कमेडी जनरामा बन्ने चलचित्र ‘अमेरिका बोइज’ घोषणा

कार्तिक १ । कमेडी जनरामा बन्ने चलचित्र ‘अमेरिका बोइज’ कोऔपचारिक घोषणा गरिएको छ।आइतवार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको औपचारिक घोषणा गरिएको हो ।

यसअघि केही चलचित्रमा सहनिर्देशकको रुपमा कार्य गरेका र ओस्कार कलेजमा चलचित्र निर्देशनको औपचारिक शिक्षा प्राप्त गरेका प्रवेश पौडेलले ‘अमेरिका बोइज’ लार्इ निर्देशन गर्नेछन् । चलचित्रको छायांकन तिहारको लगत्तै सुरु हुनेछ ।

चलचित्रमा अर्पण थापा, सुनिल थापा, हरिहर शर्मा, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, श्रृष्टि कार्कीलगायतका कलाकारहरुको अभिनय रहने छ।

प्रकाश भुजेल र अनुप थापा कार्यकारी निर्माता रहेको चलचित्रको लागत दुई करोड रहने बताइएको छ । इन्द्रप्रसाद खरेल र डम्बरचन्द चलचित्रका निर्माता हुन् ।

चलचित्रको कथा विवेक पाण्डेले लेखेका हुन्नाम ‘अमेरिका बोइज’ भएपनि नेपालीहरुले देख्दै र भोग्दै आएको कथामा चलचित्र बन्न लागेको निर्दशकले कार्यक्रममा बताए ।

चलचित्रमा आलोक सुक्लाको छायांकन, निमेश श्रेष्ठको सम्पादन, दीपक आरजेर जयन जेवाइवाको संगीत, सुनिल क्षेत्रीको कोरियोग्राफी रहने छ ।

निर्माण युनिटका अनुसार चलचित्र आगामी वैशाख १४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने छ ।

सम्बन्धित समाचार