‘अनेसास : भाषा जोड्ने पुल’

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष पदम विश्वकर्मा नेपाली भाषा, साहित्य र संस्कृतिलाई विश्वव्यापीकरण गर्नको लागि निकै तल्लिन छन् । फिक्सन र ननफिक्सनहरुको भारी वर्षा भइरहेको नेपाली भाषा र साहित्य बजारलाई अन्तर्राष्ट्रियकरण गर्नु आफैमा चुनौती थियो । तर चुनौतीको पर्खालहरुलाई बौद्धिक तवरबाटै हल गर्न रुचाउने विश्वकर्मा दुई कार्यकालदेखि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्षको रुपमा कार्यरत छन् । एनआरएनएको सम्मेलनमा सहभागी हुन आएका विश्वकर्मासँग भाषा,साहित्य र दलित विषयमा दलित अनलाइन डटकमले गरेको कुराकानीको सम्पादित अंश

अन्तर्राष्ट्रिय साहित्य समाजमा तपाईं आइसकेपछि धेरै परिवर्तनहरु भएका छन् भनिन्छ कस्तो भइरहेको छ ?

अन्तर्राष्ट्रिय साहित्य समाज आजभन्दा २७ वर्षभन्दा अघि अमेरिकामा स्थापित संस्था हो । यसले विगत देखि धेरै साहित्य सम्बन्धि कार्यक्रमहरु गर्दै आइरहेको छ । विशेष गरेर नेपाली भाषा, साहित्य र संस्कृतिलाई विश्वव्यापीकरण गर्नको लागि यसले महत्वपूर्ण कदम चालेको छ । यस अवधिमा धेरै कवि गोष्ठीहरु भए, सयौं पुस्तकहरु प्रकाशित भए र सयौं स्रष्टाहरुलाई हामीले पुरस्कृत गर्दै आइरहेका थियौ । हालसालै पनि यो मेरो दोस्रो कार्यकाल हो र यस ३ वर्षे अवधिमा अन्तर्राष्ट्रिय साहित्य समाज नयाँ मोडमा गएको छ । त्यो भनेको अनेसास लाई संस्थापक संस्थाको रुपमा विकास गरिएको छ भने अर्को यसलाई विश्वभरि पु¥याउने काम गरिएको छ । हुन त यो भन्दा अघि पनि कामहरु भएका थिए । तर यो अहिलेको २, ३ वर्षे अवधिको बीचमा हामीले गर्ने कामहरुमा पनि परिवर्तन भएका छन् । पहिला पहिला कार्यक्रमहरु काठमार्डौ, अमेरिकामा मात्र हुन्थे भने अहिले अष्ट्रेलिया, जापानमा पनि कार्यक्रमहरु भईरहेका छन् । यसले पनि हाम्रा कार्यक्रमहरु अन्तर्राष्ट्रिय रुपमा विश्वव्यापी बन्दै गईरहेका छन् । यसको उद्देश्य भनेको जहाँ जहाँ नेपालीहरु छन्, त्यहाँ नेपाली भाषा, साहित्य र संस्कृतिको प्रर्वद्धन र विस्तार गर्दै जानु हो । त्यसैले नेपाल बाहिर नेपाली भाषा, साहित्य र संस्कृतिको विकासको लागि काम गर्ने सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय संस्था अनेसासले अहिले २७ वर्षे अवधिमा यसको करिब ५० वटा देशहरुमा च्यापटरहरुले काम गरिरहेका छन् । करिब १०० वटा च्याप्टरहरुले अहिले साहित्यिक कार्यक्रमहरु गर्दै आईरहेका छन् । करिब १२०० जति सदस्यहरु र ट्रस्ट्रिजहरु छन् ।

नेपाली भाषा , साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्दा पनि नेपालले आफुलाई सम्मान नगर्दा कस्तो लाग्छ ?

भाषा, साहित्य र संस्कृति भनेको मानव जीवनको अभिन्न अंग हो र यो रहेन भने हाम्रो संस्कार छिन्नभिन्न हुन्छ । जुन हाम्रो नेपालीत्व राष्ट्रियपन हो त्यो पनि लोप भएर जान्छ । त्यसैले यसको बचावटको लागि, अभियानको लागि अन्तर्राष्ट्रिय नेपाली भाषा, साहित्य र संस्कृति समाज क्रियाशील छ । तर नेपालले आफुलाई नसम्झिदा भने अलि दुख नै लागेको छ ।

 तपाईंको कार्यकालमा के कस्ता समस्याहरु देखा परे ?

चुनावको सिलसिलामा त्यस्तो केहि मतमतान्तरहरु भएको थियो तर नेपाली भाषा, साहित्य र संस्कृतिको सवालमा काम गर्दा खेरी त्यस्ता समस्याहरु देखा परेका छैनन् । सबैजना एक भएर कामहरु गरिरहेका छौं । हामीले भाषालाई जोड्ने काम गरेका छौं ।

 तपाईंले चालेका चुनावी रणनीतिहरु कतिको मेल खाएको छ ?

कहिलेकाँही चुनावी आकांंक्षाहरु, चाहनाहरु अलि बढी नै हुन्छन् । मेरो अघिल्लो कार्यकालमा पनि १२, १३ वटा जति घोषणापत्रमा बँुदाहरु समावेश गरेर हामी अघि बढेका थियौ भने अहिले पनि ११ वटा जति बुँदाहरु अघि सारिएको छ । पहिलो अनेसासको लक्ष्य, उद्देश्य अनुसार अनेसासलाई निरन्तर अघि लैजाने हो भने दोस्रो यसलाई विश्वव्यापीकरण गर्दै लैजाने हो । त्यस्तै यसलाई जहाँ नेपालीहरु पुगेका छन् त्यहाँ पु¥याउने र चौथो यसलाई अनेसासको संस्थागत विकासको रुपमा लैजाने हो । यसको साथै अनेसासको सम्पर्क कार्यालयहरु विस्तारहरु गर्ने, सदस्यहरु बढाउने जस्ता सामान्य कामहरु पनि गर्ने छौ र महत्त्वपूर्ण काम भनेको अनेसासको आफनो छुट्टै भवन छैन । यसको निर्माणको लागि हामीले नोभेम्वरको दोस्रो हप्तामा अनेसासको एउटा भेला आयोजना गर्दैछौ र त्यहाँ हामीले यसको निर्माणको लागि सबैजना संगबाट एउटा अफर लिएर घर निर्माण कार्यलाई अघि बढाउनेछौं ।

 नेपाली कवि तथा साहित्यकारहरुको टिकाटिप्पणीलाई कसरी हेर्नुहुन्छ ?

यो एउटा स्वभाविक प्रक्रिया हो । हामी नेपाली साहित्कारहरु, विद्वानहरुसँग अलग छैनौं । हामीले उहाँहरुको सल्लाह सुझाव अनुसार अगाडि बढ्छौं । हामी समय अनुसार परिवर्तन भइ अघि बढिरहेका छौं । जस्तै हामीले विभिन्न कवि तथा साहित्यकारहरुको सुझाव अनुसार नेपाली कृतिलाई अंग्रेजीमा पनि छाप्नुपर्ने भन्ने प्रस्तावलाई स्वीकार गर्दै हामीले अहिले नेपाली कथाहरुलाई अंग्रेजीमा अनुवाद गरिरहेका छौं । त्यस्तै अनुवादित कृतिलाई अमेरिकी प्रकाशकसम्म लगी त्यसको प्रकाशनको लागि हामी लागिरहेका छौं । विशेषतः नेपाली साहित्यलाई विश्वमा चिनाउनको लागि,विश्वको साहित्यकारहरुलाई चिनाउनको लागि हामीले २०१८ को जुन महिना तिर एउटा अन्तर्राष्टिय स्तरको साहित्यिक सम्मेलनको आयोजना गर्दैछौं र यो सम्भवत अहिलेसम्मकै सबैभन्दा ठूलो सम्मेलन हुनेछ । यसरी यो साहित्यिक समाज एक्लै हिँडेको छैन । नेपाली साहित्यका विशिष्ट व्यक्तिहरुलाई हामीले परिषद्को रुपमा एकै ठाउँमा लिएर जाने लक्ष्य छ र यही संस्थालाई छाता संस्थाको रुपमा अघि बढेर जानेछौं ।

विशेषतः नेपाली साहित्यलाई विश्वमा चिनाउनको लागि,विश्वको साहित्यकारहरुलाई चिनाउनको लागि हामीले २०१८ को जुन महिना तिर एउटा अन्तर्राष्टिय स्तरको साहित्यिक सम्मेलनको आयोजना गर्दैछौं र यो सम्भवत अहिलेसम्मकै सबैभन्दा ठूलो सम्मेलन हुनेछ  । 

 

 साहित्यलाई नचिनेको हो कि भन्ने बहस हुन्छ यसलाई कसरी हेर्नुभएको छ ?

यो एउटा स्वभाविक क्रिया हो । विशेषतः उहाँहरुको चाहना भनेको अनेसासले साहित्यिक ‘ट्याग’ नछोडोस् भन्ने नै हो । कहिलेकाही केहि कारणवश बाहिर जाँदा पनि उहाँहरुले विरोधको लागि विरोध नभइकन सकारात्मक विरोध गर्नुभएको हुन्छ त्यो राम्रो पक्ष हो ।

 नेपाली साहित्यलाई अमेरिकामा चिनाउन र विश्वमा चिनाउन अमेरिकाले त्यस्तो केहि सहयोग गरेको छ ?

हामीलाई अमेरिकाको केन्द्रीय सरकारले त गरेको छैन तर प्रादेशिक सरकारहरुले र त्यहाँ रहेका साहित्यकारहरुले हामीसँग मिलेर विभिन्न कार्यहरु गर्दै आइरहेका छन् र आगामी दिनमा पनि उहाँहरुसँग मिलेर हामीले कार्यक्रमहरुलाई अझ विस्तार गर्नेछौं ।

दलित समुदायले चलाएका साहित्यिकहरु कति लिपिबद्ध भएका छन् ?

अनेसास आफ्नो २७ वर्ष भए पनि अहिले पनि यो पहिलो फेजमा नै छ । यसले नेपाली साहित्यमा दलितको मात्र नभइकन राई, लिम्बु, थारु, गुरुङ, मगरहरुको आफनै भाषा र साहित्य छ र यी सबैलाई समेटेर अघि बढ्ने हाम्रो लक्ष्य हो । यहि अनुरुप हामीले नेपाली साहित्यिक लेखकहरुलाई एउटा वातावरण दिने हो ,उहाँहरुलाई पुरस्कृत गर्ने हो र सबै भाषा , संस्कृतिको प्रर्वद्धन र विकास गर्ने हो ।

नेपाली साहित्यमा दलितको मात्र नभइकन राई, लिम्बु, थारु, गुरुङ, मगरहरुको आफनै भाषा र साहित्य छ र यी सबैलाई समेटेर अघि बढ्ने हाम्रो लक्ष्य हो ।

 

 नेपालको जातीय छुवाछुतको घटनालार्ई कसरी हेर्नुभएको छ ?

२० वर्ष अघिको नेपाल र अहिलेको नेपालमा फरक भइसकेको छ । नेपालमा प्रजातन्त्र आइसकेपछि दलित समुदायले पनि आफनो हक अधिकारको निम्ति र आफुमाथि भइरहेको जातीय विभेद, छुवाछुतको विरोधमा आवाजहरु उठाउँदै आइरहेको छ र हामीले पनि छुवाछुतकोविरुद्धमा लागिपरेका छौं । विदेशमा रहेका दलित समुदायका मानिसहरुमा पनि एक किसिमको छुवाछत छ खाली त्यसको मोड मात्र फरक हो भने नेपालमा पनि भएका छुवाछुतका घटनाको विरोधमा हामी छौ र दलित आन्दोलनको पक्षमा रहेर हामीले सहयोग पनि गर्दै आइरहेका छौं ।

 दलित मुद्दामा नयाँ संविधान कस्तो छ ?

दलितको मुद्दामा नयाँ संविधानले धेरै कुराहरु समेटेको छ । दलित समुदायका हक अधिकारहरुलाई संविधानमा लिपिबद्ध गर्नको लागि हामीले नासो, ग्लोबल फोरम लगायत सबैले बुँदागत रुपमा कुराहरु पठाएका थियौं र त्यो धेरै हदसम्म समावेश पनि भएको छ । त्यस्तै समानुपातिक सहभागिताको व्यवस्थाले गाउँपालकिा, नगरपालिकाहरुमा हाम्रो प्रतिनिधित्व गराइएकोले हाम्रा कुराहरुलाई सम्बन्धित निकायहरुमा पु¥याउनमा पनि हामी सफल भएका छौं । तर यो पूर्ण भने होइन । हामी केहि हदसम्म सफल भएका छौं र यो पनि हाम्रो लागि उपलब्धि नै मान्नुपर्छ । त्यस्तै छुवाछुतका घटनामा सरकारले बनाएका नीतिनियम लाई कडाइका साथ कार्यान्वयन गर्ने हो भने छुवाछुतमा कमी आउनेछ । त्यसैले सरकारले कानुन कार्यान्वयनमा विशेष जोड दिएर अघि बढ्नुपर्छ ।

दुःख लाग्छ । अमेरिकामा पनि यस किसिमको भेदभाव हुन्छ । विभिन्न कामहरु गर्ने सिलसिलामा जात सोध्ने र पछि उनीहरुले गर्ने व्यवहार फरक हुन्छ । दलित समुदायको भनेपछि अलिकति हेयको दृष्टिले हेर्ने गरिन्छ ।

दलित समुदायभित्र पनि विभिन्न पेशाहरु छन् त्यसलाई साहित्यसँग जोडेर हेर्ने माध्यम छैनन् ?

सर्वप्रथम त हामी आफनै पेशाले पछि परेका छौं । त्यसैले यसलाई निरन्तरता दिने कि छोड्ने भन्नेमा हामी छौं र यो अहिले वहसको विषय छ । तर दलित लेखकहरुका कृतिहरुलाई पनि हामीले समावेश गर्दै अघि बढ्नेछौं ।

 तपाईंहरु आफनो देश छोडेर गइसकेपछि पनि त्यहा बौद्धिक व्यक्तिहरुमा नै भेदभाव हँुदा कस्तो महसुस हुन्छ ?

दुःख लाग्छ । अमेरिकामा पनि यस किसिमको भेदभाव हुन्छ । विभिन्न कामहरु गर्ने सिलसिलामा जात सोध्ने र पछि उनीहरुले गर्ने व्यवहार फरक हुन्छ । दलित समुदायको भनेपछि अलिकति हेयको दृष्टिले हेर्ने गरिन्छ ।

 तपाईं नेपालमा रहँदा एनआरएनएको सम्मेलनमा पनि सहभागी हुनुभयो ? नेपालको विकासमा एनआरएनको भूमिकालाई कसरी अर्थ्याउनुहुन्छ ?
एनआरएन एउटा विश्वव्यापी संस्था हो र योसँग मिलेर हामीले कामहरु गरिरहेका छौं । एनआरएन भनेको एउटा संस्था मात्र नभएर यसले विदेशमा रहेका नेपालीहरुलाई जोड्ने, सहयोगलाई नेपालमा ल्याउनको लागि माध्यमको काम गरेको छ । विभिन्न प्रकोप बाढी, पहिरो, भुकम्प लगायत प्रकोपमा हामीले सहयोग गर्दै आइरहेका छौं । एनआरएनले विदेशमा रहेका नेपालीहरुको दुखसुख हेर्न सक्नुपर्छ । एनआरएनको अहिलेसम्मको फोकस भनेको नेपालको विकासको लागि मात्र काम गर्ने भन्ने छ । तर काम नपाएर, भोकभोकै हिँड्ने मानिसहरु पनि छन्, औषधि उपचार नपाएर त्यसै सडकमा अलपत्र परेका नेपालीहरु पनि छन्, तिनीहरुलाई पनि हेर्नुपर्छ एनआरएनले भन्ने मेरो सोचाइ हो । तर नेपालसँग हाम्रो आत्मा जोडिएको छ । नेपाल रुँदा हामीलाई दुख्छ । त्यसैले हाम्रो सहयोग र सदभाव त सधैँ नै रहन्छ । यसमा जसले मेहनत गरेका छन्, जसले लामो समयदेखि संस्थामा रहेर कामहरु गरेका छन् त्यस्ता व्यक्तिहरु अघि आउनुपर्छ भन्ने मलाई लागेको छ । म आफैँ पनि अमेरिकाबाट प्रतिनिधि छु । भवन भट्टको नेतृत्वले जितेको छ । राम्रो व्यक्तिले एनआरएन नेतृत्व समाल्नु भएको छ । मलाई आशा छ , कि यो टिमले धेरै नेतृत्वदायी भूमिकामा रहेर काम गर्ने छ ।

 

सम्बन्धित समाचार