दलित आन्दोलनले गुमाएको एक योद्धा

दलित अधिकारकर्मी, पत्रकार तथा लेखकका रूपमा स्थापित सुभाष दर्नालको जन्म २०३७ जेठ २६ गते मुझुङ– १ पाल्पामा भएको थियो । उहाँको २०६८ साउन ३० अमेरिकामा सवारी दुर्घटनामा परी असामयिक निधन भएको थियो ।

अमेरिकास्थित स्ट्याण्डफोर्ड युनिभर्सिटीमा ड्रपर हिस्ल समर फेलोसिप” मा अध्ययन गर्दै गर्नुभएका दर्नाल अध्ययन सकेर वासिङ्टन फर्किने क्रममा सवारी दुर्घटनामा पर्नुभएको थियो । उहाँ वि।सं। २०५६ सालदेखि २०६८ सालसम्म सक्रिय रुपमा नेपालको मानवअधिकार, दलित र सामाजिक न्यायको क्षेत्रमा क्रियाशील हुनुहुन्थ्यो ।

14011796_10204913935967322_766628845_n

समाजमा व्याप्त जातीय भेदभाव र छवाछूत अन्त्य गरी सामाजिक न्याय स्थापनाका लागि क्रियाशील दर्नालले जागरण मिडिया सेन्टर, शान्तिका लागि साझा अभियान (कोक्याप) र समता फाउण्डेशनको समेत नेतृत्व सम्हाल्नुभएको थियो । राजतन्त्रको निरंकुशताविरुद्ध २०६२÷६३ को लोकतान्त्रिक आन्दोलनका क्रममा उहाँले दर्जनौं मानवअधिकारवादी संस्थाको संयोजन गरी मानवअधिकार रक्षाका लागि नेतृत्वदायी भूमिका खेल्नुभएको थियो ।

13956989_10204913936527336_472040032_n

सशक्त र जुझारु दलित समुदायका युवाहरूले स्थापना र सञ्चालन गरेको जागरण मिडिया सेन्टरको नेतृत्व गर्दै सामाजिक—सांस्कृतिक, आर्थिक, राजनीतिक, शैक्षिक सबै दृष्टिले पछाडि पारिएका दलित समदायका सवालमा मिडियामार्फत राष्ट्रिय बहस सञ्चालनमा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।

13942549_10204913936607338_1657439135_n

जागरण मिडिया सेन्टरमार्फत दलित सवाल प्रबद्र्धनमा उहाँको निकै ठूलो योगदान छ । उहाँकै नेतृत्वकालमा दलित समुदायको अगुवाइमा सुरु भएको दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो ‘रेडियो जागरण’ स्थापित गर्ने र ऐतिहासिक टेलिशृङ्खला ‘दलनु निर्माण गर्ने कार्य सम्पन्न गर्नुभएको थियो ।

दलित नागरिक आन्दोलन होस् या राजनीतिक आन्दोलनलाई एकीकृत गर्ने काममा उहाँको निरन्तर सक्रियता थियो । नेपाली दलित समुदायका सवाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गर्ने काममा सुभाष दर्नालले निर्वाह गर्नुभएको भूमिका स्मरणीय छ । दलित विषयलाई पाज्ञिक बहसमा लैजान र नीतिगत परिवर्तन गर्न उहाँकै अग्रसरतामा ‘समता फाउण्डेशन’को स्थापना भएको थियो । समता फाउण्डेशनमा उहाँले कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्नु भएको थियो ।

13957596_10204913935927321_1780539463_n

समता फाउण्डेशनमार्फत उहाँ र उहाँको समूहले दलित र सीमान्तकृत समुदायको विषयमा अध्ययन÷अनुसन्धान गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहसमा लैजाने काम गर्नुभएको थियो । लामो समयदेखि बहीष्करणमा पारिएका दलित समदायका समस्या पहिचान र समाधानका लागि पाज्ञिक क्षेत्रबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बहस गराउने क्रममा उहाँले ‘अन्तर्राष्ट्रिय दलित सम्मेलन’को आयोजना गर्ने, संविधान निर्माण पक्रियामा दलित सभासदहरूलाई सहयोग गर्ने, दलित सन्दर्भमा पुस्तक र नीतिपत्र तयार गर्ने काम गर्नुभएको थियो ।

14018145_10204913936407333_164195577_n

सन् २००८÷९ मा अमेरिकास्थित ‘रेगन—फेसिल डेमोक्रसी फेलोसिप’ पाउनुभएका दर्नालले समावेशी लोकतन्त्रका लागि सकारात्मक विभेदबारे अध्ययन गर्नुभएको थियो । त्यस्तै, उहाँको लेखनमा संविधानसभामा दलितः सभासद् संवाद र उहाँको सह—सम्पादनमा आरक्षण र विशेषाधिकारको राजनीति पुस्तक पकाशित छन् भने लोकतन्त्र र दलित अधिकारबारे उहाँका दर्जनौं लेख रचना प्रकाशित छन् ।

319602_280842815270731_634536767_n

उहाँको परिवारमा अहिले बुबा, आमा, श्रीमति सरिता परियार, छोरी सामना दर्नाल, भाइ, र दुई बहिनी हुनुहुन्छ ।

दलित आन्दोलनका अगुवा तथा सामािजक अभियन्ता सुभास दर्नालको ५ औं स्मृतिका अवसरमा विविध सामाग्री दलित अनलाइनमा आजदेखि तीन दिनसम्म प्रकाशित गरिनेछ । –सम्पादक

सम्बन्धित समाचार