चलचित्र ‘रुद्रप्रिया’को प्रिमियर शोमा रेखा र शिल्पासँगैं

काठमाडौं, बहुप्रतिक्षित नेपाली चलचित्र ‘रुद्रप्रिया’को राजधानीमा प्रिमियर शो भएको छ ।

रेखा फिल्मस् र आर्यन फिल्मस्को संयुक्त लगानीमा निर्माण भएको चलचित्र रुद्रप्रियाका सोमबार राजधानीको कमलादीमा रहेको कुमारी हलमा प्रिमियर शो भएको हो ।

कार्तिक २ गते (लक्ष्मीपूजाको दिन) देखि चलचित्र रुद्रप्रिया देशभरका हलहरुमा प्रदर्शन हुने छ ।

सुदीप भूपाल सिंहले निर्देशन गरेको रुद्रप्रिया चलचित्रमा अभिनेत्री रेखा थापा, नायक आर्यन सिग्देल र राजन इशानको मुख्य भूमिका रहेको छ ।

प्रिमियर शो मा हास्य कलाकार हरिवंश आचार्य, नायिका शिल्पा पोखरेललगायतको उपस्थिति थियो । चलचित्र प्रेमकथामा आधारित छ ।

सम्बन्धित समाचार