अनि रोजिन् बुद्धमायाले आत्महत्याको बाटो

विश्वास खड्काथोकी

विद्यावारिधि गरिरहेका भारतीय विद्यार्थी रोहित बेमुलाले दुई वर्षअघि ‘सुसाइड नोट’ लेखेर डोरीमा झुन्डिँदा संसारभरि नै चर्चाको विषय बन्यो । उसो त विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष आठ लाखभन्दा बढीले आत्महत्या गर्छन् । अर्थात् ४० सेकेन्डमा एउटा मान्छेले आत्महत्या गर्छ । यसरी हेर्दा रोहित बेमुलाको आत्महत्या पनि त्यही एउटामा गणना हुनुपर्ने हो । तर, उनको ‘सुसाइड नोट’ले उद्वेलित बनायो ।

किनकि बेमुलाको निर्णयको सन्देश कुनै समय वा मूल्यमा तुलनायोग्य थिएन, मानवीयताका हिसाबले । उनले संसारका लागि छोडेको पत्रको एउटा वाक्य थियो, ‘एउटा मानिसको मूल्य एउटा बोट, संख्या र वस्तुमा खुम्च्याइएको छ । जुनसुकै क्षेत्र किन नहोस्, मान्छेलाई उसको क्षमतासँग तुलना गरिँदैन, गरिन्छ जातसँग । कुनै मानिसका लागि जिन्दगी नै अभिशाप हुँदोरहेछ ।’ हैदराबाद विश्वविद्यालयका विद्यार्थी बेमुलालाई जब जातीय विभेद गरी छात्रावासबाट निकालियो अनि त्यो अपमान उनको घाँटीमा अड्कियो र सास रोकियो ।

जब ग्रिनसिटी हस्पिटलको शैयामा पल्टिरहेकी बुद्धमाया विश्वकर्मालाई देखेँ, मेरो स्मरणमा अकस्मात् बेमुला उभिए । विष सेवनपछि तंग्रिएकी बुद्धमाया र बेमुलाको परिस्थिति फरक थियो, तर नियति उस्तै । बुद्धिमाया र बेमुलाको घटनाले समाजको अनुहार उस्तै देखाएको छ, पानीको धारादेखि विश्वविद्यालयसम्म ।

यतिवेला भने बेमुलाबारे थप बोल्नु छैन । बुद्धमाया नै काफी छिन् । उनीमाथि समाजले गरेको डरलाग्दो दमन बेमुलाको भन्दा कम्ता छैन ।

५ साउन दिउँसो १२ बजे, भुइँतला, ग्रिनसिटी हस्पिटल, बेड नं। ४ । जनरल वार्डमा लडिरहेछिन् बुद्धमाया । यो बेडमा सारिएको दुई दिन मात्रै भयो । त्यसअघि एक हप्ता आइसियूमा थिइन् ।

अनुहारमा रस छैन, चमक हराएको छ । ऐँसेलुको झाङजस्ता कपाल । न उत्साह, न गुनासो, न कुनै भय । शान्त तलाउजस्तै देखिन्छिन्, बुद्धमाया । खै किन हो, कुनै पीडाले थिचेजसरी वेलावेला मुख बिगारिदिन्छन् । यसो गर्दा गिजा र दाँत मात्रै देखिन्छ ।

उनको स्याहारमा छन् छोरी मनीषा ९१६० र छोरा भुवन ९१९० । छोरी नौ कक्षामा पढ्दै छिन्, छोरा एसइईपछि पढ्ने मेलो नपाएर मजदुरीका लागि काठमाडौंमै बस्छन् । र, बुद्धमायालाई यहाँसम्म ल्याउन पहल गर्ने विश्वकर्मा समाज प्रदेश २ का अध्यक्ष तथा अधिकारकर्मी मीन रहपाल र पत्रकार अशोक दर्नाल पनि सँगै छन् ।

बुद्धमायाको जीवनमा कुनै भवितव्य नभएको भए अहिले महोत्तरीको बर्दियामा बाख्रा चराइरहेकी हुन्थिन् । या फुर्सदमै हुन्थिन् । जहाँ उनको भुइँतले काठले बारेको घर छ । तर, घरमा त्यति धेरै काम छैन । किनकि जग्गा नै दुई–तीन गरा मात्रै छन् । एक जोडी बाख्रासँगै खेल्दै पो हुन्थिन् की १ तर, उनको ७६ वर्षीय ससुराले भने पक्कै आरनमा फलाम पिटिरहेका हुन्थे ।

उनका श्रीमान् पोखरामा ज्यामी छन् । नयाँ बन्ने घरहरूका इँटामा जीवनको सपना कुँद्दै छन् । र, मुस्किलले मासिक ६–७ हजार रुपैयाँ घर पठाउँछन् । यसैले जेनतेन परिवारलाई धानेको छ । तर, पाँच वर्षअघि श्रीमान् पोखरा गएका थिएनन् । घरको अवस्था अझ नाजुक थियो । आम्दानीको बलियो स्रोत केही थिएन । धेरै दिन एकछाकले परान धाने उनीहरूले । यो कुरा बुद्धमायाले होइन, उनका छोरा भुवनले सुनाए । उनको उदास अनुहार फेरि बोल्छ, ‘म धेरै दुःखले यहाँसम्म आएको छु । बाबाको केही ठेगान हुन्थेन । बहिनीहरू साना । आमा घरमै व्यस्त । अरूको काममा गएर घर–पढाइ खर्च जुटाउथेँ ।’ र बुद्धमायाकी छोरी पनि अहिले अरूकै मेलामा काम गरेर कापी र किताब जुटाउँछिन् ।

आमाछोरी कुटिँदा
चलेकै थियो, उनीहरूको जिन्दगी, दुःखैदुःखमा । तर, यहीबीचमा आइपुग्यो वैशाख १५ । बिहानको त्यस्तै ६ बज्दै हुँदो हो । दिनभर खाने पानी लिनका लागि गाग्री बोकेर मनीषा धारा पुगिन् । घरदेखि दुई मिनेटमा पुगिन्छ, धारामा । उनी धारामा पुग्दा १२ वर्षकी दीपिका गिरी पानी भर्दै थिइन् । मनीषा भने कतै छोइन्छ कि भन्नेमा सचेत थिइन् । त्यसैले, धाराको चौघेरोको एउटा छेउमा उभिइन् । किनकि दीपिकाले पानी भरेर ननिस्कँदासम्म मनीषाले भर्न त परको कुरा धाराको टुटी छुनेसम्म छुट थिएन ।

तर, यो धारा पानीभन्दा बढी उनीहरूको गुनासोले भरिएको छ । गुनासो पोख्न बुद्धमाया तयार छैनन् । हस्पिटलको बेडमा खुट्टा पसारेर बसिरहेकी बुद्धमाया आफ्नै धुनमा टोलाइरहेको थिइन् । यस्तो गुनासो सुनाउन छोरी मनीषाले नै हतार गरिन्, ‘कैयौँपटक समयमा पानी भर्न नपाएर स्कुल ढिला पुगेकी छु । मेरी आमाले घन्टौँ खाली गाग्री कुरेर धाराछेउ उभिनुपरेको छ । धारामा थापेको भाँडा भरिएर पानी पोखिइरहेको हुन्थ्यो । तर, मान्छे कोही हुँदैनथे । उनीहरू आएर आफ्नो भाँडा नउठाएसम्म हामीले पानी भर्न पाउँदैनौँ ।’ यति बोल्दा मनीषाको कलिलो मुहारमा आक्रोशको छाल उठेको प्रस्टै देखिन्थ्यो ।

छोरीको अभिभाकत्व बहन गर्न पुगेकी बुद्धमाया पनि उसरी नै शरीरमा चोट बोकेर लाचार बन्दै घर फर्किइन् । मनीषालाई सोधेँ, ‘त्यतिवेला के गर्नुभयो रु’ उनले पुलुक्क आँसु झारिन् ।

त्यो दिन पनि खाली गाग्री बोकेर पानीका लागि मनीषा त्यसरी नै कुरिरहेकी थिइन्, जसरी पहिले कुर्थिन् । तर, ती बालिकाले धाराको छेउमा उभिएकी मनीषालाई प्वाक्क भनिन्, ‘किन त्यहाँ बसेको रु मेरो भाँडा छोइयो ।’

मनीषाले सम्झाउँदै सुस्तरी बोलिन्, ‘यस्तो भन्नुहुँदैन नी १ खै तिम्रो भाँडा कहाँ छोएको छु मैले रु’ तर, दीपिकाको स्वर झन् चर्को भयो, ‘कमिनी मेरो पानी छोइदिने रु’ उनी चिच्याइनन् मात्रै झम्टिनै पुगिन् । उनकी आमा कमला पनि आइपुगिन् र मनीषामथि खनिइन् । गाउँले जम्मा भए, दर्शक बने । मनीषा सार्वजनिक धारामा कुटिँदै थिइन्, गाउँलेहरू हौस्याउँदै थिए । मानौँ त्यहाँ कुनै मेला लागेको छ । मनीषा भन्छिन्, ‘आधा घन्टापछि फुत्केर घर पुगेँ । मेरो घाँटी, ढाड, खुट्टा कहाँ–कहाँ चोट लागेको थियो ।’ पानी लिन धारा पुगेकी मनीषा रित्तो गाग्री त्यहीँ छोडेर रुँदै घर फर्किइन् ।

छोरीको यो हालत देखेर उनकी आमा हुत्तिँदै कमलाको घर पुगिन् । र, भनिन्, ‘मेरो छोरीलाई किन कुटेको रु’ कमलाको रिस अझै मरिसकेको थिएन, ‘कमिनी भएर हाम्रो पानी छुने १’ भन्दै बुद्धमायाको घाँटीमा झुन्डिन आइपुगिन् । कमला र उनका भान्जा रामबाबु दाहाल मिलेर बुद्धमायालाई कुटे । छोरीको अभिभाकत्व बहन गर्न पुगेकी बुद्धमाया पनि उसरी नै शरीरमा चोट बोकेर लाचार बन्दै घर फर्किइन् । मनीषालाई सोधेँ, ‘त्यतिवेला के गर्नुभयो रु’ उनले पुलुक्क आँसु झारिन् ।

अदालतको यात्रा
दैनिक विभेद सहनु बुद्धमायाहरूको जीवनशैली थियो । तर, यसरी कुटिएपछि भने बुद्धिमाया थामिइनन् । वडाध्यक्षलाई गुहार्न पुगिन् । बर्दिबास नगरपालिका–४ का वडाध्यक्ष दीपबहादुर कार्कीले मिलाउँछु भनेर केही दिन झुलाए । गाउँका कतिपयलाई सहयोग माग्न पुग्दा बुद्धमायाले यस्तो जवाफ पाइन् जुन कल्पनै गरेकी थिइनन् । गाउँमा जसलाई भेटे उनीहरूले यही भने, ‘तिमी कमिनीका लागि कसले छलफल गरिदिन्छ । यो त सामान्य घटना हो । यस्तो त भइरहन्छ ।’ केही दिनपछि वडाध्यक्षले एउटा सुझाबचाहिँ दिए, ‘हामीले यहाँ केही गर्न सक्दैनौँ । प्रहरीचौकी जानुस् ।’

बुद्धमायाले स्थानीय दलित अधिकारकर्मीसँग २१ वैशाखमा इलाका प्रहरी कार्यालय, बर्दिबासमा निवेदन दिइन् । तर, प्रहरीले त सामान्य कुटपिटको निवेदन पो तयार पार्न थाल्यो । घटना मिडियामा पनि आइसकेकाले डिएसपीले छुवाछुतकै निवेदन दर्ता गरे । कमला र रामबाबु पक्राउ परे ।

यता बुद्धमायाले आफूमाथि विभेद भएको लिखित उजुरी दर्ज गरिन्, उता गाउँमा मिल्नका लागि दबाब दिनेहरूको ताँती लाग्यो । घटना मिलाउन गाउँमा पैसा पनि संकलन भयो । बुद्धमाया एक्लै न्यायका लागि लड्दै थिइन्, कमलाको पक्षामा पूरै गाउँ लाग्यो । पैसा मात्र होइन, कमलासँग पावर पनि थियो । कतिपयले फोनमा भन्थे, ‘म डिएसपी हुँ । मिलिहाल, नत्र राम्रो हुनेछैन ।’

मुद्दा अदालत पुग्यो । तर, त्यहाँ पनि बुद्धमायाले यातना पाउन छाडिनन् । मीन रहपालले भने, ‘बकपत्रको समय पनि प्रहरीले खबर नगर्नेलगायत समस्या भोग्यौँ । निकै दुःख भोग्नुप(यो,’ अधिवक्ता दीपककुमार विश्वकर्माले सहज बनाएको उनी सुनाउँछन् ।

२४ असारमा न्यायाधीश दण्डपाणि शर्माको एकल इजलासले कमलालाई ६ महिनाको कैद सजाय, १० हजार जरिवाना र ५० हजार क्षतिपूर्ति तथा रामबाबुलाई तीन महिना कैद सजाय सुनायो ।

यो खबर राष्ट्रिय मिडियाको पनि चासोका विषय बन्यो । छुवाछुतको मुद्दामा कसैलाई जेल सजाय तोकिएको निकै दुर्लभमध्येको एउटा फैसला थियो, यो ।

किन विष सेवन गरिन् रु उनी केहीबेर बोलिनन्, टोलइरहिन् । बरु ओठ काँपे र आँखा रसाए । ‘सबैले गाली गरे । मैले नै गल्ती गरेको रहेछु, ठूलो गल्ती गरेछु जस्तो लाग्यो । आफूलाई माया गर्ने वरिपरि कोही थिएनन् । सबैको दुःखको कारण त मै रहेछु भन्ने ठानेँ । अनि मर्न मन लाग्यो ।’

न्यायभित्रको अन्याय
तर, अदालतको फैसलापछि बुद्धमाया झन् समाजको नाकाबन्दीमै परिन् । जहाँ पुग्यो त्यहीँ गाली गर्न थाले । र मुद्दा फैसलाको दोस्रो दिन बुद्धमायाले विष खाइन् । न्याय पाएपछि पनि कसैले आत्महत्याको निर्णय लिन्छ भने त्यहाँ कति पीडा होला रु

त्यसपछि उनलाई जिल्ला सदरमुकाम र काठमाडौं ल्याएर उपचार गरियो । त्यसमा ग्रिनसिटीले निःशुल्क सेवा दियो ।

किन विष सेवन गरिन् रु उनी केहीबेर बोलिनन्, टोलइरहिन् । बरु ओठ काँपे र आँखा रसाए । ‘सबैले गाली गरे । मैले नै गल्ती गरेको रहेछु, ठूलो गल्ती गरेछु जस्तो लाग्यो । आफूलाई माया गर्ने वरिपरि कोही थिएनन् । सबैको दुःखको कारण त मै पो रहेछु भन्ने ठानेँ । अनि मर्न मन लाग्यो,’ उनी बिस्तारै बोलिन् ।

उनले थपिन्, ‘दिउँसोको ३ बजेको हुँदो हो । घरमा एक्लै थिएँ । कहिलेकाहीँ घुन र उडुस मार्नुपर्छ भनेर विषादी ल्याएकी थिएँ । त्यही खाइदिएँ ।’

९ साउनमा बुद्धमाया हस्पिटलबाट डिस्चार्ज भएकी छिन्, तर, मुटुमा प्वाल बोकेर । मुटुको जाली फेर्न चिकित्सकले सल्लाह दिएका छन् । कहाँबाट पैसा लिएर उपचार गर्ने उनलाई थाहा छैन । उता गाउँमा भने दलितहरूले पसलमा पनि नाकाबन्दी खेप्नुपरेको छ । उनीसँग उत्तर छैन, एउटा प्रश्न छ, ‘अब कसरी गाउँ फर्किने रु अनि कसरी बस्ने गाउँमा ? ’

साभार : नयाँ पत्रिकाबाट


प्रकाशित | १२ श्रावण २०७५, शनिबार ०८:३३

Leave a Reply

Your email address will not be published. Required fields are marked *