डोम समुदायकी एक्ली छोरी सुनिता मरिक

नेपाल चार वर्ण छत्तिस जातको फुलबारी हो । यो भनाई सयौ वर्ष देखि लोकप्रिय छ । एउटै बगैँचामा फूलेका फूलहरुको सुगन्ध एउटै हुनुपर्छ भन्ने हैन तर बोटको आधारमा मालिले सायद विभेद गर्दैन होला । नेपाली जनताको फूलवारीमा भने सदियौँ देखि जातको आधारमा विभेद छ । जहाँ जातको आधारमा छुवाछुत हुन्छ, त्यो पीडा नेपाली दलितहरुले भोगीरहेका छन् । चेतनाको दृष्टिकोणले हेर्दा दलित समुदाय भित्र पनि डोम समुदाय अझै पछाडी छ ।
राजनीतिक परिवर्तनहरुले पटक पटक छलाङ मार्दा पनि सामाजिक , आर्थिक र चेतनाका हिसावले अहिले पनि निकै पछाडी छ मधेशी दलित भित्र पर्ने डोम समुदाय । डोम समुदायको अधिकारको पैरवी गर्ने उदेश्यका साथ सामाजिक आन्दोलन हुँदै राजनीतिमा प्रवेश गरेकी सुनिता मरिक डोम एक्ली हुन् । हाल उनी नयाँ शक्ति पार्टीको सचिवालय सदस्य छिन् । उनको जीवन यात्रा र सामाजिक आन्दोलनका भोगाइहरु यहाँ चित्रण गर्न खोजिएको छ ।

बाल्यकाल

वि स २०३२ सालमा धरानमा स्वर्गीय बेचाम मरिक डोम र रजिया देवी डोमको कोखमा जन्म लिएकी उनले पारिवारिक रुप र आर्थिक रुपले विपन्न थिइनन् । तर समाजको चेतना र अन्धविश्वास, सामाजिक विभेदको चारघेराको पर्खाल भने उनको सामु पहाड जस्तै खडा थियो । डोम समुदायको प्रमुख समस्या भनेको वालविवाह हो । उनलाई तीन कक्षा पढ्दै गर्दा भारतमा विवाहको तयारी भयो भाग्यवश त्यो योजना पुरा भएन । त्यस पछि उनको परिवारले विवाहको योजना गरेन र उनले १४ वर्षको उमेरमै म्याट्रिक पास गरिन् । धरानमै बसेर उनले स्नातक तहको पढाइ पुरा गरिन् ।

व्यावसायिक जीवन

आइ कम पढ्दै देखि कम्प्युटर सिकेकी उनले धरानमै कम्प्युटर इन्टिच्युट खोलेर व्यावसायिक जीवनको सुरुवात गरिन् । यसको दौरानमा उनले दलित तथा गरिव समुदायका अधिकांशलाई निशुल्क रुपमा कम्प्युटर शिक्षा दिने अभियानको थालनी गरिन् । उनी डोम समुदायकी व्यावसायिक र शिक्षित महिला पहिलो थिइन् । यसैकारण उनलाई अरु क्षेत्रमा पनि लाग्ने अवसर र प्रेरणा मिल्यो ।

राजनीतिक यात्रामा

आर्थिक रुपले पञ्यायतकालमै पनि सवल परिवारमा जन्मेकी उनी राजनीतिक चेतनाको पनि उनको परिवारमा कमी थिएन । उनका बुबा तत्कालिन रुपमा कम्युनिष्ट विचारधाराबाट प्रभावित थिए । विद्यार्थी जीवनबाटै उनी आफुमाथि भएको सामाजिक र वर्गीय विभेदको अन्त्य गर्ने सपनामा थिइन् । वि स २०५९ मा उनले काङग्रेसको जनवर्गीय संगठन दलित संघको केन्द्रीय सदस्यमा चयन भएर राजनीतिक यात्राको थालनी गरिन् । तर उनले केन्द्रीय सदस्य पद पाए पनि उनले पद अनुसारको सामाजिक प्रतिष्ठा पाउन सकिनन् । पार्टीभित्र र बाहिर बाट उनी सन्तुष्ट हुन सकिनन् । तत्कालिन काङग्रेस देउवाको नेतृत्वको सरकारले बहुदललाई राजको पाउमा चढाए पछि उनलाई पटक्कै मन परेन र उनी काङग्रेसको सक्रिय राजनीतिबाट बाहिरिन् ।
केहि समयको विश्रामपछि २०६२÷६३को राजनीतिक परिवर्तन पछि उनलाई तत्कालिन नेकपा माओवादीका दलित समुदायका नेताले नै मुक्तिका सपना देखाए । उनले नेकपा माओवादी धरान नगर किमिटीबाट अर्को यात्रा थालनी गरिन् । यसै यात्राबाट उनी एनेकपा माओवादीको केन्द्रीय सदस्य सम्म पुगिन् र पहिलो संविधान सभाको चुनावमा आफ्नै सहकर्मीको असहयोगका कारण समानुपातिकको बन्दसुचीमा परेको नाम पनि हटाइएको नमिठो अनुभव छ । एनेकपा माओवादीको विभाजनमा विभिन्न समुहहरुले नबोलाएको हैन तर उनी स्थीर रहिन् । फेरि अहिले समृद्धि सम्भव छ हाम्रै पालामा , अवको निकास आर्थिक विकास भन्दै नयाँ शक्ति पार्टीको सचिवालय सदस्यको रुपमा राजनीतिमा सक्रिय छिन् ।

पारिवारिक जीवनसगै विभेदको भोगाइ

जातिय विभेद उनले बाल्यकाल देखि भोग्दै आएकी थिइन । यो कुनै नौलो कुरा थिएन् तर उनले वि स २०६१ सालमा श्रेष्ठ संग अन्तरजातिय विवाह गरे पछि पनि झन् धरै विभेद सहनुप¥यो । उनको परिवारले १२ वर्ष पुगीसक्दा पनि स्वीकार गर्न सकेको छैन् । उनकी आठ वर्षीया एक छोरी छन् । दम्पतिको राम्रै मिलन भए पनि परिवारले उनलाई बुहारी स्वीकार गर्न सकेको छैन् । नेपालको वर्गीय र जातिय आन्दोलनप्रति उनको खरो असन्तुष्टी छ । नेपालको दलित आन्दोलन कामी, दमाइ र सार्कीहरुमा केन्द्रीत रहेको उनको निष्कर्ष छ । दलित समुदायका अन्य जातिहरुलाई पनि समावेशी रुपमा ल्याउनु पर्ने उनी बताउँछिन् ।

अवको यात्रा

नेपालमा भएका राजनीतिक परिवर्तनमा प्रत्येक राजनीतिक दलले नेतृत्व गरेको छ । केहि उपलब्धी पनि हासिल भएका छन् । भएको परिवर्तनमा नयाँ तरिकाको शक्ति निर्माण भएको इतिहास हाम्रो सामु छ । त्यसैले आर्थिक विकासको नेतृत्व नयाँ शक्ति पार्टीले मात्र गर्न सक्छ । त्यसको नेतृत्व डा बावुराम भट्टाईले मात्र गर्न सक्छन् भन्ने विश्वासमा छु । यसै राजनीतिक यात्रामा लागेर नेपाली दलित आन्दोलनको नेतृत्व गर्नेछु ।

सम्बन्धित समाचार