म जहाँ गएँ, विभेदविरुद्ध लडेँ

आम मानिस जस्तै म पनि गाउँमा हुँर्किए । जुन परिवेशमा म हुँर्किए त्यसले सपना देख्न सिकाउने थिएन । बरु पाइलै पिच्छे विभिन्न विभेदका रङ घोलेर कलिला मन माथि घोप्ट्यादिन्थ्यो । त्यसैले पनि मैले त्यस्ता ठूला सपना देख्दै ,देखिँन । आज म अमेरिकामा बसेर अन्तर्राष्ट्रिय  तहबाट नेपाल मात्र नभई विश्वको आसमान्ता र जातिए वा सबै प्रकारका विभेदबारे बोलिरहेको छु । अमेरिकिन युनिभर्सिटीबाट समाजशास्त्रमा मास्टर र वासिङटन कलेज अफ ल बाट इन्टरनेशनल हुमेन राइट्स ल एण्ड इमिग्रेशन ल मा पोस्ट मास्टरको को अध्ययन सक्काएको छु तर स्कुल तहको अन्तिम वर्षसम्म यहाँ आएर काम गर्नु त परको कुरा जिल्ला सदरमुकाम सम्म पुग्छु भन्ने सम्म पनि सोचेको थिँइन ।
म अति सामान्य परिवारको सदस्य थिएँ तर शिक्षाको अवसर भने पाएँ । पाल्पाको लगुवा भन्ज्याङमा छ मेरो गाउँ । माटो टक्टक्याउँदै लडिबुडी खेल्दै कखरा सिक्नका लागि स्कुलसम्म पुगेँ । पञ्चायतको जर्जरतामा हुर्किएको हुँ म । जन्म मिति सन् १९७५ ।
म स्कुल त गएँ तर स्कुल जस्तो पवित्र मन्दिरमा मैले शिक्षा मात्र सिंकिन । जातिय विभेदका बहुरुपको पनि अनुभव गरेँ । कस्तो भने तिर्खा लाग्दा पानी खान पाइने थिएन । शिक्षकले माथिबाट पानी हालिदिनुहुन्थ्यो हामीले तलबाट हात थापेर खान्थ्यौं । पिकनिकमा साथीहरु सँग बस्नु सम्म टाढाको कुरा थियो । यस्ता विभेदका श्रृंंखला त कति–कति । त्यसैले पनि मैले त्यति ठूलो सपना देखिँन । सपना चाही देखेँ, त्यो के भने विभेदविरुद्ध लड्ने । जव मेरो चेतनाले विभेद भोगिरहेको पहिचान ग¥यो तव मन तरंगीत भयो र त्यसका विरुद्ध लड्ने साहस जम्मा भयो र पढ्न पनि थप हौसाइरह्यो । त्यसैले गाउँमै विभेद विरुद्धका अभियान सञ्चालन ग¥यौँ र अन्यायको विरुद्ध जुधिरह्यौं । माध्यमिक तहमा पढ्दा त राजनीतिक चेत पनि विकास भइसकेको थियो । त्यसैले राजनीतिक भातृ संगठनमा जोडिएर आन्दोलनलाई निरन्तरता दियौँ ।
बसाइसराइको जिन्दगी

त्यसरी नै उच्च शिक्षाको लागि बुटवल झरेँ र त्यसपछिको शिक्षाको लागि काठमाडौं । जहाँ जहाँ पुगियो, त्यहाँ विभेद विरुद्धको आन्दोलनमै होमियौँ । यसकारण की मसँग बाल्यकालको भोगाई जो थियो ।
मैले सोचेको थिएँ, गाउँका केही मानिसले विभेद भोगेका छौँ । बुटवल झर्दा त्यो माइन्ड सेट चेन्ज भयो र काठमाडाैं आइपुग्दा सोचाइको दायरा अझ फराकिलो बन्यो । लाग्यो, ‘म मात्र रहेनछु विभेद भोग्ने, मेरो गाउँमा मात्र होइन रहेछ विभेद । यसबाट लाखौँ मानिस आक्रान्त पो रहेछन् । यो आन्दोलन मेरो मात्र पनि होइन रहेछ । हो म एक्लो रहेनछु ।’ त्यसपछि साहसको प्यारामिटर अझ बढेर गयो । हामी सामाजिक न्याय र समानताको विषयमा झन् कटिबद्ध भएर लाग्न थाल्यौँ । त्यो किनभने हामी नक्सा होइन, साँच्चै मान्छे हुन चाहन्थ्यौँ तर त्यो सपना अझै अधुरो छ ।

शिक्षकले माथिबाट पानी हालिदिनुहुन्थ्यो हामीले तलबाट हात थापेर खान्थ्यौं । पिकनिकमा साथीहरु सँग बस्नु सम्म टाढाको कुरा थियो । यस्ता विभेदका श्रृंंखला त कति–कति । त्यसैले पनि मैले त्यति ठूलो सपना देखिँन । सपना चाही देखेँ, त्यो के भने विभेदविरुद्ध लड्ने । जव मेरो चेतनाले विभेद भोगिरहेको पहिचान ग¥यो तव मन तरंगीत भयो र त्यसका विरुद्ध लड्ने साहस जम्मा भयो र पढ्न पनि थप हौसाइरह्यो ।

यथास्थितिबादी राज्य संरचना

काठमाडौमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका साथीहरु भेटिनुभयो । काठमाडौंमा हाम्रो अभियानलाई सञ्चारसँग जोड्यौँ र लेखन प्रकाशनको कामलाई समेत उत्तिकै जोड दियौँ । राजनीतिक दल भित्रैबाट लडेँ । यति सम्मकी आफ्नै पार्टीभित्र हामी जहिले प्रतिपक्षमा हुनुपर्ने । पार्टीले दलितको विषयलाई गहिरो मुद्दा नै नठान्ने । हामीले कन्भिन्स गर्न खोज्ने । उहाँहरु देशमा प्रजातन्त्र आएपछि त्यस सँगै जातीय समस्या पनि अन्त्य हुन्छ भन्नुहुन्थ्यो । बल्लतल्ल पार्टीभित्र दलित जनवर्गीय संगठनहरु संग सहकार्य हुन थाल्यो ।
यसै सँग गाँसिएको निकै स्मरणीय सम्झना छ एउटा । हामी राष्ट्रिय योजना आयोगमा पुगेका थियौँ । त्यहाँ हामी सामाजिक इन्क्लुजनको विषयलाई लिएर पुगेका थियौँ । तर उपाध्यक्षले भन्नुभयो, ‘दलितको पनि कहीँ मुद्दा हुन्छ रु विकासको योजना लिएर आउनु न । विकास भएपछि त छुवाछुत आफै अन्त्य हुन्छ की । छुवाछुत त कुनै मुद्दा नै होइन नी १’ त्यसैले हामीले यो पनि मुद्दा हो है भन्नका लागि कहिले आन्दोलन गरेर, कहिले विरोध गरेर, कहिले ढुंगा त कहिले अक्षरले हानेर सहयोगी बनिरह्यौँ । नेपाली दलित समुदायले गरेको ठूलो बलिदानी पछि बल्ल आज राजनीतिक रुपमा समानता, दलित, महिला, जनजाति र सीमान्तकृतका अधिकारको कुरा केहि हदसम्म स्थापित भएको छ ।

गैरसरकारीको भूमिकास् रचनात्मक र प्रभावकारी

त्यतिवेला जनवर्गीय संस्था र गैरसरकारी संस्थाबीच एक खालको द्धन्द्ध सृजना भयो । पार्टीले गैरसरकारी संस्थालाई प्रतिद्धन्द्धी सम्झन्थे भने सिभिल सोसाइटीले उनीहरुलाई झोले भन्थे । त्यस्तो परिस्थितिको अन्त्य गर्नका लागि हामीले विभिन्न क्याम्पियन ग¥यौँ । मेरो आफ्नै नेतृत्वमा नेपालगञ्ज घोषणा पत्र जारी ग¥यौँ । नेपालगन्ज घोषणापत्र नेपाली प्रोगेसिभ मुभमेन्टको एउटा ग्रेटर चार्टर हो । जसले सोसल इन्क्लुजन, प्रोगेसिभ कोलिएशन अफ अल माइनोरिटिज, सोलिडारिटी एण्ड कोलाबरेशन विथ जनजाति महासंघ, मधेशी फोरम , वुमेन र अन्य सिभिल सोसाइटीको कमन एजेण्डा , प्रोटेक्शन अफ दलित र माइनोरिटिज फ्रम गभरमेन्ट सेक्युरिटिज फोर्स र माओवादी आन्दोलन र शान्तिको लागि आवाज उठायो । अझ महत्वपूर्ण त यो घोषणापत्रले नेपालमा पहिलो पल्ट दलित भित्र पनि अती अल्प्सन्ख्यक दलितको लागि रिजरभेसनको व्यवस्था र कार्यान्वयन ग¥यो । त्यसैको आधारमा पछि ५ वटा मुख्य जनवर्गीय संगठनहरु र डिएनएफको संयुक्त रुपमा रिजरभेसन पोलिसी बनाई दलितहरुको स्टेट मेकानिजमको दस्तावेज तयार गरेर सरकार र सबै राजनीतिक पार्टीहरुलाई बुझायौ जसको आधारमा तत्कालीन सुर्य बहादुर थापाको सरकार र पछि अरु सरकारहरुले दलित र अरुको लागि आरक्षणको कोटाको व्यवस्था गरे । मलाई लाग्छ यो नेपालगन्ज घोषणापत्रको ठुलो उपलब्धी हो । सोसल इन्क्लुजनको लागि बोल्ने र बहस गर्ने त्यति बेला दलित गैरसरकारी संस्था प्रमुख थियो ।

अबको आन्दोलनस् प्रोगेसिभ र इन्क्लुसिभ डेमोक्रेटिक मुभमेन्ट

अबको दलित आन्दोलन अगाडि बढाउनका लागि आन्दोलन सँगसँगै त्यसलाई व्यवस्थापन गर्ने दक्षताको पनि विकास गर्न जरुरी छ । राज्य संयन्त्रको भित्र अर्थात नीति कार्यान्वयन तहमा हाम्रो सहभागिता हुनु आवश्यक छ । जुन अभावको कारण सोसल जस्टीसको नारा केवल नारा मात्र बनेको छ । हामीले उठाएका मुद्दा सबैतर्फ प्रवेश त गरेका छन् तर उनीहरु त्यसलाई कार्यान्वयन गर्ने मनस्थितिमा छैनन् । यसैको परिणाम हो, पर्वतको सिडियोले कार्यालयभित्रै दलित कर्मचारीलाई गरेको विभेद ।
तसर्थ, जवसम्म सबै माइनोरिटी जातिहरु राज्यको संयन्त्रबाट वाहिर हुन्छन्, तवसम्म सोसल जस्टीस फगत नारामा मात्र सिमित हुन्छ तर यो अभियानलाई सफल पार्नका लागि विभेदमा परेको सबै जाति र समुदाय एक भएर आन्दोलनलाई अगाडि बढाउनुपर्छ र पार्टीको नेतृत्वलाई पनि धक्का दिन आवश्यक छ । त्यहाँ भित्रका कार्यकर्ता वा दलित नेताले जवसम्म नेतृत्वलाई सवक सिकाउँदैनन् , तवसम्म नेपालमा दलित समुदाय भोट बैंकमै सिमित हुन्छ ।

अबको आन्दोलनले सामाजिक र राजनीतिक डिमान्ड गर्ने मात्र होइन की परिस्कृत रुपमा काउण्टर राजनीतिक कोलाबरेशन अन्य सबै माइनोरिटिजहरु संग पनि गर्दै र प्रोगेसिभ फोर्स गर्न सक्नुपर्छ । जसलाई प्रो दलित पोलिटिक्स अर्थात प्रोगेसिभ र इन्क्लुसिभ डेमोक्रेटिक मुभमेन्ट भन्छ । यसरी कनै घटना घट्ने वित्तिकै तत्कालै हस्तक्षेपको रणनीतिमा जानुपर्छ । सिंहदरवार, प्रधानमन्त्री कार्यालय घेर्नु पर्ने हो वा अरु केही गर्नुपर्ने हो त्योसम्म पनि गर्नुप¥यो ।

राजनीति पेसा र जीवन निर्वाहमुखी दलित आन्दोलन

राजनीति र दलित मुभमेन्ट एउटा पेसा भयो । हामीले आन्दोलनलाई पेसाको रुपमा लिऔं जसले गर्दा बाचुन्जेल सम्म एउटै व्यक्तिले लिडरशक्ति गर्ने । अनि जसरी हुन्छ राज्यको श्रोतमा दोहन गर्ने मात्रैमा हाम्रो लिडरशीप केन्द्रित भयो । हाम्रो लिडरशीप परम्परावादी भयो जस्तोकी धार नभएको खुकुरी जस्तो । अव दलित आन्दोलनमा नयाँ पुस्ताको उदय हुनु जरुरी छ ।

फरक सोंचका साथ उनीहरु आउनुप¥यो । अहिलेसम्म अधिकांश दलित संगठन विकास गर्नुभन्दा पनि आफ्नो जीवन निर्वाहका लागि लागिरहेका छन् । किनकी उनीहरुसँग जीवन निर्वाहको अर्को पेसा छैन । जसले गर्दा राजनीति नै अपराधिकरण हुन पुगेको छ । जनताले तिरेको पैसाबाट उनीहरुले दुईचार पैसा कमाउँछन् । अव प्रगतिशील र सृजनशील युवाहरु दलित आन्दोलनमा उदाउनुको विकल्प छैन । यसो हुँदा दलितभित्रैका परम्परावादी आन्दोलनकर्मी वा शक्तिहरु सबैभन्दा ठूलो विरोधीको रुपमा देखा पर्छन् । त्यो किनभने उनीहरुको भाग खोसिने ठूलो डर हुन्छ । त्यसैले उनीहरुसँग लडेर समाजको लागि अगाडि बढ्ने साहसका रुपमा नयाँ पुस्ता अगाडि आउनुपर्छ ।
अर्को कुरा दातृ संस्थाहरुबारे पनि समिक्षा हुनु आवश्यक छ । आइएनजीओ वा यूएनडिपीजस्ता संस्थाले नेपालका दलित, गरिव, महिला, सिमान्तकृत जस्ता समुदायका लागि काम गरेको ८० वर्ष भैसक्यो । दलितका एनजीओ, सिभिल सोसाइटीलाई २,४ लाख दिएर बाँकी सबै उनै आइएनजीओ र डोनर एजेन्सीले खान्छन् दलितको नाममा तर गाली दलितका २,४ जना अभियन्ताले खान्छन् । जो ठूलो माछामा हाम्रो ध्यान जाँदैन वा हामीले पनि आफनै मान्छेलाई गाली गरेझै गरी ठूलो माछालाई फकाइ आफनो गुजारा गर्न खोज्दैछौं । किनभने हामीले पनि जीवन निर्वाहमुखी दलित आन्दोलन गरेका छौं ।

आइएनजीओ वा यूएनडिपीजस्ता संस्थाले नेपालका दलित, गरिव, महिला, सिमान्तकृत जस्ता समुदायका लागि काम गरेको ८० वर्ष भैसक्यो । दलितका एनजीओ, सिभिल सोसाइटीलाई २,४ लाख दिएर बाँकी सबै उनै आइएनजीओ र डोनर एजेन्सीले खान्छन् दलितको नाममा तर गाली दलितका २,४ जना अभियन्ताले खान्छन् । जो ठूलो माछामा हाम्रो ध्यान जाँदैन वा हामीले पनि आफनै मान्छेलाई गाली गरेझै गरी ठूलो माछालाई फकाइ आफनो गुजारा गर्न खोज्दैछौं । किनभने हामीले पनि जीवन निर्वाहमुखी दलित आन्दोलन गरेका छौं ।

अब्बल हामी : सोसल इन्जिनियर, इन्टरप्रेनर हौ

नेपालको सबैभन्दा क्षमतावान् समुदाय नै दलित समुदाय हो । जसले मानव सभ्यतालाई संरक्षण गर्ने काम ग¥यो । कृषिको औजार बनाएर होस् वा भाँडा बनाएर होस् । कपडा बनायो, जुत्ता बनाइदियो । नेपालको संस्कृति दलित समुदायले नै धान्यो वा भनौँ यही समुदायबाट नयाँ नयाँ संस्कृति जन्मिए । हामी सोसल इन्जिनियर, इन्टरप्रेनर, कल्चर एम्बास्डर, आर्टिस्ट र लेवर हौं । हामीमा उद्यमशीलताको अभियान र स्वावलम्वीको अभियान पनि हुनुप¥यो जसले मिडिल क्लास जनशक्तिको विकास गर्छ । जो मुख्य परिवर्तनका वाहक हुन्छन् । नयाँ जेनेरेशेनले दलित मुभमेन्ट संगै उद्यमशीलताको पनि अभियान संग संगै लैजानु पर्छ ताकी हाम्रो आन्दोलन निर्वाहमुखी बाट माथि उठ्न सकोस् ।

 


प्रकाशित | १२ श्रावण २०७५, शनिबार १०:२९

One response to “म जहाँ गएँ, विभेदविरुद्ध लडेँ”

  1. Dambar singh sunar says:

    Good job all these task from our community encourage us.

Leave a Reply

Your email address will not be published. Required fields are marked *