वडावासीको सेवा गर्न उम्मेदवारी दिएको छु

ने.क.पा. (माओवादी केन्द्र) को तर्फबाट  सिद्धार्थनगर–६ का वडा अध्यक्षका उम्मेदवार

इमरान खान

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ निवासी ने.क.पा. (माओवादी केन्द्र) का जिल्ला समिति सदस्य राम दयाल गुप्ताले यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा वडा नम्बर ६ मा वडा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्दै छन । विष्णुपुरा गाविसका तत्कालिन प्रधानपञ्च बुवा स्व. सहदेव गुप्ता र आामा स्व. धर्मी गुप्ताको कोखबाट कान्छो छोराको रुपमा रुपन्देहीको साविक विष्णुपुरा गाविस वडा नं. ७ हाल गैडहवा गाउँपालिका–५ मा जन्मिएका गुप्ता लामो समय देखि सि.न.पा.–६ मा रही विकास निर्माण र सामाजिक क्षेत्रमा क्रियाशिल रहेका छन । प्रस्तुत छ स्थानीय तहको निर्वाचनको सेरोफेरोमा गुप्तासंग गरिएको कुराकानीको अशं

१. यहाँको राजनीतिक यात्राको बारेमा बताइदिनुहोस न ?

म २०४० साल देखि नै राजनीतिक क्षेत्रमा प्रवेश गरेको हुँ । मेरो बुवाको प्रेरणाले यस क्षेत्रमा प्रवेश गरेको हुँ । म २०५५ साल देखि नै ने.क.पा. माओवादीमा आबद्ध छु । पार्टी सदस्य देखि भातृ संगठन अखिल नेपाल किसान संघ क्रान्तिकारी रुपन्देहीको जिल्ला कोषाध्यक्ष, मधेशी राष्ट्रिय मुक्ति मोर्चाको जिल्ला सदस्य तथा सिद्धार्थनगर अध्यक्ष र हाल ने.क.पा. (माओवादी केन्द्र) सिद्धार्थनगर–६ को वडा अध्यक्ष, सिद्धार्थनगर समिति सदस्य तथा रुपन्देही जिल्ला सदस्यको रुपमा जिम्मेवारी सम्हालेको छु । त्यस बाहेक म टोल सुधार समिति सि.न.पा–६ कर्ण–पथको अध्यक्ष, साहु तेली कल्याण सेवा समिति जिल्ला कार्यसमिति रुपन्देहीको सह–सचिव, भैरहवा नमुना मा.वि. व्यवस्थापन समितिको सल्लाहकार लगायत विभिन्न संघ–संस्थामा आबद्ध भई सामाजिक क्षेत्रमा पनि क्रियाशिल छु ।

२. तपाई सिद्धार्थनगर नगरपालिका वडा नं. ६ मा वडा अध्यक्षको उम्मेदवार हुनुहुन्छ ? यहाँको उम्मेदवारी किन र के का लागि ?

म विगत १९ वर्ष देखि नै यस वडाको स्थायी बासिन्दाको रुपमा समाजसेवीको रुपमा काम गर्दै आएको छु । सम्पूर्ण विकास निर्माणका कार्यहरुमा पहल तथा निगरानी गर्दै आएको छु । नाली, सडकको सरसफाइ देखि लिएर मिस्कट, गिट्टी खसाल्न पहल गर्ने र केन्द्रीय बजेटलाई वडासम्म ल्याई विकास काममा निरन्तर रुपमा लागेको छु । महिला तथा पिछडिएको समुदायको उत्थानको लागि समय समयमा सिपमुलक तथा आयमुलक कार्यक्रमहरु वडामा ल्याएको छु, जसका कारण महिलाहरु आत्मनिर्भर भएका छन । म वडा अध्यक्षको पदमा पुग्नु भन्दा पनि समग्र वडाको विकासको लागि र वडावासीको सेवा गर्न उम्मेदवारी दिएको छु ।

३. सिद्धार्थनगर नगरपालिका वडा नं. ६ मा विशेष गरी कस्ता समस्याहरु छन ?

यस वडामा विशेष गरी अव्यवस्थित सडक र नालीका कारण वर्षायाममा डुवानग्रस्त हुने समस्या छ । पछिल्लो समयमा सार्वजनिक सम्पत्तीको हिनामिना भएको पाइएको छ ।

४. तपाईले वडा अध्यक्षमा जित्नु भयो भने वडालाई कस्तो बनाउने खाका कोर्नुभएको छ ?

मतदाताले मलाई वडा अध्यक्षमा जिताउनुभयो भने म वडा भित्र रहेका सम्पूर्ण सार्वजनिक जग्गाको पहिचान गरी संरक्षण गर्ने, सामुदायिक विद्यालय महात्मा बुद्ध मा.वि.लाई स्तररोन्नती गरी शैक्षिक गुणस्तर सुधार्ने, वडा भित्र रहेको ३ वटै मदरसामा स्थायी शिक्षकको दरबन्दीको व्यवस्था गर्ने, विभिन्न स्थानमा सार्वजनिक शौचालयको निर्माण गर्ने, वडा समितिको कार्यालयको आफ्नै भवन निर्माण गर्ने, नेपालकै खाद्यान्न भण्डारकोे रुपमा परिचित गल्लामण्डीमा वैज्ञानिक खाद्यान्न भण्डारलाई सञ्चालनमा ल्याउने, हरेक समुदायबीच सामाजिक सदभाव कायम गराउने, वडा भित्र रहेका पुरातात्वीक, धार्मिक स्थलहरुको संरक्षण गर्ने, अव्यवस्थित मासु पसललाई व्यवस्थित गर्न पशु बधशाला निर्माण गर्ने, सार्वजनिक धर्मशाला, मुस्लिम धर्मशाला र सि.न.पा–६ स्थित चित्रगुप्त मन्दिरको माथि धर्मशालाको निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।

५. तपाईको चुनाव जित्ने आधार के हो ?

सि.न.पा–६ पिपरहियामा रहेको सार्वजनिक भोगचलनमा रहेको जग्गाको संरक्षण गर्नुपर्छ भनेर आवाज उठाउने क्रममा ३ दिन सम्म प्रहरी हिरासतमा समेत बसेको थिए । मलाई विश्वास छ मतदाताले मेरो कामको मुल्यांकन गरेर मलाई अवश्य नै अत्याधिक मतले विजय गराउनुहुनेछ ।

६ अन्त्यमा तपाईले आफ्ना वडाका मतदाताहरुलाई के भन्न चाहनुहुन्छ ?

अन्त्यमा म सि.न.पा–६ का सम्पूर्ण विकासप्रेमी जनतालाई स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरुलाई राम्रोसंग चिनेर मात्र भोट दिन अनुरोध गर्दछु । म जतिसुकै बेला पनि जनताको काममा नै सक्रिय भएर लागेको कुरा सबैमाझ सर्वविदितै छ । अरु बेला व्यापार व्यवसायमा मात्र लाग्ने र जनताको काममा खासै ध्यान नदिने तर निर्वाचनको बेला झुठो आश्वासन बाड्ने उम्मेदवारहरुसंग सजग रहन म सम्पूर्ण मतदाताहरु समक्ष विशेष अनुरोध गर्दछु । विकासको प्रत्याभुति गर्नका निम्ति गोलाकार भित्रको हसिंया हथौडामा मतदान गरी विजयी बनाइदिनुहुन हार्दिक अनुरोध गर्दछु ।

सम्बन्धित समाचार