अध्यक्ष प्रचण्डद्वारा मतदान (फोटो फिचर)

भरतपुर, २१ मंसिर  । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा उम्मेदवार प्रचण्डले मतदान गरेका छन् ।

परिवारका सदस्यहरुसहित बिहान सात बजे मतदानस्थल पुगेका प्रचण्डले शान्तिपुर आधारभूत प्राबि शिवनगरमा रहेको बुथमा पहिलो मतदान गरेका हुन ।

मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले यो निर्वाचन शान्ति प्रक्रियाको टुंगो लगाई देशलाई समृद्धिको नयाँ युगतर्फ अघि बढाउने ऐतिहासिक क्षण भएको बताउँदै सबैमा उत्साहपूर्वक मतदान गर्न अपील गरे ।

सम्बन्धित समाचार