा नेपाली संस्कृतिको स्पन्दनको रुपमा रहन सफल भएको छ । (नेपाली बाजा–रामशरण दर्जामा पृष्ठ–२१६–२२०)
पञ्चमहाभूतको प्रतिक पञ्चैबाजा
पञ्चैबाबजामा मुख्यतया पाँचवटा बाजा रहेको हुन्छ । जसमा– १. सह्नैः पञ्चैबाजा भित्रको सहनै, नरसिंगा र कर्णललाई आकाश तत्वसँग राख्न सकिन्न्छ २. ढोलकीः पञ्चैबाजा भित्रको ढोलकीलाई वायु तत्वसँग राख्न सकिन्न्छ ३. भूर्मा (झ्याली)ः पञ्चैबाजा भित्रको झूर्मालाई लाई वायु तत्वसँग राख्न सकिन्न्छ ४.दमाहाः पञ्चैबाजा भित्रको दमाहालाई पानी वा जल तत्वसँग राख्न सकिन्न्छ ५. ट्याम्कोः ट्याम्कोलाई पृथ्वी वा भूमि तत्वसँग रहन्छन् । विश्व पाँचवटा मूल र सारभूत तत्वह्रुबाट बनेको छ, जसलाई पञ्चमहाभूत भनिन्छ । यी पञ्चमहाभूत यस प्रकार छन् । १. आकाश (अन्तरिक्ष) २.वायु ३.अग्नि ४.जल ५.पृथ्वी वा भूमि । पृथ्वीका सबै प्राणी र हामीले निर्माण गर्ने घर (भवन) पनि यिनै तत्वहरुबाट बनेका छन् । यि तत्वहरु नभएमा पृथ्वीमा जीवन रहन सक्दैन । यी शक्तिहरुको पारस्परिक निर्भरता र आन्तरिक प्रक्रिया, जसले एक अर्काबाट विरोधी र अपकर्षक प्रकृति राख्छन् र तिनीहरुको वीचमा एउटा अदृष्य समीकरणको काम गर्छ । यो विषय मानिसको बुभाई भन्दा टाढाको कुरा हो । मानिसले आफ्नो काम गर्ने तथा बस्ने ठाँउहरुलाई आफ्नो इच्छा अनुसार निर्माण गर्न सक्छ । तर, ऊ कहिल्यै पनि प्रकृति र त्यसका शक्तिहरुलाई , जसले उसको जीवनमा प्रत्यक्ष प्रभाव पार्छ, नियन्त्रण गर्न योग्य हुन सक्ने छैन ।

मुख्यतया : पञ्चैबाजाचाँहि नेपाल अधिराज्यका सबे क्षेत्रमा बज्दै आएका छन् । अहिले नेपाली संस्कृतिको रुपमा यो बाजाले देश बाहिर समेत प्राथमिकता पाउँदै आएको पाईन्छ । स्वदेश र विदेशमा समेत पञ्चैबाजा नेपाली संस्कृतिको स्पन्दनको रुपमा रहन सफल भएको छ । (नेपाली बाजा–रामशरण दर्जामा पृष्ठ–२१६–२२०)

 

पञ्चैबाजाको बिस्तारित रुप नौमतीबाजा
पञ्चैबाजा–नौमतीबाजाको पुरानो नाम पञ्चैबाजा हो । पञ्चेबाजा पञ्चतत्व र पञ्चधातुको प्रतीक हो । अर्को सन्दर्भमा यो पाञ्चायन देवताको अंश पनि हो । पाञ्चायनमा – शिव, गणेश, देवी, सूर्य र विष्णु रहन्छन् भने विष्णु पाञ्चायनमा विष्णु, गणेश, देवी, सूर्य र शिव रहन्छन् । शिव पाञ्चायनको शैव उपासनाको प्रतिनिधित्व गर्दछ भने विष्णु पाञ्चायनले वैष्णव उपासनाको प्रतिनिधित्व गर्दछ । पञ्चतत्वमा पृथ्वी, जल, तेज, वायु र आकाश तत्व रहन्छ भने पञ्चलौहमा सुन, चाँदी, तामा, रङ र सिसा रहन्छ । दुबैले पञ्चैबाजामा आ–आफ्नो अंश अन्र्तनिहित रहेका छन् । दुबै प्रकृतिका प्रतीक पनि हुन् ।
यसरी पाँच देवता, पाँच तत्व र पाँच धातु मिलेर पञ्चबाद्य (पञ्चैबाजा) को स्वरुप लिएको हुनुपर्छ । हुन त वौदिककाल अघि देखि नै पञ्चमुखवाद्यम् को प्रचलन रहेको देखिन्छ ।
पञ्चैबाजाका पाँचवटा बाजा वैदिककालअघि देखि नै बज्दै आएका छन् । मङ्गल र शुभको प्रतीक पञ्चैबाजामा पाँचवटा बाजा रहन्छन् । जसमा–सह्नै, ढोलकी, भूर्मा (झ्याली), दमाहा र ट्याम्को रहन्छन् । प्राचीनकालदेखि नै सगुनी (सगुणी) जातका रुपमा चिनिने दमाई जातिको पञ्चैबाजा र नौमतीबाजा, मन्दिरदेखि प्रत्येक शुभकार्यमा बढ्दै आएको छ । यी दुबै बाद्यसमूहले धार्मिक कार्यदेखि साङ्गीतिक र सांस्कृतिक क्षेत्रमा ठूलो योगदान दिँदै आएका छन् ।
दूर–दराजका गाउँ घरदेखि रोडियो, टेलिभिजन र ठूला रङ्गमञ्चमा समेत प्रवेश पाएका यी दुबै बाद्य समूह नेपाली सङ्गीतको अभिन्न अङ्ग बनेको छ । तर, यसको उचित प्रशिक्षणको व्यवस्थाको अभावले आधुनिकता तर्पm फड्को मार्न सकेको छैन । कुनै किसिमको शैक्षिक र व्यावहारिक तालिम र शिक्षा समेत पाउन सकेको छैन । विदेशमा त कुरै छोडौ, स्वदेशमा समेत यी दुई बाजाको उचित प्रशिक्षणको व्यवस्था छैन ।
पञ्चैबाजा र नौमतीबाजा बादक दमाई जातिबारे सर्वप्रथम प्रकाश पार्ने श्रेय फ्रेन्च सङ्गीतशास्त्री मेरिय हेल्फरलाई जान्छ । उनले यो जातिबारे गहिरो अध्ययन गरेकी छन् । सन् – १९६९ मा पेरिसबाट उनले दमाई जातिबारे एक लेख फ्रेन्च भाषामा प्रकाशित गरेकी थिइन् । त्यसैगरी जर्मन सङ्गीतशास्त्री फेलिक्स होर्बगरले सन् – १९७५ मा जर्मन भाषामा नेपालको सङ्गीतबारे एउटा पुस्तक प्रकाशित गरेका थिए । उक्त पुस्तकमा धेरै अध्याय दमाई जातिको पञ्चैबाजा र नौमतीबाजामा रहेको थियो । पछिल्लो खोज–अनुसन्धानका क्रममा सन् १९९० मा बेलायती सङ्गीतशास्त्री डा. क्यारोल टिङगीले दमाई सङ्गीतबारे गहन अध्ययन गरी प्रज्ञा प्रतिष्ठान र बेलायतको क्इब्क् बाट सन् १९९४ मा अर्को पुस्तक प्रकाशन गरेकी थिइन । अंग्रेजी भाषामा लेखिएका यी दुई ग्रन्थले पञ्चैबाजा र नौमतीबाजा बारे र तिनका वादकहरुको सामाजिक, राजनीतिक र आर्थिक अवस्था बारे राम्ररी चित्रण गरेकी छन् ।
डा. क्यारोलले विश्वसङ्गीतमा पञ्चैबाजा र नौमतीबाजालाई परिचित गराउने क्रममा ती ग्रन्थ प्रकाशमा ल्याएकी थिइन् ।  पञ्चैबाजा र नौमती बाजाको निर्माणमा कामी, सार्की, वादी र तमोटहरुको विशेष योगदान रहेको हुन्छ । तिनले फलाम, पितल र तामाको बाजाको स्वरुप तयार गरिदिएपछि सार्की र वादीहरुले छाला मढिदिने काम पूरा गरिदिन्छन् । यस सन्दर्भमा ढोलकी बजाउन चुनारा र छाला मढ्ने कुलु (वाढी) को योगदानलाई पनि बिर्सन सकिँदैन ।
दमाई जातिले प्राचीन समय देखि मन्दिरमा मात्र बजाउँदै आएका कतिपय बाजाको परिचय लोप भैसकेको छ । यी बाजाहरुमा बानो, बिजुलीबाना, रास, ढोपवाना, मार्फा, शिखरबाना र काहल आदि बाजा मन्दिरमा मात्रै बजाउने गरिन्छ । बढ्दो आधुनिक व्याण्ड बाजाको प्रभाव, मौलिक बाजा प्रतिको बेवास्ताले बाजा र वादकको नै लोप हुने खतरा देखिन्छ ।
पञ्चैबाजा र नौमतीबाजाका पर्याय बनेका दमाई जातिको केहि कला प्रतिभाहरु हाल राष्ट्रिय स्तरमा मात्र सीमित नरही अन्तराष्ट्रिय स्तरमा समेत चर्चामा रहेका छन् । तर, पञ्चैबाजा र नौमतीबाजाले अपेक्षाकृत रुपमा फड्को मार्न नसक्नु चिन्ताको विषय बनेको छ । नेपालको भूगोल र जातिमा विविधता भए जस्तै पञ्चैबाजा र नौमतीबाजा पनि पूर्व देखि पश्चिम सम्मका भिन्नता र फरक विशेषताको पाइएको छ । यसको वृस्तृत अध्ययन अनुसन्धान हुन सकेको छैन । दमाईहरु समृद्ध बाद्य समूह भए पनि विभेद र अपमानका कारणले बिस्तारै कला, संस्कृति र सङ्गीतप्रति माया र स्नेह घट्दै गएको छ ।

दमाई जातिले प्राचीन समय देखि मन्दिरमा मात्र बजाउँदै आएका कतिपय बाजाको परिचय लोप भैसकेको छ । यी बाजाहरुमा बानो, बिजुलीबाना, रास, ढोपवाना, मार्फा, शिखरबाना र काहल आदि बाजा मन्दिरमा मात्रै बजाउने गरिन्छ । बढ्दो आधुनिक व्याण्ड बाजाको प्रभाव, मौलिक बाजा प्रतिको बेवास्ताले बाजा र वादकको नै लोप हुने खतरा देखिन्छ ।

 

नेपाली सङ्गीतकलाको सन्दर्भमा पञ्चैबाजा र नौमती बाजा को सन्दर्भमा राजा पृथ्वी नारायण शाहद्वारा नगर्चीको पदवीले नगरा वादकलाई राष्ट्रिय सङ्गीतमा सम्मान दिइए पनि आज सम्म पञ्चैबाजा र नौमती बाजाको संस्थागत विकास, संरक्षण र सम्बर्दन हुन सकेको छैन । परिणाम स्वरुप यस बाजाका पूँजीको रुपमा रहेका पूर्खा बादकहरु लोप हुँदै गएका छन् । उनीहरुसँगै पूराना नेपाली मौलिक राग (धुन), ताल, गाथा, सीप बिलाउँदै छन् । दमाई जाति र पञ्चैबाजा–नौमतीबाजा एक–अर्काको अस्तित्वको पुरक भएकोले यी दुबै बाद्य र वादकको संरक्षण गर्नु पर्ने देखिन्छ । पोशेवर क्षेत्रका कलाकारको सन्दर्भमा हामि यी जातिलाई सम्झन्छौँ, जो नेपाली समाजमा दमाई, गाइने वादी र चमारका नामले परिचित छन् ।
यी जन्मजात कलाकारले आफ्नो मौलिक संस्कृति र पेशागत रुपमा आज पनि आफ्नो कला पेशा कायमै राखे पनि उचित रुपमा उनीहरुको कलाकारिताको विकास र आधुनिकतामा ढाल्न पाएका छैनन् । विश्वका विभिन्न देशमा पेशेवर कलाकार जातिलाई राज्यले नै माथि ल्याउन पहल गरेको छ । भारतमा समेत विभिन्न पेशेवर कलाकारहरुले आ–आफ्ना क्षेत्रमा अघि बढ्ने अवसर पाउँदै आएका छन् । त्यहाँ, राजस्थानको ‘मगणियार’ जातिलाई लिन सकिन्छ । केन्द्र सरकारले उनीहरुलाई लोकगायक र लोकवादकका रुपमा विश्वसङ्गीतमा परिचित गराउने प्रयास गरिएको छ । उनीहरुको सङ्गीतकलाको संरक्षण र सम्बद्र्धन गर्नुका साथै कलाकारिताको स्तर र विकासका लागि तालिम र प्रशिक्षणको समेत व्यवस्था गरेको छ । नेपालको सन्दर्भमा यसलाई उदाहरणको रुपमा लिन सकिन्छ । नेपाली सङ्गीत विधामा लोकसङ्गीत, परम्परागत सङ्गीत, शास्त्रीय सङ्गीत र आधुनिक सङ्गीतमा धेरै कलाकारहरुले लामो साधना गरेका छन् । यस्ता सङ्गीत साधकहरु अधिकांश जातीय विभेदबाटै अपहेलित गरिएको पाईन्छ ।


प्रकाशित | २ भाद्र २०७५, शनिबार ०८:३२

Leave a Reply

Your email address will not be published. Required fields are marked *