खोटाङमा दलित महिलाको हत्या गरि गहना लुटियो

खोटाङ,  १७ जेठ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका ७ महादेबस्थान हलेसीकी ५७ वर्षीय ज्ञानीमाया बिश्वकर्माको अज्ञात व्यक्तिले हत्या गरेको छ ।
घाँस र स्याउला काट्नका लागि जंगल पुगेर फर्कँदै गरेकी बिश्वकर्माको खुकुरी प्रहारबाट हत्या गरिएको हो । सोमबार साँझ भएको खुकुरी प्रहारबाट उनको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

हत्यापछि उनको रिङ, फुली र सौभाग्य लुटेको पाइएको छ । विकको हलेसी दिक्तेल सडकको घुम्तीबाट इलाका स्वास्थ्यचौकी हलेसी जाने बाटोमा पर्ने पात्ले टोलमा हत्या भएको हो ।

बिकको हत्यामा संलग्नको पहिचान हुन सकेको छैन । घटनास्थल प्रकृति मुचुल्का, शब जाँच मुचुल्का लगायत प्रारम्भीक अनुसन्धानपछि शव पोष्टमार्टम गर्न जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार