दलित समस्या,राजनीति र अर्थतन्त्र

चैतन्य मिश्र

नेपाली दलितबारे आहुतिले लेखेको नेपालमा वर्णव्यवस्था र वर्ग–सड्घर्ष नामक यो शोध किताब अत्यन्त गहकिलो र सघन छ । वर्तमान नेपालमा दलितको स्थिति मापन गर्न खोज्नेका लागि यो किताब अनिवार्य छ नै । तर,दलितको स्थिति मापन गर्न सघाउने अरु पनि केही लेख र किताब छन् । आहुतिको यो किताबको उद्देश्य भने स्थिति मापन गर्नभन्दा धेरै उपल्लो स्तरको छ ः स्थितिको व्याख्या गर्ने,कारण खोज्ने । त्यो पनि दलितपनाको सम्पूर्णतामा,दलित र नदलित वा दल्नेहरुबीचको सम्बन्धको प्रकृतिमा, दक्षिण एसियामा छुवाछूत सुरु भएदेखि हालसम्मको सिगो ऐतिहासिक शृखलामा र सम्पूर्ण अर्थात राजनीतिक,आर्थिक र सांस्कृतिक क्षेत्रहरुमा ।

अझ आहुति आफै राजनीतिकर्मी भएकाले पनि हो, यो किताबले अर्को विशेषता पनि बोकेको छ । यो खोज व्याख्या र बौद्धिकतामा मात्र सिमित छैन । वास्तवमा यो विहङ्गम संरचनात्मक र ऐतिहासिक बौद्धिक शोध दलितको भविष्य खोज र यससँग सम्बन्धित शूद्र–राजनीतिसँग अन्तरङ्ग रुपले गाँसिएको छ । यसो भन्दा अत्युक्ति हुँदैन, भारतमा दलितबारे,दलित र अन्यको सम्बन्धको प्रकृतिबारे धेरैअघिदेखि धेरै लेखिएका छन् । तर यीमध्ये थोरैले मात्र दलितपन निर्माणबारे उच्च ऐतिहासिक सैद्धान्तिक तह पक्रन सकेका छन् । आहुतिको किताब भने वर्तमान नेपालका दलित,दलित र अन्यको सम्बन्धको प्रकृतिबारे हठात्जस्तै सो उच्च तह प्राप्त गर्ने सफल भएको छ ।
वास्तवमा दलितपना नेपाली मात्र नभएर भारतीय र पाकिस्तानी र बङ्गालादेशी पनि हो,त्यसैले आहुतिले समग्र दक्षिण एसियाली दलित समुदाय र सिगो समाजबारे साह्रै महत्वपूर्ण योग्दान पु¥याएका छन् । यो किताब कम्तीमा पनि मैथिली र हिन्दी भाषामा अनुवाद हुनु जरुरी छ । दक्षिण एसियाका सकेसम्म धेरै बौद्धिक र राजनीतिकर्मीले पढनु जरुरी छ । साथै यसको सरलीकृत र छोटो अंश नेपालका स्कूल र कलेजका पाठ्यसामग्रीभित्र समेटिनु जरुरी छ । विश्व, क्षेत्रिय ,राष्ट्रिय,जातजातिय, वर्गीय , पारिवारिक र व्यक्तिगत इतिहासको वर्तमान क्षणमा रहेका सकेसम्म धेरै नेपालीले यो किताबको मर्म बोध गर्नु जरुरी छ ।

यो किताब कम्तीमा पनि मैथिली र हिन्दी भाषामा अनुवाद हुनु जरुरी छ । दक्षिण एसियाका सकेसम्म धेरै बौद्धिक र राजनीतिकर्मीले पढनु जरुरी छ । साथै यसको सरलीकृत र छोटो अंश नेपालका स्कूल र कलेजका पाठ्यसामग्रीभित्र समेटिनु जरुरी छ । विश्व, क्षेत्रिय ,राष्ट्रिय,जातजातिय, वर्गीय , पारिवारिक र व्यक्तिगत इतिहासको वर्तमान क्षणमा रहेका सकेसम्म धेरै नेपालीले यो किताबको मर्म बोध गर्नु जरुरी छ ।

 

त्यस्तो जरुरी किन छ त ?वर्तमान नेपालमा मात्र ध्यान केन्द्रित गर्ने हो भने पनि हामी करिब ४० लाख दलितबारे बोल्दैछौ (यो अंक वास्तविकभन्दा निकै थोरै छ भन्ने दाबी यो किताबलगायत अन्यमा पनि गरिएका छन् । तर दुई करोड एकानब्बे लाख जनसंख्याको २०६७ सालको घडीमा यहाँ करिब ४०,४२ लाख दलितको अनुमान गरिदै छ, जुन सन् २००१ को जनगणनाले दिएको अनुपातभन्दा थोरैले बढि हो ।) यसको अर्थ हामी झन्डै आठ लाख परिवारबारे बोल्दैछौ । अंकमा नरुमल्लिने हो भने हामी समानता र सम्पन्नतातिर दूरदुष्टि लगाइरहेका असंख्य बालबालिकाबारे बोल्दैछौ । हामी असंख्य कर्मठ युवक युवती र प्रौढ प्रौढाबारे बोलिरहेका छौं । अनि धेरै बालबालिका,युवा र प्रौढका आस्था एवं मायाका केन्द्रबारे बोलिरहेका छौं । यी हालका जिउँदाजाग्दा मानव पात्र अझ कता कता धेरै विशाल पाश्र्वचित्रसामु उभिएका मात्र हुन् । छुवाछुत करिब २५ सय वर्षअघि सुरु भएको मान्ने हो भने, धेरै अघिदेखि छिटो विवाह हुने र छिटो सन्तान उत्पादन हुने भएकोले बीस वर्षलाई एक पुस्ता मान्ने हो भने,दलितपनाको शीर निहु¥याउने र घुँडा टेकाउने बोझ बोकेको लर्कोको लाम १ सय २५ पुस्ता गहिरो भइसकेको चित्र देख्न कसैलाई पनि गा¥हो पदैंन । पूर्वजन्ममा,भाग्यमा र धर्मान्धतामा रमाउनेलाई बाहेक यो १ सय २५ पुस्ते हाम्रो इतिहासको यो लर्कोलाई खास गरेर वर्तमानमा उभिएर हेर्दा अधिकांशका लागि हृदयविदारक र लज्जास्पदबाहेक अरु हुनै सक्दैन ।

अधिकांश लेखकले बुझने र भन्ने गरेभन्दा विपरित दलित समस्या सांस्कृतिक समस्या मात्र होइन । दलित समस्या अर्थात दलित र दल्ने समुदायबिचको समस्याको प्रकृति बृहत र सामग्रिक चरित्रको छ । यो संस्कृतिको क्षेत्रभित्र मात्र खुम्चिएर बसेको छैन । यसले धेरै फराकिलो र बलियो किसीमले, प्रणालीगत हिसाबले राजनीतिक र आर्थिक क्षेत्रसमेत ओगटेको छ । यो अह्राउने र श्रम गर्नेबीचको राजनीतिक सम्बन्ध हो । ‘तँ र हजुर’ भन्नेबीचको सम्बन्ध हो,नदलित र दलितबीचको । एक आपसमा छुनसमेत नहुने सम्बन्ध हो, यी दुईबीचको । अनि कसरी यो सम्बन्धलाई राजनीति इतर अर्थात राजनीतिक शक्तिभन्दा पृथक रहेको मान्न सकिन्छ ? किमार्थ सकिदैन ।

छुवाछुत करिब २५ सय वर्षअघि सुरु भएको मान्ने हो भने, धेरै अघिदेखि छिटो विवाह हुने र छिटो सन्तान उत्पादन हुने भएकोले बीस वर्षलाई एक पुस्ता मान्ने हो भने,दलितपनाको शीर निहु¥याउने र घुँडा टेकाउने बोझ बोकेको लर्कोको लाम १ सय २५ पुस्ता गहिरो भइसकेको चित्र देख्न कसैलाई पनि गा¥हो पदैंन । पूर्वजन्ममा,भाग्यमा र धर्मान्धतामा रमाउनेलाई बाहेक यो १ सय २५ पुस्ते हाम्रो इतिहासको यो लर्कोलाई खास गरेर वर्तमानमा उभिएर हेर्दा अधिकांशका लागि हृदयविदारक र लज्जास्पदबाहेक अरु हुनै सक्दैन ।

त्यस्तै उत्पादनका साधनलगायत व्यक्तिगत सामथ्र्यमाथिको पहुँच भएको र कम भएको वा नभएकोबीचको सम्बन्ध पनि हो, नदलित र दलितबीचको सम्बन्धको प्रकृति । साधनयुक्त र साधनविहीनबीचको यो सम्बन्ध पक्कै पनि सांस्कृतिक मात्र होइन । तर अझ, यहाँ सांस्कृतिक , राजनीतिक र आर्थिक विषमताको प्रश्न आफैमा प्रमुख प्रश्न होइन । के हो त प्रमुख प्रश्न ?
प्रमुख प्रश्न वंशाणुगतताको हो । वंश कुलका कारण जन्म जन्मान्तर पीधमै जीवन गुजानुपर्ने बाध्यताको हो । जन्म जन्मान्तर पर्यन्तको अभेद्य भीमकाय पर्खालको हो । कहिल्यै समान बन्न नसकेको सम्बन्धको हो । र, हामी सबैका लागि हो । किनभने दलितपना दलितको मात्र इतिहास हैन । दलितपनाको निर्माण, खास उत्पादन र जीविकोपार्जन पद्धतिअन्तर्गत , खास सामाजिक व्यवस्थाअन्तर्गत अनि खास जातीय, वर्गीय, कुल खानदान परिवार व्यवस्था अन्तर्गत हाम्रा र मेरा नदलित १ सय २५ पुर्खा पुस्ताअन्तर्गत भएको हो र हुदैछ । वर्तमानमा दलितपना कसरी पुर्ननिर्माण हुँदैछ वा छैन,त्यसका लागि जिम्मेवार छौ, खास गरेर वर्तमानमा हामी र म, हामी र मैले तयार गरेका बालबालिका र युवापुस्ता । किनभने दलितपना दलितले निर्माण र पुर्ननिर्माण गर्दै गरेको प्रक्रिया होइन । यो समाजका सबै सदस्यले , सबै नागरिकले निर्माण गरेको संरचना र प्रक्रिया हो । दलितपना निर्माणमा हामी सबै लागेका थियौं र छौ भने दलितपनाको विघटन पनि हामी सबैको जिम्मेवारी हो ।

दलितपना विघटन गर्ने सम्भावना अर्थात दलित नदलितबीचको पारम्परिक सम्बन्धको प्रकृति विघटन गरेर नयाँ सम्बन्धको जग हाल्ने सम्भावना पनि बोकेको यो ऐतिहासिक क्षण नेपालका उद्घाटित भएको छ । यो सम्भावनालाई पछ्याउनु र समात्नु जरुरी छ । समात्न नसक्दा भने यो ऐतिहासिक सम्भावना टरेर जाने खतरा हुन्छ ।

नेपालमा सुरुमा मन्द मन्द हुँदै ०३६ साल र ०४६ सालयता, खास गरेर ०६२÷६३ सालयता भएको राजनीतिक परिवर्तन र यसलाई पछाडिबाट ठेल्दै गरेका आर्थिक र सांस्कृतिक परिवर्तनले यस्तो एउटा ऐतिहासिक क्षणको संकेत गरेको छ,जसले विशाल र ऐतिहासिक सम्भावना बोकेको छ । स्थापित उत्पादन र जीविकोपार्जनको प्रणाली भत्कँदा र नयाँ बन्दा, अन्य प्रमुख सामाजिक संरचना र मूल्य मान्यता आदिमा धेरै किसिमका अन्र्तविरोध चर्कदा, राजनीति,अर्थतन्त्र र संस्कृति संगसंगै नहिँडेर यिनका बीच बीचमा फाट्दा मात्र यस्ता विशाल र ऐतिहासिक घर समग्र दक्षिण एसिया,चीन र दक्षिण पूर्व एसिया लाई नै खुलेको छ । तर सम्भावना खुल्नु, कहाँसम्म भने एकातिर सम्भावना टड्कारैे देखिनु, अर्कोतिर यो सम्भावनालाई उपयुक्त राजनीति, अर्थनीति र सांस्कृतिक नीतिमार्फत मूर्त रुपमा समात्नु अनि अझ अर्कोतिर यी नीतिलाई दिगो रुपमा इमान्दारीपूर्वक सम्भावना प्राप्ति होइन, यद्यपि सम्भावनाले प्राप्तिको ढोका खोल्छ । उता असम्भव भने प्राप्त गर्न सकिदैन । कतिपय ऐतिहासिक सम्भावना उपयुक्त नीति निर्माणको काम र नीति लागु गर्ने काममा हुने ऐतिहासिक भुलका कारण टरेर जान्छन् वा ती सम्भावना प्राप्त गर्न फेरि दसकौं कुर्नुेपर्ने हुन्छ । वर्तमानको नेपाल यस्तो ऐतिहासिक सम्भावना बोकेको नेपाल हो ।

अन्य सम्भावनासंगै दलितपना विघटन गर्ने सम्भावना अर्थात दलित नदलितबीचको पारम्परिक सम्बन्धको प्रकृति विघटन गरेर नयाँ सम्बन्धको जग हाल्ने सम्भावना पनि बोकेको यो ऐतिहासिक क्षण नेपालका उद्घाटित भएको छ । यो सम्भावनालाई पछ्याउनु र समात्नु जरुरी छ । समात्न नसक्दा भने यो ऐतिहासिक सम्भावना टरेर जाने खतरा हुन्छ । त्यसो भयो भने दलितपना विघटन नहुने मात्रै होइन,समग्र सामाजिक परिवर्तनको प्रक्रिया नै अवरुद्ध हुन पुग्छ । शान्तिको, गरिबी निवारणको, समृद्धिको , शिक्षा, स्वास्थ्य र रोजगारको, सामाजिक न्यायको, पुनर्लगानीको सहिष्णुतासहित नयाँ बहुल संस्कृति निर्माणको र परम्परा संसोधन गर्ने यस्ता किसीमका परिवर्तनलाई स्वागत गर्ने र लागू गर्ने संस्कृतितर्फको बाटो अवरुद्ध हुन्छ । यो बाटोतर्फ लाग्ने काम दलितपनाको विघटन गर्ने काम संगसंगै मात्र हुन सक्छ । दलित नदलित सम्बन्धलाई यथास्थितिमै राखेर यो बाटो अख्तियार गर्नु असम्भव हुन्छ ।

 साभारः समता फाण्डेशनद्धारा प्रकाशित आहुतिको नेपालमा वर्णव्यवस्था र वर्ग–सड्घर्ष नामक पुस्तकमा मिश्रले परिचयमा लेखेको (क)अंश यसको बाँकी  (ग)सम्म क्रमश रुपमा प्रकासित हुने छ ।

 

सम्बन्धित समाचार