सारंगीवादनका एक कुशल योद्धा , जसले सारंगीको अस्तित्वलाई मर्न दिएनन्

नेपाली वाद्यवादनमा सारंगी बाजा बजाउन अन्य बाजाको तुलनामा अलि गाह्रो छ । नेपाली संगीत क्षेत्र आधुनिकीकरण तर्फ लम्कदै गर्दा मौलिकता बोकेको सारंगी बाजा लोप हुने हो कि भन्ने आशंका छ । बजाउन मात्र नभएर बनाउन पनि बढी मेहेनत लाग्ने र नयाँ पुस्ताका कलाकारले यसमा बाजामा ध्यान नपु¥याउदा यो बाजा लोप हुने अबस्थामा देखिन्छ । तर यो क्षेत्रमा केही त्यस्ता व्यक्ति पनि छन, जसले सारंगीको अस्तित्वलाई बचाउन सफल भएका छन । त्यस्ता व्यक्तिका माझमा कमल कुमार विक पनि एक उदाहरणीय व्यक्ति हुन् , जो सारंगी बजाउने र बनाउने दुबै काममा सिपालु छन् ।

गाउँमा सारंगीको धुनसगैँ गीत गाउन आउने गन्धर्बबाट प्रभावित भएका कमल त्यतिबेला देखि नै सारंगी बजाउन लागेका हुन । उनका बाबा फनि राम विकले सारंगी बजाउने र बनाउने गर्ने हुँदा सानै उमेर देखि कमललाई सारंगीको बारेमा धेरै ज्ञान लिने मौका मिल्यो । उनले १२ वर्षको कलिलो उमेरबाट सारंगी बजाउने गर्थे ।

उनी आरामा चिरान गरिएर बनाइएको सिसौको सानो काठमा नापजाँच गरी कलमले एक सारंगीको चित्रण गर्छन् । त्यही चित्रण मार्फत फलासी, करौती, हथौडा जस्ता विभिन्न औजारको मद्दतले एउटा सानो काठलाई सारङगी बनाउने अद्भुत कला कमलमा पनि छ ।

पछिल्लो समय नयाँ पुस्तालाई पनि सारंगीवादनमा ल्याउनु पर्छ भनेर उनले सारङगी वादन प्रशिक्षण क्लास संञ्चालन पनि गरेका छन् । चोथौँ बायो लोक दोहोरी अवार्ड २०७३ मा सर्वाेत्कृष्ट बाद्यवादकको बिधामा मनोनयनमा परेका कमलले आज सम्म आउँदा तीन वटा आफ्नै म्युजिक एल्बम समेत बजारमा ल्याएका छन । यसै सन्दर्भमा कमलले आफ्नो जिवनको संघर्षका कथाहरु दलित अनलाईनसगँ यसरी साटेः

सारङगी वादनमा संघर्षः

कमलले बाल्यकाल देखि नै सारंगी बजाउँदै आएका हुन् । गाउँमा गन्धर्व समुदायका सारंगीवादकहरु सारंगी बजाउन आउदा उनीहरुको प्रस्तुतीले कमललाई प्रभावित बनाएको थियो । कमलका बुबाले घरमा नै सामान्य रुपमा सारंगी बजाउने र बनाउने गर्थे । जसले गर्दा कमलले घरमा नै सारंगी बजाउने अवसर पाए । जति बेला उनी जम्मा १२ वर्षको थिए । लोक गीत तर्फ उनको झुकाबले उनलाई सारंगीवादनमा पनि सहयोग पुग्यो ।

 सारंगी बजाउदै कमल

कमलले सारंगीमा मिठास धुन सगैँ केही भाकाहरु राम्रो सगँ निकाल्न सक्ने भए । छोराको सारंगीवादनमा प्रगति देखेर कमलका बाबा र काकाले सारंगी बनाइदिने तथा शहर गएको बेला सारंगी ल्याइदिएर सहयोग गर्न थाले । जसले गर्दा सारंगीवादनमा कमललाइ थप हौसला पनि मिल्यो । त्यस पछि कमलले रेडियो सुन्दै त्यहाँ बज्ने गीत सगैँ आफ्नो सारंगी रेट्न थाले । सारंगी बजाउन सक्छु भन्ने लागे पछि कमलले गाउँमा हुने मेलामा एक सारंगीवादको रुपमा उपस्थिति जनाउन थाले ।

एकचोटी उनको गाउँमा लागेको दशैँ मेलामा बिष्णु खत्री, राजन ठकुरी लगायतका राष्ट्रिय कलाकारहरुको उपस्थिति थियो । त्यति बेला कमलले उनीहरुको गीतलाई एकै छिन सुनेका भर आफ्नो सारंगीमा उतारेर देखाए । जसको फलस्वरुप कमलले उनै कलाकारहरुबाट प्रशंसा समेत पाएका थिए । अहिले तिनै राष्ट्रिय स्तरको कलाकारको गीतमा उनी सारंगी बजाउन सक्ने भएका छन् ।

काठमाडौं आए पछि २०६६ सालमा कमलले नेपाल म्युजिक स्कुलमा सारंगीका गुरु वर्ता गन्र्धवबाट सारंगीको सैद्धान्तिक शिक्षा हासिल गरे । जुन शिक्षाले कमललाई यस क्षेत्रमा एक सक्षम सारंगीवादकको रुपमा स्थापित गर्न सहयोग पुग्यो ।

सारंगीको आवाज सुन्दा जति मिठो लाग्छ, त्यतिनै गाह्रो सारंगीबाट आवाज निकाल्नको लागि हुन्छ । कमल भन्छन् ः सारंगीवादनमा स्थापित हुनको लागि १०, १५ वर्षको लामो संघर्ष आवश्यक छ ।

गायन यात्रा सुरुवात

सारंगीवादनमा सिपालु कमल गायन क्षेत्रमा पनि पोख्त छन् । उनले सानै उमेरमा गाउँका मेलाहरुमा दोहोरी गाएर पुरस्कार पनि हात पारेका छन् ।

पहिलो सहभागितामा नै लिडर भएर दोहोरी गाउनु उनलाई चुनौतिपुर्ण थियो । उनी यस गहन कार्यमा त्यहाँ उपस्थित सबै समुहलाई पछि पार्दै प्रथम स्थान हासिल गर्न सफल मात्र भएनन्, कमल उत्कृष्ट गायकमा पनि छनोट भए ।

कमलले ६१ सालमा आफ्नो छिमेकी गाउँ भिमपोखरामा भएको दोहोरी गीत प्रतियोगितामा आफै लिडर भएर सहभागिता भएका थिए । उनले त्यस भन्दा पहिले कुनै प्रतियोगितामा सहभागि जनाएका थिएनन् । पहिलो सहभागितामा नै लिडर भएर दोहोरी गाउनु उनलाई चुनौतिपुर्ण थियो । उनी यस गहन कार्यमा त्यहाँ उपस्थित सबै समुहलाई पछि पार्दै प्रथम स्थान हासिल गर्न सफल मात्र भएनन्, कमल उत्कृष्ट गायकमा पनि छनोट भए । काम विशेषले त्यहीँ पुगेका कमलका बुबाले पनि आफ्नो छोरोको त्यो प्रस्तुती हेर्ने अवसर पाएछन् । यसरी गीत गाउँदै जादा कमलले आज सम्म तीन ओटा आफ्नै गीत बजारमा ल्याउन सफल भएका छन् ।

उनले २०६५ सालमा ‘मन भाछ चंगा झै’ नाम पहिलो एल्बम बजारमा ल्याएका थिए । त्यस पछि क्रमश. ‘बाटो बर्खाको’‘तीजको दर’ पनि उनले बजारमा ल्याउन सफल भए ।

राजधानीमा कमलकाे स‌घर्ष

गाउँमा आनन्दको जीवन बिताएका कमलले काठमाडौँमा धेरै किसिमका उतावचढाव पनि भोग्नु प¥यो । ६३ सालमा राजधानी प्रवेश गरेका कमलले कोठा नपाएर लामो समय होटेलमा नै बसेर समय बिताए । राजधानीमा उनले चिने जानेका कोही थिएन । दिनभर होटेलको कोठामा नै सारंगी बजाउने, गीतहरु लेख्ने गरेर उनको दिनचर्या बित्न थाल्यो । यसै क्रममा उनलाई हिरा विश्वकर्माले संगीतकार बिबी अनुरागीको प्रिज्म रेर्कडिङ स्टुडियो सम्म पु¥याउने काम गरे । त्यस पछि उनको सारंगीवादनले एक किसिमको बाटो तय ग¥यो । होटेलबाट दैनिक जसो स्टुडियोमा जाने र सांगेतिक क्षेत्रका हस्तीहरुसंग नजिक हुन थाले । जहाँ उनले जंग गन्धर्वलाई पनि भेट्ने अवसर पाए । उनीबाट कमल निकै प्रभावित पनि भए ।

काठमाडौँमा यसरी दिन बिताउँदै जाँदा पछि ४ जना साथीहरुसंग मिलेर कोठा भाडामा लिएर बस्न थाले । बुबाको सहयोगमा नै कमलले काठमाडौँको खर्च धानेका थिए । पछि काठमाडौमा खर्च बढ्न थाले पछि जागिर खान पर्छ भनेर कमल दोहोरी प्रतियोगितामा जितेका प्रमाण पत्र लिएर विभिन्न दोहोरी साझँमा जागिरको लागि धाए । तर दोहोरी साझँले सारंगी बजाउने, गीत गाउने दुवै छन् भनेर उनलाई त्यहाँबाट फर्कन बाध्य बनाइथ्यो ।  । त्यस पछि कमलले मादल बजाउन सिके बरु जागिर पाइएला भनेर मादल बजाउन सिक्न थाले । मादल बजाउन जाने पछि कमलले भेटघाट दोहारी साझँ, चावहिलमा मादल बजाउने काम पाए । काम पाए पनि तलवको भने कुनै टुंगो थिएन । कमलले टिप्सबाट नै आफ्नो गुजारा गरे । पछि महिना दिन बित्दा समेत तलवको टुंगो लागेन र कमललाई मादलमा मात्र सिमित राखे पछि त्यो काम छोड्न कमल बाध्य भए ।

काठमाडौमा खर्च बढ्न थाले पछि जागिर खान पर्छ भनेर कमल दोहोरी प्रतियोगितामा जितेका प्रमाण पत्र लिएर विभिन्न दोहोरी साझँमा जागिरको लागि धाए । तर दोहोरी साझँले सारंगी बजाउने, गीत गाउने दुवै छन् भनेर उनलाई त्यहाँबाट फर्कन बाध्य बनाइथ्यो ।  ।

केही समय पछि उनले ३५ सयमा अर्काे दोहोरी साझँमा काम गर्न थाले । त्यहाँ पनि उनले वाद्यवादनमा नै रहेर काम गरे । काठमाडौ आएको दुई वर्ष भएको थियो । यति बेला उनले आफ्नो पहिलो एल्बम “मन भाछ चङगा झ”ै बजारमा ल्याएका थिए ।

यसरी वाद्यवादनबाट दोहोरीमा छिरेका कमलले आठ नौ बर्षको संघर्षमा उनले साझँका लिडर नै भएर काम गर्न थाले । उद्घोषण, गायन तथा वाद्यवादनमा उनले आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर पाउन थाले । तर दुखले अझै साथ छोडेको थिएन । मध्यरातमा २, ३ बजे सम्म उनी दोहोरी साझँमा नै गीत गाइरहेका हुन्थे । पछि उनलाई यो कामबाट पनि सन्तुष्टी हुन मिल्न सकेन । तर कमलले आफ्नो सारंगीवादन यात्रालाई भने कहिल्यै ब्रेक गरेनन् ।

कमलका असफलताका कथाहरु

जहाँ सफलता देखिएको हुन्छ, त्यहाँ असफलता लुकेको हुन्छ । संगीत क्षेत्रमा सफल योद्धाको रुपमा स्थापित कमल कुमारले आफ्ना जीवनमा केही असफलताका अनुभवहरु पनि संगालेका छन् ।
दोहोरी सााझँमा काम गर्दा त्यहाँका व्यापार देखेर कमललार्ई पैसा कमाउने मोह जाग्यो । अब दोहोरी साझँ खोल्छु भनेर कमल कसिए तर सफल हुन भने सकेनन् । जसले गर्दा उनको ५० हजार भन्दा बढि पैसा डुब्यो ।
पैसा कमाउने मोह लागे पछि पुनः कमलले पार्टनरसिपमा राजधानीमा नै कुखुरा पालन गर्न थाले । फर्म सञ्ंचालनमा ल्याएको केही महिनामा साथीको जापानको भिसा आए पछि उनी त्यो फार्म पनि बेच्न बाध्य भए । त्यति बेला कमलले विवाह गरी सकेका थिए । विहे पछि उनी विदेश जान्छु भनेर जापानीज भाषा अध्ययन गर्न थाले । अपसोच यसमा पनि उनको नाम निस्कन सकेन ।

दोहोरी सााझँमा काम गर्दा त्यहाँका व्यापार देखेर कमललार्ई पैसा कमाउने मोह जाग्यो । अब दोहोरी साझँ खोल्छु भनेर कमल कसिए तर सफल हुन भने सकेनन् । जसले गर्दा उनको ५० हजार भन्दा बढि पैसा डुब्यो ।

स्टुडियोको अनुभव

कमललाई व्यवसायिक सारंगीवादक बन्न धेरै संघर्ष गर्नुप¥यो । जुन संघर्षले उनी अहिले यो स्थानमा छन । एक सारंगीवादकको रुपमा स्टुडियो प्रवेश गरेका कमलले त्यही स्टुडियोमा पसे पछि बल्ल आफुलाई कुशल सारंगीवादक बनाउन सफल भए । कमल सारंगी बजाउन स्टुडियो प्रवेश गर्दा आफुलाई सारंगीवादनमा जिरो भएको पाए । उनलाई सारंगीवादनमा अझ धेरै सिक्न बाँकी रहेको महशुस भयो । निश्चित टाइममा भावमा डुबेर कथा अनुसार मिस्टेक सारंगी नगरी बजाउन सजिलो थिएन । त्यस पछि कमललाई अझ सिक्नु पर्छ भन्ने लाग्यो । यति नै बेला कमलले सारंगीका गुरु वर्ता गन्धर्बबाट क्लास लिएका हुन् ।

उनी पहिलो पटक आफ्नै गीत गाउनको लागि स्टुडियो प्रवेश गरेका हुन् । उनले उक्त गीतको शब्द आफै लेखेका थिए भने सारंगी पनि आफै बजाएका थिए ।

सारङगी निमार्णको कथा

सानो उमेरमा नै सारंगी बजाउँदा बजाउँदै उनलाई सारंगी बनाउन रहर जाग्यो । गाउँमा बुढापाकाले भनेअनुसार सारंगी खिर्राको राम्रो हुन्छ भनेर शनिबारको दिन कमल वनमा खिर्रा खोज्न जान्थे । खिर्राको चोप लागेर पाखुरामा घाउ समेत हुँदा पनि कमल खिरा लिउने कामबाट पछि हटेनन् ।
सारंगी बनाउनको लागि काठ मात्र भएर हुने थिएन । यसका लागि बाख्राको छाला , घोडाको पुच्छर, सल्लाको खोटा, नाइलनको सुतीको धागो इत्यादि आवश्यक थियो । कमलले छालाको लागि गाउँमा मर्ने बाख्रोका पाठा लिएर त्यसको छाला प्रयोग गर्ने काम पनि गरे । वनमा गएर सल्ला खोपेर छोड्ने र केही दिनमा गएर खोटो लिने गर्थे । घोडा नपाएर त्यसको ठाउँमा खच्चरको पुच्छरले काम चलाएको कमल बताउँछन् । गाउँमा खच्चड आउँदा त्यसको पुच्छर लिन जादा खच्चडको किक खादा समेत कमल त्यस कार्यबाट पछि हटेनन् । त्यति बेला उनले एक बोत्तलको साइजमा सारंगी बनाएका थिए । बुबाले आरन व्यवसाय गरेको हुनाले उनलाई औजारको भने कुनै समस्या थिएन ।

सारंगी निमार्ण गर्दै कमल

काठमाडौँमा कमल सारंगीवादनमा जम्दै गए । धेरै गीतहरुको संगीतमा आफ्नो सारंगीको धुन दिने अबसर कमललाई दैनिक आउन थाल्यो । विस्तारै सारंगीमा दख्खल हुदै गए पछि उनलाई बजारको सारंगीमा क्वालीटि नभएको महशुस गर्न थाले । आफ्नै व्यवसायमा असर गर्ने खालका सारंगी भए पछि कमलले आफै सारंगी निमार्ण गर्ने योजना बनाए । संयोग त्यहि बेला भुकम्प आए पछि कमल गृह जिल्ला बागलुङ जान बाध्य भए । त्यही बेलाको सुन्य समयको सदुपयोग गर्दै उनले घरमा नै सारंगी बनाउन थाले । त्यो सारंगी कमलले काठमाडौँ लिएर बिक्री गरे । अब म पनि राम्रो सारंगी निमार्ण गर्न सक्छु भन्ने लागे पछि कमलले काठमाडौँमा नै कच्चा पदार्थहरु जुटाएर आफ्नै निवासमा नै सारंगी निमार्ण गर्छन् ।
उनले निमार्ण गरेका सारंगी देश विदेशमा रहेका नेपालीहरुले लाने गर्छन् । कमलले ८ हजार मुल्य देखि २० हजार मुल्य सम्मको सांरगी निमार्ण गर्छन् । उनले आज सम्म १०० पिस भन्दा बढी सारंगी बिक्री गरीसकेका छन् ।

कमलद्धारा निर्मित सारंगीहरु

उनले बनाउने सारंगीहरु अमेरिका, अष्ट्रेलिया, जापान, पोर्चगल, बेल्जीयम, दुबै, मलेसिया लगायतका विभिन्न देशमा रहेका नेपालीहरुले लग्ने गरेका छन् । उनले महिनामा कम्तीमा पनि ५ वटा सारंगी बिक्री गर्दछन् । पछिल्लो समय उनले सारंगी वादन प्रशिक्षण पनि दिदै आएका छन् ।

कमल भन्छन्

मेला महोत्सवमा सारंगीलाई पनि प्राथमिकतामा राखिनुपर्ने र यसलाई राष्ट्रिय बाजाको रुपमा घोषण गर्नुपर्दछ । यो बाजा विदेशी बाजाकोे तुलनामा उत्कृष्ट छ । त्यस कारण यसलाई राष्ट्रिय बाजाको रुपमा स्थापित गर्नुपर्दछ । साथै राज्यले पनि यस बाजाको प्रचार प्रसार तथा प्रवर्धनमा ध्यान दिनुपर्ने आवश्यक छ । राज्यले यस्ता कुरालाई ध्यान दिएमा नेपालको सारंगीवादनले विश्वसंग प्रतिस्पर्धा गर्नसक्नेछ ।

भिडियोमा कमल:-

प्रस्तुतिः मिलन विश्वकर्मा

सम्बन्धित समाचार