एमालेसँग नजिकिँदै राजपा, सरकारबाट समर्थन फिर्ता लिने तयारी

काठमाडौं, १६ असार । राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिाँदै आएको समर्थन फिर्ता लिने तयारी गरेको छ । राजपाले विकल्पका रुपमा एमालेसँग सहकार्यको सम्भावना खोज्नसमेत सुरु गरेको छ ।
आजको अन्नपूर्ण पोस्टमा खबर छ– आगामी साथा बस्ने अध्यक्षमण्डलको बैठकबाट राजपाले समर्थन र्फिातको निर्णय गर्दै नयाँ सरकारको सम्भावनाबारे एमालेसँग छलफल सुरु गर्ने स्रोतले दाबी गरेको छ ।
असार २१ मा बस्ने बैठकमा अध्यक्ष महन्थ ठाकुरले सरकारबाट समर्थन फिर्ता लिनेसम्बन्धी प्रस्ताव राख्ने स्रोतले उल्लेख गरेको छ । देउवालाई प्रधानमन्त्री चयन गर्दा पक्षमा मतदान गरेको राजपाले साउन १९ मा कांग्रेस, माओवादी केन्द्र र तत्कालीन मधेसी मोर्चाका सात घटकसँग भएको तीनबुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि पोख्दै आएको छ ।

सम्बन्धित समाचार