प्रधानमन्त्री देउवाको गृहजिल्लामा माओवादी केन्द्रको विजयी सुरुवात

डडेल्धुरा, १५ असार । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेकपा माओवादी केन्द्रले विजयी सुरुवात गरेको छ ।

डडेल्धुराको अजयमेरु गाउँपालिकाको वडा नम्बर ६ मा माओवादी उम्मेद्वार दान बहादुर खड्का विजयी भएका हुन् । उनले ४८० मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले ३०९ मत प्राप्त गरे ।

उक्त वडामा माओवादीको पूरै प्यानल विजयी भएको छ ।

सम्बन्धित समाचार