राजनीतिक तथा दलितअधिकारकर्मीहले भने : सरकार दलितमाथिको नरसंहार बन्द गर

दलित अनलाईन १३ जेष्ठ २०७७, मंगलवार १०:३८

काठमाडाैं- रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासी बीरबहादुर मल्ल र प्रकाशी मल्लकी छोरी सुश्मा मल्ल र जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नंबर ४ का नवराज बिक बीचको प्रेम सम्बन्ध केटाकेटीको सहमतिमा विवाहमा परिणत हुने क्रममा  जेष्ठ १० गते नवराज विक लगायतका दलित यूवाहरुमाथि गाउँलेहरुको आक्रमणबाट हत्या भएपछि देश तथा विदेशबाट समेत दाेषीमाथि कारबाहीको माग बढेको छ ।  देशभरीबाट कारबाहीको माग गदै विज्ञप्ती जारी भएसँगै नवराज हत्या प्रकरण पेचिलो बन्दै गएको छ। यसैबीच दलित राजनीतिक तथा दलितअधिकारकर्मीहरू र दलित अभियन्ताहरुको संयुक्त विज्ञप्तीमार्फत अपिल जारी गदै घटनाको दोषीलाई कारबाहीको माग गरेको छन । अन्तरजातीय विवाहको निहुँमा सुनियोजित ढंगबाट दलित युवाहरुको हत्या भएको भन्दै सरकारले तत्कालै कारबाही गर्नुपर्ने बताएका छन् । उनीहरूले पक्राउ परेका व्यक्तिलाई जाहेरी दर्ता नगरिकन प्रहरीबाट छोड्नु आपत्तीजनक  भएको भन्दै नेपालको सम्पूर्ण राजनीतिक संगठन, दलित नागरिक समाज, पेशागत संगठनहरुलाई यस हत्या काण्डको विरोधमा आफ्नो आफ्नो स्थानबाट सक्रीय हुन आव्हान गर्दछौ। संयुक्त विज्ञप्तीको पूर्ण पाठ ।

पश्चिम रुकुम हत्याकाण्डको घोर निन्दा र भत्र्सना गरौं ।
न्यायिक छानविनको लागि देशाव्यापी दवाव सृजना गरौं ।।

आव्हान

२०७७/२ /१२

 

रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासी बीरबहादुर मल्ल र प्रकाशी मल्लकी छोरी सुश्मा मल्ल र जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नंबर ४ का नवराज बिक बीचको प्रेम सम्बन्ध केटाकेटीको सहमतिमा विवाहमा परिणत हुनेक्रममा यही २०७७ जेष्ठ १० गतेका दिन नवराज विकलगायतका दलित यूवाहरुमाथि गाउँलेहरुको आक्रमणबाट नवराज विकलगायत ३ जनाको हत्या भएको छ भने अन्य ३ जना बेपत्ता रहेका छन् । यस नरसंहारपूर्ण अत्यन्तै अमानवीय र बर्बरतापूर्ण मानवताविरोधी यस हत्याकाण्डको हामी घोर निन्दा तथा भत्र्सना गर्दछौं ।

घटनाको पछिल्लो विवरण अनुसार सुश्माका बुवा आमा र स्थानीय वडाध्यक्षसहित ७ जना सबैलाई प्रहरीले थुनुवामुक्त गरेको छ । ३ जनाको हत्या र तीन जना बेपत्ता भएका छन् उनीहरुको खोजीमा कुनै तदारुपता नदेखाई घट्नासंग जोडिएका व्यक्तिहरुलाई थुनुवामुक्त गर्दै सामन्य सोधपुछ गर्न बोलाएको भन्दै अनुसन्धानलाई हल्का ढंगले लिदै प्रहरीले देखाएको व्यवहारले पिडितहरुले न्याय पाउनेमा शंका उत्पन्न भएको छ । यति ठूलो नरसंहार हुँदासमेत संघ तथा प्रदेश सरकारकातर्फबाट कुनै कदम नचालेकोप्रति पनि हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । यस हत्याकाण्डलाई हल्का ढंगले लिने, पक्राउ परेकाहरुलाई मुक्त गर्ने र अनुसन्धानलाई फितलो बनाउने कार्य कतैबाट भएमा न्यायका लागि देशव्यापी आन्दोलनबाट उत्पन्न हुने असहज परिस्थितिको जिम्मेवार स्वयं सरकार हुने कुराको समेत यसं प्रेस विज्ञप्तिमार्फत अवगत गराउन चाहन्छौं ।
त्यसैले हत्याकाण्डमा संलग्न भएका सबैलाई पक्राउ गर्न, वेपत्ताहरुको यथाशिघ्र खोजीकार्यलाई तिब्रता दिन, घट्नाको सत्यतथ्य छनवीन गर्न, पिडितलाई न्याय र क्षेतिपूर्ति उपलब्ध गराउन र हत्यारालाई हदैसम्मको कानूनी कार्वाही गर्न र अबउ प्रान्त यस्ता घट्ना नघटाउन र दलित समुदायमाथिको सामाजिक न्याय प्रदान गर्न संघीय संसदबाट संसदीय अनुगमन समिति गठन गर्न जोडदार माग गर्दछौं । यस पासविक अमानवीय हत्याकाण्डको छानवीनका लागि सम्पूर्ण राजनीतिक दल, मानवअधिकार आन्दोलन, नागरिक आन्दोलन, संचारकर्मी र न्यायप्रेमी सबैमा आव्हान गर्दछौं । साथै नेपालको सम्पूर्ण राजनीतिक संगठन, दलित नागरिक समाज, पेशागत संगठनहरुलाई यस हत्या काण्डको विरोधमा आफ्नो आफ्नो स्थानबाट सक्रीय हुन आव्हान गर्दछौं।

हस्ताक्षरकर्ताहरु
१. जीतु गौतम : संविधान सभा सदस्य तथा पूर्वमन्त्री
२. रणेन्द्र बराइली : नेपाल दलित साहित्य तथा साँस्कृतिक प्रतिष्ठान
३. गणेश विश्वकर्मा : महासचिव मुक्ति समाज तथा राष्ट्रिय दलित नेटवर्क
४. भक्त विश्वकर्मा : का.वा अध्यक्ष दलित गैसस महासंघ
५. प्रदीप परियार : अध्यक्ष, समता फाउण्डेशन
६. विनोद पहाडी : संविधान सभा सदस्य
७. रेम विश्वकर्मा : सचिव नेपाल पत्रकार महासंघ
८. सुनिता मरिक डोम : दलित अधिकारकर्मी
९. जसबहादुर विश्वकर्मा : महासचिव, दलित गैसस महासंघ
१०. चक्रमान विश्वकर्मा : संचारकर्मी
११. कला स्वर्णकार : अध्यक्ष फेडो
१२. सरोज दिलु विश्वकर्मा : दलित अधिकारकर्मी
१३. रेनु सिजापति : दलित महिला संघ
१४. डिवि शाहशंकर : दलित अधिकारकर्मी
१५. नरबहादुर विश्वकर्मा : दलित अधिकारकर्मी
१६. अशोक दर्नाल : प्रधान सम्पादक, दलित अनलाईन डटकम
१७. बसन्त विश्वकर्मा : दलितअधिकारकर्मी

१८ सन्जुसिंह  विश्वकर्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank