माधवकुमार नेपाल भने, राज्यका सबै अंगमा दलितकाे समानुपातिक सहभागिता बढाैं

काठमाडौं १२ पुष ।  नेकपा एमालेका नेता माधवकुमार नेपालले राज्यका सबै अंगहरूमा  दलित समुदायहरूलाई  समानुपातिक सहभागिता गराउनुपर्ने बताएका छन् ।

काठमाडौंमा बुधबारदेखि   सुरु भएको ११ औं दलित  सांसदकाे उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले  प्रतिनिधिसभा र प्रदेशसभामा  दलितको उपस्थिती कम भएकाे भन्दै  समानुपातिकमा दलित समुदायको सहभागीता बढ्नुपर्ने  टिप्पणी गरे  ।

नेता नेपालले प्रतिनिधिसभा र प्रदेशसभामा  गरी ७ जनाले  जित्नुलाई लज्जास्पद भएको बताए । नेपालले यसलाई केही उपलब्धिमूलक मान्न सकिए पनि सुखद मान्न नसकिने ठहर गरे ।

संविधानले दलित समुदायलाई राज्यको  सबै  तहमा लैजान बाटो खोजे पनि प्रत्यक्षतर्फ दलितलाई उम्मेदवार कम बनाएकाले त्यो अवस्था छैन । तर, नेपालले क्रमस सुधार हुँदै गएको बताए ।

राष्ट्रिय दलित नेटवर्कसहितका विभिन्न संघ संस्थाहरुको आयोजनामा सुरु भएको २ दिने दलित संसदमा नेता नेपालले राजनीतिक, सामाजिक आन्दोलन सँगसँगै सम्मानको आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए ।

‘घर बनाउने बेलामा सबैलाई दलित चाहिने, त्यही घर बनेपछि दलितलाई पस्न नदिने, इनार बनाउने बेला त्यही दलित चाहिन बनि बनेपछि त्यही इनार बनाउने दलितले त्यो इनारको पानी खान नपाउने । त्यस्तो पनि हुन्छ ?’ नेता नेपालले भने ‘यस्तो सामाजिक कुसंस्कारका विरुद्ध राज्य, राजनीतिक दल र नागरिक समाज लाग्नुपर्छ ।’

सो कार्यत्रममा एकीकृत माओवादी केन्द्रका प्रभावाली नेता वर्षमान पुनले गरिवले निर्वाचन लड्न नसक्ने खालको निर्वाचन प्रणाली आएका कारण पनि दलित, गरिव र निमुखाले संसद्मा पतिनिधितव गर्न नसकेको बताए ।

पुनले राज्यको यस्ता कुसंस्कार विरुद्ध लागेको भए पनि प्रणालीमै सुधार नगरेसम्म सबै जातजाति वर्ग र समुदायको राज्यमा समान पहुँच पुग्न नसकेको बताए । उनले त्यसका लागि दलित, महिला र अल्पसंख्यकका लागि निर्वाचन क्षेत्रको व्यवस्था गर्नुपर्न बताए ।

सो कार्यक्रममा नेकपा एमालेका सचिव योगेश भट्टराई, नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री खड्गबहादुर बस्याल लगायतले दलितलाई राज्यले हेर्ने दृष्टिकोणमै भिन्नता रहेको बताएका थिए ।

राष्ट्रिय दलित नेटवर्कले २०६० सालमा धनगडीबाट दलित संसदको सुरुवात गरेको थियो । विगतका वर्षहरुमा नेटवर्कले एक्लै दलित संसद चलाउने गरेको भए पनि ११ औं दलित संसद भने नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, समता पाण्डेसन जागरण मिडिया सेन्टर लगायतका संस्थारुले संयुक्त रुपमा आयोजना गरेको नेटवर्कका अध्यक्ष गणेश विकले बताए ।

सम्बन्धित समाचार