३२ जिल्लामा वामगठबन्धनको अग्रता

काठमाडौ–पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाको मतगणनाको प्रारम्भिक परिणाममा एमाले–माओवादी केन्द्र सहितको वामगठबन्धनले फराकिलो अग्रता हासिल गरेको छ। कतिपय स्थानमा वामगठबन्धनकै विद्रोही उम्मेदवारहरु नै अग्रस्थान देखिएका छन्। पहिलो चरणमा मतदान भएका ३२ जिल्लाको प्रारम्भिक मत परिणाम आउन थालेको छ ।
जस अनुसार प्रतिनिधसभातर्फ ३७ र प्रदेश सभातर्फ ७४ सदस्यमध्ये अधिकांशको प्रारम्भिक परिणाम आउने क्रम जारी छ । प्रतिनिधिसभातर्फ बाम गठबन्धन र कांग्रेस उम्मेदवारबीच नै प्रतिस्पर्धा भएको छ ।
बिहीबार राति पौन १२ बजेसम्मको परिणाम अनुसार प्रतिनिधसभा तर्फ बाम गठबन्धनले अग्रता लिएको छ । जसमा बाम २३, कांग्रेस ३ राप्रपा प्रजातान्त्रिक १ र स्वतन्त्र १ छन् । मुगु, मुस्ताङ, मनाङ, ताप्लेजुङ, रुकुम, जाजरकोट, म्याग्दी जाजरकोट लगायतका जिल्लामा बाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । त्यस्तै रसुवा , लमजुङ, दार्चुला लगायतका जिल्लामा कांग्रेसले अग्रता लिएको छ ।

सम्बन्धित समाचार