ट्युमर पिडित ४ बर्षिया बालिका लुहारको उपचारमा समास्या, सहयोग माग्दै आफन्त

काठमाडौं,  २३ जेठ । कालिकोटको राष्कोट नगरपालिका ४ की एक बालिकाको आखामा ट्युमर भएपछि आफन्तहरु सहयोगको अपेक्षामा यतिबेला सुर्खेत पुगेका छन् । चार बर्षकी मन्सरा लुहारको केहि समय अघि घर नजिकै लडेर आखाँमा चोट लागेको थियो ।

घरको आर्थिक अवस्था कमजोर भएका कारण अहिले उनको आँखामा घाउ बढिरहँदा काठमाडौं ल्याउनुपर्ने भएपछि सहयोग माग्दै आफन्तहरु हिडेका हुन् । २०७० साल वैशाख १० गते कालिकोटमा जन्मएकी लुहारको ७ महिना पहिले दाँया आँखामा लागेको चोटको घाउ बल्झिएर अहिले खतरामा पुगेको छ ।

पहिले गाउँमा जडिबुटि प्रयोग गरिएको र त्यसपछि निको नभएपछि उनलाई आँखा अस्पताल कालिकोटमा पु¥याइएको थियो । त्यहाँ उपचार गर्न सम्भव नभए पछि त्यहाँबाट उनलाई रिफर गरिएको आफन्तले बताएका छन् । आर्थीक अभावका कारण उहाँको अहिलेसम्म उपचार हुन नसकेको उहाँका आफन्तले बताएका छन् ।

यसैबीच, लुहारलाई कालिकोट देखि उपचारका लागि काठमाठौँ ल्याउने क्रममा आज रफत सञ्चार क्लव शाखा सुुर्खेतले पत्रकार सम्मेलन गरी केहि सहयोगीदाता बाट उठेको रकम हस्तान्त्रण गरेको छ । सुर्खेतका युवा व्यवसायी भद्र भण्डारी तथा समाजसेवीहरु महेश जिसि र कृष्ण जिसिले सहयोग गरेका छन् ।

विभिन्न सरोकारवालालगायत नागरिक समाजका अगुवाहरुले लुहारको थप उपचारको लागि सहयोग जुटाउन सानिमा बैंकको कालिकोट शाखामा रहेको ०४४००००००१०० नम्वरको खाता खोलिएको जानकारी दिएका छन् । देश तथा विदेशमा रहेका नेपाली तथा दातृनिकायहरुलाई बालिकाको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग गरिदिन आग्रह समेत आफन्तले गरेका छन् ।

सम्बन्धित समाचार