सिटिजन्स बैंकको नयाँ मुद्दती योजना

काठमाडौँ, २९मंसिर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ मुद्दती बचत खाताको योजना “स्ट्रक्चर्ड फिक्स डिपोजिट” सञ्चालनमा ल्याएको छ ।

व्यक्तिगत मुद्दती खाताको लागि सञ्चालनमा ल्याएको यो योजनामा न्यूनतम मौज्दात रु १ लाख रहेको छ । ८ महिना देखि १८ महिना सम्मको समयावधि रहेको यस योजनामा ९.५ प्रतिशत बार्षिक ब्याजदर रहेको छ भने बैंकले त्रैमासिक रुपमा ब्याज उपलब्ध गराउने छ ।

आगामी दिनहरुमा पनि बैंकले यस किसिमका अन्य सुबिधाहरु आफ्ना ग्राहकवर्गलाई उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गर्दछौँ ।

१४ अञ्चलमा रहेको बैंकका ६७ वटा शाखाबाट यो सुविधा उपलब्ध हुनेछ ।

सम्बन्धित समाचार