‘२०३६ सालदेखि काठमाडौंले व्यङ्ग्य गरिरहेको छ’ : आहुती

बागमति उपत्यकाको ब्याङ्ग्य मत
बाग्मती उपत्यकामा कहिलेकाँही नकरात्मक अभिव्यक्ति दिनका निम्ती राजनीतिलाई ब्याङ्ग्य गरिन्छ । अहिलेमात्रै होइन पञ्चायतकालमा नानीमैया दाहाल, काले सार्की, गोल्छे सार्कीलगायतलाई जुनखालको मतदान गरेका थिए त्यो अनपेक्षित थियो । २०३६ सालको आन्दोलनबाट पुरै पञ्चायतमा फालिएको र जनता र पञ्चायती राजनीति प्रतिको मान्छेको बितृष्णा रहेको अवस्थामा यस्तो प्रकारको मतदान जनताले गरेका थिए । जबकी नानीमैया दाहालले त्यतिबेला ६४ हजार मत ल्याएकी थिइन् । त्यसैगरी काले सार्कीलाई उम्मेद्वार बनाउने कुरागर्दा उनको पक्षमा ठुलो जनमत देखियो । जसले उनले जित्ने संभावना देखाउँथ्यो । त्यसपछि काले सार्कीलाइ अपहरण गरेर लुकाइयो ।
काले सार्की न्युरोडमा जुत्ता पोलिस गर्थे । काले सार्कीको सट्टामा गोल्छे सार्कीलाई अघि ल्याइयो । यस्तोमा पनि उनले १० हजार मत ल्याएका थिए । त्यसकारण यहाँको जनमत र प्रवृति राजनीति र राजनीतिक पार्टीसँगको कैयौँ तिक्तताका कारण त्यस्तो प्रकारको ब्यङ्ग्य मत अभिव्यक्त हुने गरेको देखिन्छ । अहिले केही नयाँ पार्टीहरु देखा परेका छन् । जो आम जनतालाई थाहा छ, कि कुनै राजनितिक निरन्तरता दिएका वा जनताको सुखदुःखका ऐतिहासिक श्रृखला पार गरेका त्यस्ता व्यक्ति र संस्था होइनन् । तर स्थापित पार्टीहरुका कैयौं गतिविधिबाट जन्मेको तिक्तताको अधिव्यक्तिले यस्तोमा मतदान गरेको हो ।

माओवादी कसरी आयो  ?
माओवादी सशस्त्र युद्धबाट संविधानसभाको एजेण्डा बोकेर पहिलो चोटी निर्वाचनमा आएको हुनाले उसको सत्यताको लेबल पनि अहिलेको भन्दा धेरै गुणा माथि थियो । ‘आम जनता पक्षमा लडेर आएको शक्ति कस्तो रैछ भन्ने टेस्ट गरौँ न त’ भन्ने अपेक्षा पनि थियो । त्यसकारण तत्कालिन एमाले महासचिव माधव नेपाल उठेको क्षेत्रमा झक्कु प्रसादका ठाउँमा अरु जो कोही उठेको भए पनि चुनाव जित्थ्यो । त्यसकारण पहिलो संविधानसभाको निर्वाचनमा ७ जना दलितले प्रत्यक्ष चुनाव जितेको इतिहास बन्यो । त्यो समय परिस्थितिको कुरा हो । त्यतिबेला काठमाडौका जनताको ट्रेनसँग सम्बन्धित छैन । तर पहिलो संविधानसभाको चुनावबाट संविधान बनाउने अभिभारा उसले पुरा गर्न सकेन । जनताले जुन आशा र अपेक्षा माओवादीबाट गरेका थिए, विभिन्न कारणबस त्यो माओवादीले पुरा गर्न सकेन । संगठनको आधारमा पार्टीको भविष्य फैसला हुन्छ ।
काठमाडौँमा कृष्ण प्रसाद भट्टराइले पनि हारेकै हो । प्रचण्डले पनि हारेकै हो । धेरै ठुला नेताले हारेका छन् । यसकारण संगठन कसको बलियो र कसले मेहनत पूर्ण तरिकाले काम गरेको छ भन्ने कुराले उम्मेदवार जित/हारको फैसला हुन्छ ।
दोस्रो संविधानसभाको निर्वाचनको समयमा माओवादीको संगठन कमजोर थियो । जनताको अपेक्षा अनुसार काम नभएको बेला पनि थियो । त्यसकारण बेला–बेलामा प्रकट हुने मत, राजधानीका जनताले देखाउने नकरात्मक मतदान भित्रको प्रवृति भित्र त्यो पर्दैन ।

यी तीन कुरा जसले माओवादीलाई उपत्यकामा हरायो
माओवादी हारका पछाडी राजधानीमा तीन वटा कुराले काम गरेको छ । पहिलो, माओवादीले राजधानी बाग्मती उपत्यकामै आफ्नो संगठनात्मक कामलाई व्यवस्थित गरेकै छैन । माओवादीको संगठनात्मक संरचना लथालिङ्ग अवस्थामा छ । देस्रो, विशेषत काठमाडौँ महानगरपालिकामा चाँही चुनावी अभियान दृढताका साथ हुँदै भएन । कतिपयलाई त माओवादीको चुनावी अभियानका बारेमा समेत थाहा भएन । अझ भनौँ अभियानले केन्द्रिय महत्व नै पाएन । तेस्रो, दलीय प्रणालीमा कहिलेकसो मात्र राष्ट्रिय एजेण्डाले मात्रै चुनाव जित्ने गर्दछ । संगठन भताभुङ्ग भएको बेला राष्ट्रिय एजेण्डालाई जनमतमा रुपान्तरण कसले गर्ने ?
माओवादीको बागमती उपत्यकाको मुख्य समस्या भनेको भएको संगठनलाई व्यवस्थित संगठीकरण गरिएको छैन । त्यसको परिणाम चुनावमा देखियो । अर्कोकुरा, सरकारमा बसेर एउटा दुईवटा राम्रा काम गर्ने बित्तिकै त्यसको फल तुरुन्तै पाइन्छ भन्नेचाँहि हुँदैन । हरेक चिजको मात्रा हुन्छ । मात्राबाट गुणमा फड्को मार्नु पर्ने हुन्छ । त्यो मात्रा जनताको निगरानीमा हुन्छ । त्यसको प्रवृती हेरिरहेको हुन्छ । माओवादी प्रति शहरिया मध्यम वर्गका जनता माओवादीको केही कमजोरीका लागि आलोचना गर्न सक्ने ठाँउमा त पुगेका छन् तर माओवादी प्रति अनुराग जन्मिने स्तरमा पुगेका छैनन् । त्यसको निम्ती त माओवादीले श्रजनात्मक रुपमा काम गरिरहनु पर्नेहुन्छ । अनि मात्र गुणमा फड्को मार्न सकिन्छ । अनि जनताको अनुराग पैदा गरेर मात्र हुँदैन । त्यसलाई संगठनमा ढाल्नु पर्छ ।

संगठनीकरण चाँही नगर्ने, अनुराग पैदा मात्र गर्ने ?
एकदमै ठूलो विद्वान मान्छे छ भने उसलाई सबै अनुराग पैदा हुन्छ । तर चुनावमा उठ्यो भने जित्छ त उसले ? कुनै पनि हालतमा उसले जित्दैन । चुनावमा जित्नका लागि त उ प्रति पैदा भएको समर्थन र अनुराग संगठनमा ढाल्नु पर्छ । जस्तै माओवादीले लोडसेडिङ्गको अन्य ग¥यो, माओवादीको आलोचना मात्रै गर्ने मुखहरु बन्द भए तर उसको लगातारको श्रृङ्खला थपिएको छैन । माओवादीको काम र त्यसको युग चेतना प्रति जनतामा अनुराग पैदा हुनु पर्छ । त्यो अनुराग संगठनीकरण हुनु पर्छ । त्यसकारण आहिले केही राम्रो काम गर्ने बित्तिकै ह्वात्तै बहुमत आइहाल्छ भन्ने राम्रो कुरा होइन । त्यसले संदेश राम्रो दिन सक्छ र जनता समक्ष नारा बनाएर लैजानका लागि मनोबल बढ्नसक्छ ।

माओवादीको जीत
अहिले माओवादीले जहाँ जितेको छ त्यहाँ लोडसेडिङ्ग अन्त्य गरेर जितेको होइन । सिन्धुलीको मरिन, हेटौडाको थाहा नगरपालिका, नुवाकोटको ककनी र रुकुम जस्ता क्षेत्रमा माओवादीले जित हासिल गरेको छ । र, त्यहाँ कुनै लोडसेडिङ अन्त्य गरेर जितेको होइन । लोडसेडिङ्ग अन्त्य हुँदा त्यहाँ माओवादीका संगठनलाई आत्मबल चाहिँ झन् बढ्यो तर जित्नका लागि त संगठन नै बलियो थियो । त्यहाँको संगठन बलियो भएका कारण त्यहाँको जनता उत्साहित भयो अनि चुनाव जित्यो । जहाँ संगठन कमजोर छ, भाँडिएको छ त्यहाँको कार्यकर्ता उत्साहित त भए तर आम जनतालाई भोटकरण गर्नका लागि उ संग संगठन भएन । फलस्वरुप उसले चुनावमा हार व्यहोर्नु पर्‍यो ।
माओवादी फूटको असर
स्थानीय तहको चुनावबाट माओवादीले धेरै ठूलो प्रगति गरेको छ । दोस्रो संविधानसभाको निर्वाचनमा तेस्रो हुनु र अहिले पनि उही पोजिसनमा आउनु बराबर हुँदै होइन । दोस्रो संविधानसभाको निर्वाचन पछि धेरै नै प्रगति भएको छ । पहिलो चोटी माओवादी बैधानिक रुपमा धर्तिमा गाडियो । पहिले त माथिमाथि सतहमा मात्र थियो । संगठन त थियो तर वैधानिक रुपमा जरा गाडेको चाँही थिएन ।

अब त बैधानिक रुपमै जनताले नै चुनेर स्थानीय निकायको चुनावमा पठाएर । पहिले त माओवादीले अवसर नै पाएको थिएन । अरु पार्टीहरुको कुरा गर्ने हो भने कुनै पार्टी १५ सालदेखि नै धर्तिमा छन् । कोही चाँही ४६ सालदेखि नै धर्तिमा गाडिएर रहेका छन् । माओवादीको त्यो स्थिति थिएन । त्यो संविधानसभाको चुनावमा मात्रै देखा पर्‍यो ।

माओवादीले कसैले काट्नै नसक्ने गरि सिङ्गो देशलाई नै संविधान स्वीकार्य बनाइदियो । माओवादीले राष्ट्रिय राजनीतिमा एउटा ठुलो संकटलाई तोड्यो । यसको परिणाम अहिले देखा पर्ने होइन । यसको परिणाम त धेरै पछि देखा पर्छ । अहिलेको आहिल्यै खोज्नु भनेको त तातै खाँउ जल्दै मरौँ भनेको जस्तै हो ।

अर्को कुरा माओवादी आफ्नो स्थान जोगाउन मात्रै सफल भएन, पहिलेको भन्दा उसले गुणत्मक रुपमा नै मत थपेको हो । पहिलेको २६ जनाले जितेको संख्या हेर्ने हो भने त्यो १० प्रतिसत मात्र हो । तर अहिलेको जित १७ प्रतिशतमा आइसक्यो । पहिलेको भन्दा त आधारभुत रुपमै थपेको स्थिति देखिन्छ । अब दोस्रो चरणमा जुन चुनाव हुँदैछ, त्यहाँ आफ्नो आधार राम्रो भएको ठाँउमा हुदैँछ । अव त माओवादी ७० सालको स्थितिबाट धेरै नै माथि आउँदैछ । त्यसकारणले गर्दा माओवादीले गरेको कामले सिंगो देशलाई फाइदा भएको छ । त्यसकारण पनि माओवादी उत्साहित छ ।
माओवादी एजेन्डाको जित
पछिल्ला राजनीतिक परिवर्तनहरुमा माओवादीका एजेण्डाले जितेको भन्ने त सबैलाई थाहा भएकै कुरा हो । यहाँ माओवादीको एजेण्डा मात्रै पनि छैन, उ आफ्ना ध्येयमा पनि अगाडि बढिरहेको छ । माओवादीका एजेण्डा स्थापित हुने कुरा त छँदैछ, त्यसबाहेक उसको आफ्नो राजनीतिक ध्येय जुन थियो त्यस तर्फ पनि माओवादी अगाडि बढ्यो । त्यसकारण अहिले त देशै माओवादीमय भएको छ । माओवादीका एजेण्डाको जित भएको छ ।
बाँकी क्षेत्रमा माओवादीको भविष्य
स्थानीय निकायको पहिलो चरण र दोस्रो चरणको चुनाव सक्दा २०७० मा जुन खालको घाटा भएको छ त्यो ‘पुरताल’ गरेर केही नाफा कमाउने पर्छ भन्ने माओवादीको उदेश्य हो । पहिलो चरणको चुनावमा हाम्रो पोजिसन केही माथि आएको छ । यसै प्रकारले दोस्रो चरणमा हामी अझै माथि जान्छौ । र हाम्रो अन्तिम कुरा के हो भने प्रदेश र केन्द्र सम्मको चुनाव सकिँदा पार्टीलाई पहिलो नम्बरमा पुर्‍याउनु पर्ने अभिभारा हामीसँग छ । अब हामी त्यसैमा केन्द्रित हुन्छौ । हामीलाई लाग्दछ हामी तेस्रो हुँदा त देशको नेतृत्व गर्न सक्ने स्थानमा छौँ भने पहिलो भयौँ भने त सिङ्गो राष्ट्रको अभिभारा माओवादीले नै बोक्ने छ ।

अब कता जाला राजनीति ?
अहिले भर्खरै पहिलो चरणको स्थानीय निकायको निर्वाचन समाप्त भएको छ । स्थानीय चुनाव हुन बाँकी रहेको जिल्लामा चुनाव हुनै बाँकी छ । त्यस लगत्तै मंसिर तिर दुई ठूला निर्वाचन गर्नै पर्नेछ । त्यसकाणले अबको मुख्य ध्यान भनेको दोस्रो चरणको निर्वाचन सम्पन्न गर्ने तर्फ हुनु पर्छ । त्यससँगै प्रदेश र केन्द्रको चुनाव सम्पन्न गर्ने कुरामा सम्पूर्ण ध्यान केन्द्रित गर्ने । यो नै नेपालको सबै भन्दा क्रान्तिकारी कदम हो ।

को राष्ट्रवादी ?
एमाले भन्दा राष्ट्रघाती पार्टी त काग्रेस भनेर बुझिन्थ्यो । तर हामी त संविधान लागु गर्ने एजेण्डा मिलेको हुनाले कांग्रेससँग सहकार्य गरेर अघि बढिरहेका छौँ । तर नेपालको सिंगो इतिहास हेर्ने हो भने त सबैभन्दा ठुलो राष्ट्रघाती पार्टी कांग्रेस नै हो । यो नै नेपालको सबैभन्दा ठुलो पार्टी बनेर नेपालमा टिकेको छ । त्यो के हो भने वामपन्थी राजनीतिले आफ्नो विचारलाई आम जनताकोबीचमा आफ्नो अडान र लाईनलाई कति धेरै लैजान सक्छ भन्ने कुराको लहर हो । यही उपत्यकामा जुन बेला माओवादीले आफ्ना एजेण्डा व्यवस्थित ढङ्गले लग्यो ‘स्वीप’ जस्तै भयो । जुन बेला माओवादी आफै पनि फुटेको छ, संगठन पनि लथालिङ्ग अवस्थामा छ र उम्मेद्वार को हो भन्ने कुरा पनि थाहा दिँदैन भने माओवादी आफै ‘स्वीप’ हुने कुरा रह्यो । हिटलरले पनि त कुनै समय राम्रैसँग शासन चलाएकै थिऐ । जनताले चुप लागेर चाएको त हो नि ।

भारतीय जनता पार्टीको दुई तिहाई आउन थालिसक्यो । के भारतीय जनता पार्टीको लाईन ठिक हो त ? सेकुलारिजमको बिरुद्ध जाने लाइन पनि ठिक हो त ? त्यो त उसले आफ्नो संगठनकरण ग¥यो । बिरोधीको कमजोरीहरुलाई आफ्नो पक्षमा लिन सक्यो । उ सकृय भयो । जनताकोबीचमा बेठिक कुरा पनि ठिक ढङ्गले पु¥यायो । पोलिटिक्समा त ठिक कुराले मात्रै हुने भएको भए दार्शनिक हरु नै प्रधानमन्त्री हुन्थे होला नी । दार्शनिकहरु त सत्तामा आउदैनन नि, किनभने उनीहरु संगठन नै बनाउदैनन् । त्यसो भएको हुनाले माओवादीले मेहनत गरेन भने, व्यवस्थित ढङ्गले अभियान चलाएन भने, बिरोधीहरुले प्रचार गरेको गलत कुराको खण्डन गरेन भने स्वभाविक रुपमा पछि पर्छ । त्यसमा त जस्तालाई त्यस्तै जवाफ दिने हुन सक्ने हुनु पर्‍यो ।

स्रोत : नेपालटक बाट

सम्बन्धित समाचार