बैतडिमा एमालेबाट प्रमुख पदमा २ दलित समुदायको उम्मेदवार

बैतडि, १ असार । बैतडिमा नेकपा एमालेले अन्य प्रमुख पार्टीहरु कांगे्रस, नेकपा माओवादी केन्द्र लाई चुनौति दिदै प्रमुख पदहरुमा दलितलाई उम्मेदवार बनाएको छ ।

राजनितीक दलहरुको दलित समुदायलाई हेर्ने परम्परागत दृष्टिकोणमा परिवर्तन गर्दै बैतडिको १० वटा नगर तथा गाँउपालिका मध्ये पाटन नगरपालिकामा नरेश कुमार विश्वकर्मा मेयर र दशरथ चन्द नगरपालिकामा सरस्वती नेपाली उपमेयरका उम्मेदवारमा चयन भएका हुन् ।

जिल्ला भरी देखिएका दलित उम्मेदवारहरु मध्ये नरेश कुमार विश्वकर्मा र सरस्वती नेपाली दुवै शिक्षित नै छन् । नरेश कुमार विश्वकर्मा कानुनका आइएल पास गरेका छन् भने सरस्वती नेपाली समाजशास्त्रमा स्नातक हुन् ।

जिल्लाका अधिकाशं स्थानीय तहमा राजनीतिक दलहरुले प्रमुख पदहरुमा दलित समुदायका नेताहरुलाई टिकट दिन कन्जुसाई गरेका बेला नेकपा एमाले आफुलाई प्रमुख पद मेयरमा उम्मेदवार दिएकोमा आफु अत्यन्तै खुसि भएको विश्वकर्माले बताएका छन ।

आफ्नो सहरलाई नमुना सहरका रुपमा विकास हुन लागेको पाटन नगरपालिकाको मेयरमा आफु उम्मेदवार भएपछि विश्वकर्मा घरदैलो कार्यक्रममा व्यस्त देखिएका छन् । शिक्षित तथा राजनीतिमा सक्रिय विश्वकर्मा पाटन नगरपालिकामा नेपाली काँगे्रसमा सक्रिय नेता तथा पुर्व मन्त्री केशव चन्दसँग कडा प्रतिस्पर्दामा उत्रिएका छन् । पाटन नगरपालिकामा एमालेका विश्वकर्मा र कांग्रेसका चन्दविच कडा मुकाविला हुन सक्ने राजनीतिक वृतबाट अनुमान गरीएको छ ।

बैतडिको दशरथ चन्द नगरपालिकामा नेकपा एमालेबाट उपमेयर पाएकी सरस्वती नेपालीले दलित समुदायका व्यक्तिहरुलाई नेकपा एमालेबाट प्रमुख पदमा टिकट दिनेमा आफु दुई जना मात्र भएको बताएकी छन् ।

बैतडी जिल्लाका चार नगरपालिका र ६ वटा गाँउपालिकाहरुमा ८४ वडा रहेका छन् । एक वडाबाट अनिवार्य दलित महिला आउने हुदाँ ८४ जना दलित महिला आउने निश्चित भएको छ । पाटन नगरपालिका र दशरथ चन्द नगरपालिकामा एमालेले टिकट दिएका नरेशकुमार विश्वकर्मा र सरस्वती नेपाली चुनावी मैदानमा खुला प्रतिस्पर्दा गर्दै छन् । जिल्ला निर्वाचन कार्यालय बैतडीमा १३ दल दर्ता छन् ।

सम्बन्धित समाचार