को हुन दलित समुदायबाट सगरमाथामा ‘चुम्ने’ युवा प्रकाश सुन्दास ?

विन्दु गहतराज

‘दलित आफैमा जात हुदै हैन नेपाली समाजको संकुचित विभेदित मानसिकता मात्र हो’

(प्रकाशको नालीबेलीसहित)

मानव सभ्यता २१ औं शताब्दीको विकसीत युगमा प्रवेश गरिसक्दा पनि नेपाली समाजमा मानवले मानवलाई जातका आधारमा अपमान गर्ने परम्परा अझैपनि कायम छ ।

मानवले मानवलाई जातका आधारमा विभेद गर्नु अपराध भएपनि नेपाली समाजमा ‘दलित’ भनेर हेपिएको समुदायले अझै पनि सम्मानजनक भुमिका वा व्यावहार प्राप्त गर्न नसकेको भोगाइ ती समुदायको छ । तर उचित अवसर पाए जोसुकैले पनि आफुलाई ‘अब्बल’ प्रमाणित गर्न सक्छन् भन्ने दरिलो उदाहरण पेश गरेका छन्, दलित समुदायबाट सगरमाथामा पाइला टेक्ने प्रकाश सुन्दासले । प्रकाश एक उदाहरण मात्रै हुन प्रकाशजस्ता सयौं दलित युवा–युवतीले कठिन चुनौतीमा आफुलाई सावित गरिसकेका छन् ।

प्रकाशले जेठ ८, मे २२ तारिकका दिन विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी दलित समुदायभित्र सगरमाथा आरोहण गर्ने व्यक्तिको रुपमा आफ्नो नाम लेखाएका हुन । सगरमाथाको आरोहण गरेका शुन्दास खुम्मु पाशाङलामु गाँउपालिका वडा नं २ लुक्लामा जन्मेका हुन ।

सगरमाथामा पाइला टेक्दा कस्तो अनुभव भयो भन्ने दलित अनलाइनको पहिलो जिज्ञासामा प्रकाशले भने, “मलाईलाई एकदमै इमोशनल फिल भएको थियो र सगरमाथाको चुचुरोमा पुग्दा मलाई आफु दलित भएको महसुस भएन, बरु एक सक्षम युवा भएको महसुस भयो । उनले थपे–‘ अवसर पाएपछि हाम्रो समुदायका कयौं युवाहरुले हरेक कार्य सफतापुर्वक सम्पन्न गर्न सक्छन जस्तो लाग्यो । नेपाली समाजले हामीलाई दलित भनेर अपमान गर्ने गरेको भएपनि मलाई त्यहाँ पाइला टेक्दा आफु दलित जात नभई सक्षम मानव भएको महसुस भयो । ’

बुबा, आमा, आफु र भाइ सहितको छोटो, साधारण परिवारमा जन्मिएको बताउने प्रकाशले सोलुखुम्बुमा जन्मिएका कारण आफ्नो हिमालहरुसँग बाल्यकाल देखि नै गहिरो सम्बन्ध रहेको खुलाए । उनी भन्छन्, “हिमाली ठाँउमा नै जन्म भएकाले हिमालसँग स्वाभाभिक रुपमा बाल्यअवस्था देखि नै नजिकको नाता गाँसीयो, हिमाल चढ्न आउने मानिसहरु, पर्यटकहरु सँग घुलमिल हुन थालियो, तर हिमाललै चढ्ने सपना चाँहि सानै देखि थिएन् । ”

सानै देखि हिमाल चढ्ने सपना नभएको बताउने प्रकाशले पछि युवाअवस्थामा आइपुग्दासम्म भने त्रमिक रुपमा पर्यटकहरु सँगै काम गर्न थाले । पर्यटन व्ययवसायमा करिब १४ बर्षसम्म काम गरेको अनुभव प्रकाशसंग छ । यसका साथसाथै उनले टे«ङिक कम्पनी माउन्टेन मोनार्क टे«ङिक कम्पनी मा ग्रुप लिडर र क्यामिङ गाएड भएर पनि काम गरीसकेका छन् । आफ्ना विभिन्न अनुभवहरुले नै प्रकाशमा सगरमाथा चढ्न उत्सुकता पलाएको हो ।

सगरमाथा आरोहणका क्रममा निकै चुनौतिहरुलाई पार गर्नुपर्ने भएपनि आफुले यससम्बन्धि थुर्पै टे«निङहरु गरेकाले खासै गाह्रो नभएको अनुभव प्रकाशले सुनाए । उनले हालसम्म एन एम ए बाट दिइने बेसिक माउन्टनेरिङ कोर्ष, खुम्बु क्यामिङ सेन्टरबाट दिने आई क्यामिङ एडभान्स, वान एन एम आईबाट दिने रक लेवल, किप सस्थाबाट दिने एडभान्स कोेर्ष ओन वाइलडरनेस फस्ट एड, र नेपाल सरकार माफर्त नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठानबाट दिने ट्रेकिङ गाइडको टे«निङहरु लिइसकेका छन् । यसबाहेक पनि उनले स्की सम्बन्धि विभिन्न टेनिङहरु पनि लिएका छन् ।

कठिन तयारीका बाबजुत सगरमाथा आरोहण यात्रा गरेका प्रकाशले सगरमाथाको चुचुरोमा आफ्नो पाहिला टेक्नु पुर्व पनि विभिन्न ६ हजार, ५ हजार मिटर उचाईका हिमालहरु करिब २० पटक सम्म आरोहरण गरेका थिए । सगरमाथा अञ्चलमा अवस्थित ६१६८ मिटरमा रहेको आईल्याडपिक हिमाल, मकालु बरुणमा अवस्थित ६४७६ मिटर उचाईमा रहेको मेरापिक हिमाल, अन्नपुर्णमा अवस्थित ६४१९ मिटर उचाईमा रहेको टेन्ट पिक हिमाल, तेस्तै अन्य चुलुवस्ट, चुलुइस्ट चुलुफारइस्ट हिमालहरुको आरोहण पनि गरेका थिए । यसबाहेका लाङटाङमा अवस्थित यालापिक हिमाल, नयाँखाङ हिमाल, पालदोरपिक हिमालमा पनि उनले पाइला टेकिसकेका थिए ।

२००९ सालमा व्यवस्थापन सँकायबाट बि.बि एस को अध्ययन पुरा गरेका प्रकाशले सामान्य परिवारमा जन्मिएको भएपनि सगरमाथा आराहणको तयारी गर्दा लागेको खर्च करिब २० देखि २५ लाख रकम आफ्नै लगानीबापत गरेको बताए । उनी भन्छन, “म सगरमाथा चढ्ने पहिलो व्यक्ति नभएपनि दलित समुदायभित्रकाे परियार समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति हो, हाम्रो समुदायमा सामान्य परिवारमा जन्मिएर यति ठुलो रकम खर्च गरेरे सगरमाथा आरोहण गर्नु सानो हिम्मत हैन तैपनि मैले यो हिम्मत गरे । ” तर उनको यस्तो साहसीक कदमलाई कतैबाट पनि खासै चासो नदिएको उनले गुनासो गरे । उनले थपे, “आफ्नो व्यक्तिगत इच्छासँगै दलित समुदायको प्रतिनिधित्व गर्नका लागि सगरमाथा आरोहण गरे तर सरकार, दलित समुदाय र सम्बन्धिपक्षबाट भने आरोहण गरेको दुई हप्ता बितिसक्दा सम्म पनि मलाई कुनै प्रोत्साहनको काम भएको छैन । ”

आफ्नो आरोहण सफल भएसँगै अब भावी दिनहरुमा सामाजिक क्षेत्रमा संग्लन भएर दलित समुदायको उत्थानसँगै राष्ट्रिय हित हुने कार्यहरु गर्न आफु अत्यन्तै इच्छुक रहेको उनले बताए । साथै उनले आफ्नो सगरमाथा आरोहणको यात्रामा नैतिक रुपले सहयोग गर्ने हिमालयन टे«यल विलिजरका निर्देशक छिरीङ्ग निमा शेर्पा र आफ्नै परिवारजनको ठुलो योगदान रहेको बताउँदै सबैको प्रोत्ससाहन मिलेको खण्डमा यस्तै साहाशीला कार्यहरु गर्न सकिने बताए ।

सम्बन्धित समाचार