पूर्व देखि पश्चिमसम्म निर्वाचनको रौनक (तस्वीरमा हेर्नुहोस् दोस्रो चरणको निर्वाचन)

काठमाडौ्ँ, असार १४- स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नं १, ५ र ७ का मा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भइरहेको छ ।

पैँतीस जिल्लाका ३३४ स्थानीय तहको निर्वाचनका लागि आज बिहान ७ बजेदेखि शान्तिपूर्ण एवम् उत्साहजनक रुपमा मतदान भइरहेको छ । बर्षातका कारण मतदानमा केही समस्या परे पनि आम नागरिकहरु मौसमसगँ प्रतिकार गर्दै सक्रिय रुपमा मतदान स्थलमा सहभागी भएका छन् । साझँ ५ बजे सम्म चल्ने यस निर्वाचनमा राजनितीमा उदाएका नेता देखि लिएर सर्वसाधारण जनताले उत्साहजनक रुपमा मतदान गरेका छन् ।

२० बर्ष पछि भएको स्थानीय निर्वाचनमा आम मतदाताहरु मतदान गर्न पाउनदा हर्षित छन् भने कयौँ संख्यामा १०० बर्ष नाघेका बृद्ध बुबाआमाहरुले पनि यो निर्वाचनमा मतदान गर्ने सौभाग्य पाएका छन् ।

बाँकी तस्वीरबाट:-

रुकुमको सिस्ने गाउँपालिका– ५ रुकुमेनी मतदान केन्द्रमा बुधबार बिहान मतदान गर्नका लागि लामबद्ध भएका मतदाताहरु

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा आफ्नो जन्मथलो रोल्पा नगरपालिका–१ को बिबामरुकस्थित मतदान केन्द्रबाट बुधबार दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा मतदान गर्दै ।

नगढी उपमहानगरपालिका–२ शारदा मावि बैया बेहडी, मतदान केन्द्रमा मतदान गर्न लामबद्ध मतदाता

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार स्थानीय तहको निर्वाचनमा गन्यापधुरा गाउँपालिका–१ रुवाखोलाको असिग्राम उच्च मावि मतदान केन्द्रमा मतदान गर्नुहुँदै ।

रोल्पा नगरपालिका ७ स्थित बाल उदय मावि मतदान केन्द्रमा बुधबार स्थानीय तहको निर्वाचनमा मतदान गर्दै सभामुख ओनसरी घर्ती

मतदानका लागि पाल्पा रैनादेबी छहरा गाउँपालिका–५ मुझुङका ७२ वर्षीय तेजबहादुर छहरीलाई स्ट्रेचरमा बोकेर मतदान केन्द्रसम्म लैजाँदै ।

इलामको फाकफोथुम गाउँपालिकाको सिंहदेवी मावि मतदान केन्द्रमा मतदान गर्न लाइनमा छाता ओढेर बसेका मतदाताहरू

इलामको फाकफोकथुम गाउँपालिकाको सिंहदेवी मावि मतदान केन्द्रबाट बुधबार बुधबार स्थानीय तहको निर्वाचनमा मतदान गर्दै ९० वर्षीय नरबहादुर नेपाली ।

धनगढी उपमहानगरपालिका–२ को शारदा मावि बैयाबेहडी मतदान केन्द्रमा मतदान गर्न लामबद्ध मतदाताहरु

आफ्नो पिताको शोकमा रहेका इटहरी ९ का राजेन्द्र कट्टेल ९१ वर्षीया आमा टङ्ककुमार कट्टेलको साथमा बुधबार स्थानीय तहको मतदान गर्ने क्रममा

इटहरीस्थित मतदान केन्द्रमा बुधबार स्थानीय तहको निर्वाचनमा मतदान गर्न लामबद्ध मतदाता ।

कञ्चनपुरको बेदकोट नगरपालिका–८ स्थित बैजनाथ माविमा रहेको मतदान केन्द्रमा मतदान गर्दै नेपाली काँग्रेसका नेता रमेश लेखक ।

स्थानीय तहको निर्वाचनमा बुटवल उपमहानगरपालीका ८ स्थित मतदान केन्द्रमा मतदान गर्दै नेकपा एमालेका उपमहासचिव बिष्णुप्रसाद पौडेल

नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ इलाम नगरपालिका–७ स्थित बालमन्दिर आधारभूत विद्यालयको मतदान केन्द्रबाट बुधबार स्थानीय तहको निर्वाचनमा मतदान गर्दै

नेपाली काँग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरूङ इलाम नगरपालिका–७ स्थित बालमन्दिर आधारभूत विद्यालयको मतदान केन्द्रबाट बुधबार स्थानीय तहको निर्वाचनमा मतदान गर्दै

डडेल्धुराको अजयमेरु गाउँपालिका १ स्थित बालकल्याण मावि पुईलेक मतदान केन्द्रमा बुधबार स्थानीय तहको निर्वाचनमा मतदान गर्दै मतदाता

इलामको फाकफोकथुम गाउँपालिकाको सिंहदेवी मावि मतदान केन्द्र ‘ख’ मा स्ट्रेचरमा बिरामीलाई मतदान गर्न ल्याइँदै

सम्बन्धित समाचार