मुसहर समुदायको उपचारका लागि रौतहट पुगे : डाक्टर केसी

काठमाडौँ,३ माघ ।  त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसी रौतहटको गढीमाई नगरपालिकामा शितलहर प्रभावित मुसहर समुदायको उपचारको लागि रौतहट पुगेका छन् ।

चौधौं पटक अनसन बसेका त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले चौधौं पटक अनसनपछि सरकारसँग ५ वुँदे सहमति गरी गएको शनिबार अनसन तोडेका थिए ।
रौतहटको गढीमाई नगरपालिकामा शितलहर प्रभावित मुसहरलाई डाक्टर केसीले शिविर चलाएर बिहीबारदेखि उपचार सुरु गर्ने उनका सहयोगी अभिषेकराज सिंहले बताए ।

सहयोगीका साथ डाक्टर केसी। तस्बिर सौजन्य: अभिषेकराज सिंह

केसी सहितको टिम बुधबार काठमाडौंबाट केही थान कम्बल र न्याना लुगा बोकेर रौतहट हिँडेको छ । एक महिनाअघि तराईमा शितलहर चल्न थालेदेखि उनले शिविर चलाउन जाने योजना बनाएका थिए । यसपालिको शितलहरले रौतहटमा १९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित समाचार