बेलायती प्रधानमन्त्रीको हत्या प्रयास असफल

लण्डन, २० मंसिर (रोयटर्स) – बेलायती प्रधानमन्त्री तेरेसा मेको हत्या प्रयास असफल भएको छ ।

बेलायतको स्काई न्युजले मंगलबार प्रकाशित गरेको समाचारमा प्रधानमन्त्री मेको हत्याका लागि भएको अर्को एउटा प्रयास असफल पारिएको जनाएको हो । इस्लामिक आत्माघाती कार्यकर्ता उत्तरी लण्डनका २० बर्षीय नाइमुर जकारिया रहमान र दक्षिणपूर्वी बर्मिङघमका २१ बर्षीय मोहम्मद अकिव ईमरानलाई हत्याको प्रयासमा पक्राउ गरिएको छ । उनीहरुलाई बुधबार अदालतमा प्रस्तुत गरिदैछ ।

प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटमा अत्याधुनिक बिस्फोटक पर्दाथ बिस्फोट गराई आंतकको अवस्था सृजना गर्ने र त्यसैबीचमा उहाँलाई आक्रमण गरी हत्या गर्ने योजना बनाइएको थियो । स्कटल्याण्ड यार्ड, एम–१५ र वेष्ट मिडल्याण्ड प्रहरीले उक्त योजना असफल बनाएको समाचार स्काई न्युजले छापेको छ । प्रधानमन्त्री मेको हत्याका लागि १२ महिनामा गरिएका नौ पटकका प्रयासलाई बेलायतले असफल पारेको हो ।

सम्बन्धित समाचार