मुसीकोट नगरपालिकाको उपमेयरमा प्रेमकुमारी सुनार के सी बिजयी

काठमाण्डौँ, ३ जेठ । रुकुमको मुसीकोट नगरपालिकामा माओवादी केन्द्रका उपमेयरमा प्रेमकुमारी सुनार के सी बिजयी भएकी छन् । २०४९ सालदेखि निरन्तर राजनीतिमा रहेकी सुनारले नेपाली का‌ंग्रेसका उपमेयरका उम्मेदवार वालकुमारी गिरीलार्इ  ३५७ मत अन्तरले हराउदै बिजयी भएकी हुन् ।

माओवादीनिकट केन्द्रीय साँस्कृतिक परिवार सामानामा बर्षौंसम्म बिताएर समय क्रमअनुसार कहिले संगठन त कहिले फौजी कमाण्ड सम्हाल्दै आएकी प्रेमकुमारी सुनार केसी  अहिले रुकुमको मुसीकोट नगरपालिकाकाे उपमेयरमा ४५११ मत प्राप्तगरी  बिजयी भएकी हुन ।

 

सम्बन्धित समाचार